धनगढी : बाजुरा जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । “स्थानीय स्वामित्व र सहभागी, पुर्ण खोप सुनिश्चितता – हाम्रो प्रतिबद्धता “भन्ने नाराका साथ बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
विशेष गरी बालबालिकाहरुले, सरकारले तोकेको सबै प्रकारका खोपहरू निश्चित समय अवधिभित्र पूरा गरे पश्चात घोषणा गरिएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख महेश चन्दले बताएका छन् ।
उहाँले ९ वटै स्थानिय तहका बालबालिकाले विभिन्न मितिमा खोप पाएको पछि पालिकालाई घोषणा गरेको थियो भने आज जिल्लालाई घोषणा गरिएको हो । बाजुरामा जन्मदेखि १५ महिनासम्मका बालबालिकालाई १३ खोप र किशोरीलाई एच.पि.भि खोप लगाएको निश्चिति पछि यो बर्ष घोषणा गरिएको हो । यो बर्ष मात्र नभएर प्रत्यक बर्ष खोपलाई निरन्तरता दिने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
जिल्ला खोप समन्वय समिती बाजुराको आयोजनामा कार्यक्रममा भएको कार्यक्रममा स्वास्थ्य स्वयमसेबिका तथा स्वास्थ्यकर्मी र ९ वटै पालिकालाई सम्मान गरिएको छ ! जिल्लालाई पुर्ण खोप सुनिश्चितका लागि सहयोग पुर्याउने ब्यक्ती तथा पालिकालाई सम्मान गरिएको हो ।
जसमा स्वास्थ्य स्वयंसेविका तुला खडका र कन्जडी रोकायालाई नगद ५ हजार सहित दोसल्लाले सम्मान गरिएको छ । खड्का र रोकायालाई उत्कृष्ट कार्यको आधारमा सम्मान गरिएको हो ।
स्वास्थ्यकर्मी हिमाली गाउँपालिकाबाट बिमला पाण्डे, खप्तड छेडेदह गाउँपालिकाबाट राजु सुनार, स्वामीकार्तिकबाट कमल कटेल, जगन्नाथबाट भावना शाही, गौमुल बिमला रोकायालाई नगद ५ सहित दोसल्लाले सम्मान गरिएको छ ।
बुढीगंगा नगरपालिकाबाट.हस्त ब कडायत, त्रिवेणी नगरपालिका लक्ष्मी ऐडि, बुढीनन्दा नगरपालिकाबाट सुशिला गिरि सम्मानित भएका छन् । प्रमुख जिल्ला अधिकार लेखनाथ पाध्यले आज पुर्ण खोप भयो भनेर चुप बस्न नहुने बताएका छन् ।
पुर्ण खोप सुनिश्चितताका लागि नियमितता, निरन्तरता दिरहनु पर्ने बताएका छन् । बाजुरा जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिघोपना घोषणा गर्न सहयोग पुर्याउने स्वास्थ्य स्वयमसेबिका, स्वास्थ्यकर्मी लगायत अन्य सरोकारवालालाई धन्यवाद दिएका छन् । उहाँहरुले गरेको कामको प्रशंसा गर्दै स्वयम सेबिकाको हकमा सरोकारवाला निकायले ध्यान दिनु पर्ने बताएका छन् ।
सेबकको रुपमा काम गर्दै आएका उहाँहरुलाई उचित मुल्यांकन गर्नु पर्ने बताएका छन् । जिल्ला खोप समन्वय समिती प्रमुख तुलसीराम रोकायाले कार्यक्रममा सम्मानितलाई बधाइ दिदै पुर्ण खोप सुनिश्चिततामा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएका छन् ।
आगामी दिनमा सहयोगका लागि अपेक्षा ब्यक्त गरे । कार्यालयका कम्पुटर अप्रेटर प्रशान्त जोशीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला स्थित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस