बाजुरा : आज विश्व बाल अधिकार दिवस । संसारभरिका बालबालिकाले आफ्नो अधिकार बारे बहस पैरवी र अधिकार सुनिश्चितका लागि राज्यलाई थप जिम्मेवार बन्न माग सहीत दिवस मनाएका छन् ।
“मेरो दिन, मेरो अवसर” भन्ने नारा सहीत बडीमालिका नगरपालिकाले पनि विश्व बालअधिकार दिवस–२०८२ मनाएको छ । दिवसको अवसरमा नगरस्तरिय बालसञ्जाल पुनर्गठन तथा बालअधिकार सम्बन्धी विशेष कार्यक्रम गरिएको छ ।
निड्स नेपालको समन्वय तथा बडीमालिका नगरपालिकाको आयोजनामा गरिएको हो । बडीमालिका नगरपालिका नगरप्रमुख अमर खड्का प्रमुख अतिथि रहेको कार्यक्रममा नगर उपप्रमुख नन्दा थापा विशिष्ट अतिथि थिइन् ।
बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा बाल सहभागिताको महत्त्वबारे आ–आफ्ना भनाइ राखेका थिए । जसमा प्रमुख अतिथि समेत रहेका नगर प्रमुख अमर खड्काले बालबालिकालाई राष्ट्रको भविष्यका रुपमा ब्याख्या गर्दै भोलिको नेपाल सुखी र समृद्ध बनाउन आजका बालबालिकालाई लगानी गर्नु पर्नेमा जोड दिएका छन् ।
बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले अभिभावक, शिक्षक र समुदाय तीनै तहको भूमिकाले मात्र बालअधिकार प्रत्याभूत हुने बताउँदै सबैले आ आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गरेर बाल अधिकारको सुनिश्चित गर्नु पर्ने बताएकी छन् ।
कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले बाल अधिकारका चार आधारभूत पक्ष— जीवन, विकास, संरक्षण र सहभागिता—बारे सहजीकरण गरेकी थिइन् । कार्यक्रमको नगरस्तरिय बाल सञ्जालकी कोषाध्यक्ष ईस्वरा ऐडीको अध्यक्षतामा सचालन गरिएको कार्यक्रमको सञ्चालन बाल अधिकार सजालका प्रतिनधी आशिष वि.क.गरेका थिए ।
सहभागीहरूलाई स्वागत गर्दै बाल अधिकृत रामबहादुर खत्रीले बालबालिकाको अधिकार सुनिश्चित गर्ने प्रक्रियामा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, बाल क्लबका सदस्य, अभिभावक, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय समुदायको व्यापक सहभागिता रहेको थियो। कार्यक्रममा बालबालिकाको अधिकार, सुरक्षा, सहभागिता, र उनीहरूको नेतृत्व विकासका विषयमा अन्तरक्रिया, अभिमुखीकरण तथा छलफल गरिएको आयोजकले जनाएको छ ।
बडीमालिका नगरपालिकाले बालमैत्री शासन व्यवस्थाको विकास तथा बाल अधिकारको सुनिश्चितताका लागि स्थानीय तहमै निरन्तर कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरस्थरिय बाल संजालको आजै नयाँ कार्यसमिति समेत चयन गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस