पोखरा : अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीको अध्यक्षमा बाजुराका शुशिल गिरी चयन भएका छन् । गिरीको अध्यक्षतामा केशर विष्ट सचिव रहने गरी नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।
२०६९ सालदेखि अखिलमा सक्रिय गिरीले रत्न माध्यमिक विद्यालय बाजुराबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । कसमस इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट क्याम्पसमा विबिए गरेका गिरी हाल कोेयष्ट इन्टरनेशनल कलेजमा एमबिएमा अध्ययनरत छन् ।
राजनीतिक यात्राको क्रममा गिरी क्याम्पस कमिटी सदस्य, सचिव हुँदै काठमाडौं उपत्यका कमिटीको सह–सचिव, त्यसपछि राष्ट्रिय कमिटीको उपाध्यक्ष भइसकेका छन्। भानुदय माध्यमिक विद्यालयमा प्रारम्भिक कमिटीको उपाध्यक्षको रूपमा पनि उनले योगदान दिएका थिए ।
गिरी अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीको पहिलो पटक अध्यक्ष भएका हुन् । अध्यक्ष चयन भएपछि गिरीले संगठनको सुदृढीकरण, विद्यार्थी हितका मुद्दा र नेतृत्व विकासमा आफू नेतृत्वले प्राथमिकता दिने बताए ।
प्रतिक्रिया दिनुहोस