सोमबार, ०८ मङि्सर २०८२

पीसविन नेपालले गर्यो ३०५ जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

बाजुरा : बाजुराका चारवटा स्थानीय तहका ३०५ जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्लान इन्टरनेशनल र पीसविन नेपालको सहकार्यमा सञ्चालित आभा परियोजना अन्र्तगत गरिब तथा विपन्न परिवारका ३०५ जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको हो ।

ती बालबालिकाको शैक्षिक सुधार र गुणस्तरीय शिक्षा आर्जनमा सहयोग पुर्याउने लक्ष्य सहीत शैक्षिक सामाग्री सहयोग गरिएको पीसविन आभा परियोजना संयोजक पदम कठायतले जानकारी दिए । जसले कापी कलम र स्कुल पोशाग समेत किन्न सकिरहेका छैन्न, शैक्षिक सामाग्री अभावकै कारण नियमित विद्यालय जान अफ्ठ्यरो छ, ती बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको हो, संयोजक कठायतले भन्नु भयो ।

परियोजना बाजुराका बडीमालिका, बुढीगंगा र त्रिवणी नगर पालिका र गौमुल गाउँपालिकामा सञ्चालित छ । ती पालिकाको सिफारिसमा बालबालिकाको नाम छनोट गर्ने र सोही सिफारिसको आधारमा सहयोग गर्ने गरिएको पीसविन आभा परियोजनाका अनुगमन तथा प्रतिवेदन अधिकृत कुसुम शाहीले जानकारी दिइन् । 

सिमान्तकृत तथा गरिब विपन्न परिवारका बालबालिका जसको अवस्था अवस्था निकै कमजोर भएका बालबालिकालाई नै पहिलो प्राथमिकतामा राख्ने र पालिकाले गरेको सिफारिसका आधारमा सहयोग गर्ने गरिएको छ । सामाग्रीपनि विद्यालयका शिक्षक, अभिभावक, पालिकाको प्रतिनिधीको रोहवरमा वितरण गर्ने गरिएको छ । 

पीसविन आभा परियोजना चार वटा स्थानीय तहका ४० वटा विद्यालयमा काम गरिरहेको छ । ती मध्ये ३४ वटा मावि र ६ वटा आधारभूत विद्यालय छन् । यो पटक ३७ वटा विद्यालयका ३०५ जनालाई सहयोग गरिएको छ । भने तीन वटा विद्यालयका ५४ जनालाई यस अघि नै वितरण गरिएको थियो ।

माध्यमिक तहका विद्यार्थीको हकमा स्कुल पोशाग, एक दर्जन कपी, एक दर्जन पेन र रिफिल, अंग्रेजी र नेपाली व्याकरण, अंग्रेजी शब्दकोष र विद्यालय झोला, रिफिल सहयोग गरिएको छ । भने आधारभुत विद्यालयका विद्यार्थीको हकमा अंग्रेजी र नेपाली व्याकरण, अंग्रेजी शब्दकोष बाहेक अंग्रेजी गणित चार्टबोर्ड र वर्णमाला, एक दर्जन पेनसिल र कटर र इरेजर सहयोग गरिएको छ । 

शैक्षिक सामाग्री मावि तहका विद्यार्थीलाक्षर्् ३ हजार ४ सय ९५, निमावि तह ३ हजार १ सय ६०, आधारभुत २ हजार ९ सय २५ बराबरको शैक्षिक सामाग्री सहयोग गरिएको छ । ७ वटा विद्यालयका ३०५ जना विद्यार्थीलाई करिब १० लाख बढीको शैक्षिक सामाग्री सहयोग गरिएको पीसविन आभा परियोजना संयोजक पदम कठायतले जानकारी दिएका छन् ।

पीसविन आभा परियोजना सन् २०२५ सुरुवाद देखि बाजुरामा सञ्चालित परियोजना हो । परियोजनाले विपन्न र गरिव परिवारका जोखिममा रहेका बालबालिकाका लागि ठूलो राहत पुगेको त्रिवेणी नगरपालिकाका उपप्रमुख कमला न्यौपानले बताएकी छन् । शैक्षिक अवस्था सुधारमा पीसविनले सहयोग गर्दा पालिकालाई समेत राहत पुग्ने विश्वास उपप्रमुख न्यौपानेको छ । 

परियोजनाले शिक्षा, यौन प्रजनन स्वास्थ्य, जीवीको पार्जन र सशक्तिकरणको क्षेत्रमा काम गरिरहेको छ । पालिकाले लिएको उक्ष्य उदेश्य पुरा गर्न पीसविनको आभा परियोजनाले साथ सहयोग दिइरहेकोमा बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम माझीले धन्यवाद व्यक्त गरेका छन् । उनले परियोजनाको साथ सहयोग पालिकालाई निरन्तर आवश्यक रहने बताए । 

परियोजना अन्र्तगत अभिभावक शिक्षा र उपचारार्थ कक्षा पनि सञ्चालन गरिएको छ । भने खेलकुदका गतिविधीमा समेत साथ सहयोग गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस