शुक्रबार, २३ जेठ २०८२

खप्तड छेडेदह पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

बाजुरा : खप्तड छेडेदह गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । स्वास्थ्य मन्त्रालयको खोप तथा रोग नियन्त्रण महाशाखाले तय गरेका मापदण्डहरू पूरा गरेपछि औपचारिक कार्यक्रमका बीच घोषणा गरिएको हो । 

खोप तथा रोग नियन्त्रण महाशाखाले तय गरेका मापदण्डहरू पूरेपछि गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजित कार्यक्रमका बीच घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर रावतले बताएका छन् । 

गाउँपालिकामा जन्मे देखि १५ महिनासम्मका १ सय २३ जना बालबालिका र १६ महिना देखि ५९ महिनासम्मका १ हजार १ सय १७ जना बालबालिका खोप सेवाको पहुँचमा पुगेका छन् । पालिकाले कुल १ हजार २ सय ४० जना बालबालिकालाई आवश्यक सबै नियमित खोप दिइसकिएको छ । 

गाउँपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवाला निकायहरूको संयुक्त प्रयासमा सबैबालबालिकालाई खोपको मात्रा पुरा गर्न सकिएको र घोषणा गरिएको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् ।

उहाँले पालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना बनाउन सहयोग गर्ने सवै कर्मचारी सरोकारवालालाई सबैलाई धन्यवाद दिएका छन् । गाउँपालिका अध्यक्ष दिलबहादुर रावलले बालबालिकालाई खोप सेवामा समावेश गराउनु मात्रै होइन, यसलाई दीगो बनाउँदै लैजान चुनौति रहेकोले त्यसमा ध्यान दिन स्वास्थ्य कर्मी र सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत्त नन्द रावतले खोप नै बालबालिकाको जीवन भएकोेले सबैको पहुँचमा पुर्याउन आग्रह गरेका छन् । बालबालिकालाई झाडा, पोलियो, दादुरा, टिटानस जस्ता घातक रोगहरूबाट बचाउन खोप लगाउने गरिन्छ । 

खप्तड छेडेदह गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता हासिल गरेसंगै भविष्यमा पनि नियमित अनुगमन, जनचेतना अभिवृद्धि र स्वास्थ्य पूर्वाधारको सुदृढीकरण मार्फत पालिकाले खोप सेवाको दिगोपना कायम राख्ने योजना बनाएको जनाएको छ । पूर्ण खोप सुनिश्चितता गर्न सहयोग पुर्याउने सबै स्वास्थ्य संस्थाका कर्मचारीलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस