बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिका ३ जुकोटमा पाँच ५ सय बढी विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामाग्री सहयोग गरिएको छ । लायन्स क्लब काठमाडौंद्धारा विद्यालय सहयोग कार्यक्रम अन्र्तगत पाँच सय ४० जना विद्यार्थीहरुलाई न्यानो पोशाक तथा शैक्षिक सामाग्री सहयोग गरिएको हो । जसमा ३० जना एकल तथा विपन्न परिवारका महिलालाई समेत न्यानो लुगा सहीत २ वर्ष मुनिका बालबालिकालाई पोषणयुक्त लिटो सहयोग गरिएको छ ।
लायन्स क्लबले जुकोटमा रहेको शुम्भु सुनन्दा माविका तीन सय, सुर्याेदयका एक सय ८५, भैरवनाथ आधारभुत विद्यालयका ५५ जना र एकल महिला तथा विपन्न ३० जना महिलाहरुलाई न्यानो कपडा तथा २ वर्ष मुनिका बालबालिकालाई लिटो वितरण गरिएको विद्यालयका प्रधानाध्यापक पुष्पबहादुर शाहीले जानकारी दिएका छन् ।
यसैगरी स्वामीकार्तिक खापर गाउँपालिका १ साप्पाटा स्थित मुक्तिकोटका विपन्न परिवारलाई पनि सहयोग गरिएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिएका छन् । लायन्स क्लबले करिब १० लाख बराबर लगानीको सामाग्री वितरण गरेको छ । स्थानीय सहयोग पाएको प्रति खुसी देखिएका छन् ।
सहयोगी मन र समाज सेवामा सक्रिय व्यक्तिहरुको सहकार्यमा खोलिएका लायन्स क्लबका पदाधिकारी सहीतको उपस्थितिमा न्यानो लुगा वितरण गरिएको लायन्स क्लब काठ्माण्डुकी अध्यक्ष रञ्जु थापाले बताएकी छन् ।
चिसो मौसममा विद्यार्थी तथा एकल तथा विपन्न महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै न्यानो कपडा तथा लिटो वितरण गरिएको थापाले बताएकी छन् । न्यानो लुगा वितरण कार्यक्रममा स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया प्रमुख अतिथी रहेका थिए ।
नेकपा एमालेका नेता समेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघराज शाहीको संयोजक र लायन्स क्लबको सहयोगमा वितरण कार्य गरिएको हो । पूर्व सूचना आयुक्त कमला ओलीकै पहलमा लायन्स क्लबसँग समन्वय गरेर सहयोग गरिएको हो । पूर्व सूचना आयुक्त ओली सहीतका क्लबका ८ जना अध्यक्ष सहीतका पदाधिकारी स्वामीकार्तिकको जुकोट र मुक्तिकोटमै पुगेर वितरण गरेका हुन् ।
आफ्नै रकम संकलन गरेर लायन्स क्लबले बेला बेला गरिब, विपन्न र पछाडि पारिएको क्षेत्रमा सहयोग गर्ने गरेका छन् । चिसोको मौसमलाई सहज पार्न विद्यार्थी र विपन्नका लागि गरिएको सहयोगले पालिकाका स्थानीयलाई ठूलो राहत पुगेको पालिका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस