शुक्रबार, २३ जेठ २०८२

६ सय जनाले आँखा शिविरमा उपचार गराए

बाजुरा:  जिल्लाको बुढीगंगा नगरपालिकामा मंगलबारबाट सुरु भएको दुई दिने निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो । नगरपालिकाको आयोजना र गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा आजबाट आँखा शिविर संचालन गरिएको थियो । जेठ २० र २१ गते निःशुल्क आँखा शिविर संचालन भएको हो । 
टाँटेमा सुरु भएको निःशुल्क शिविरमा बुढीगंगा,त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका नागरिक सेवा लिन आएका थिए । 
 शिविरमा वृद्धवृद्धा, बालबालिका र आँखाको दृष्टि सम्बन्धी समस्याबाट पीडित व्यक्ति उपचारका लागि आएको बाजुरा स्वास्थ्य चौकी टाँटेका प्रमुख छत्र थापाले बताएका छन् ।
आँखाको मोतीविन्दु हराए,आँखाको अन्य समस्याको परिक्षण सहित शिविर संचालन गरिएको हो । शिविरमा ६ सय जनाले उपचार सेवा लिएका छन् । मोतिविन्दु लागेर दृष्टिविहिन भएका एक सय ४२ जनाको अप्रेसन गरिएको छ । भने चार सय ५८ जनाको सामान्य उपचारपछि परामर्श सहित सेवा लिएका छन् । 
 हरेक वर्ष नगरपालिकाले गेटा आँखा अस्पतालसंग समन्वय र सहकार्यमा  नगरका नागरिकलाई आँखाको मोतिविन्दुको रोगबाट मुक्त गर्ने गरी शिविर संचालन गर्दै आएको  । 

शिविरमा वरिष्ठ विशेषज्ञ चिकित्सकहरूको टोली, गेटा आँखा अस्पतालबाट आएका स्वास्थ्यकर्मीहरू, स्थानीय स्वयंसेवक र नगरपालिकाको समन्वयमा सेवा प्रदान भईरहेको छ । शिविर बुधबारसम्म संचालन हुने बुढीगंगा स्वास्थ्य शाखाले जनाएको छ । 
शिविर समापन कायर्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनियाले शिविरमा सहयोग गर्ने गेटा आखा अस्पतालको टिमलाई धन्यवाद समेत दिनु भएको छ । उहाँले आगामी दिनहरुमा सहयोग र सहकार्यको हुने विश्वास समेत गरेका छन्। 
नगर प्रमुख बानियाँले नगरका नागरिकको स्वास्थ्य जीवन गुणस्तरीय सेवा प्रदान गर्ने पहिलो प्राथमिकता रहेको बताए। 
 स्वास्थ्य सेवालाई मध्यनजर गर्दे नगरपालिकाको वार्षिक कार्ययोजना मार्फत स्वास्थ्य, कृषि, पशु लगाएका शिविर संचालन गरि रहेको बताए ।
शिविरमा वरिष्ठ विशेषज्ञ चिकित्सकहरूको टोली, गेटा आँखा अस्पतालबाट आएका स्वास्थ्यकर्मीहरू, स्थानीय स्वयंसेवक र नगरपालिकाको समन्वयमा सेवा प्रदान भइरहेको बाजुरा स्वास्थ्य प्रमुख छत्र थापाले बताउनु भयो । बाजुरा स्वास्थ्य चौकीका प्रमुख छत्र थापाको अध्यक्षतामा संचालन भएको शिविरमा समापन कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँ  प्रमुख अतिथी रहेका थिए । 

प्रतिक्रिया दिनुहोस