शुक्रबार, ०२ कार्तिक २०८१

एमाले उपमहासचिव ज्ञवालीले गरे जगन्नाथ गाउँपालिकाको पालिका अस्पतालको उद्घाटन

गएको वर्ष निर्माण कार्य सम्पन्न गरिएको भवन देशभरकै २६ औं स्थानमा उद्घाटन गरिएको पालिका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् । तत्कालिन नेकपा नेतृत्वको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरकै ७ सय ५३ वटा स्थानीय तहमा पालिका अस्पताल निर्माणको शिलान्यास गरेका थिए ।

शुक्रबार १८, असोज २०८१ ०७:४४

मानाकोट स्वास्थ्य चौकीको सामाजिक परिक्षण, उपचारबाट सेवाग्राही सन्तुष्ट

पीसविन, यूएनएफपीए र गौमुल गाउँपालिकाको सयुक्त सहकार्यमा सामाजिक परिक्षण गरिएको स्वास्थ्य चौकी इन्चार्ज प्रेमबहादुर विकले जानकारी दिएका छन् । सामाजिक परिक्षणमा सहभागि स्थानीयले स्वास्थ्य चौकीबाट प्रवाह हुने स्वास्थ्य सेवा सहज र विरामी मैत्री रहेको भन्दै सन्तुष्टी जनाएका हुन् ।

शुक्रबार १८, असोज २०८१ ०८:१५

ओलीले शब्द र गिरीले संगीत मार्फत ‘खास हुन मन छ’ भनेपछि ...

सञ्चारकर्मी एवं साहित्यकार कृष्ण ओलीको शब्द रहेको गीतमा मेघ पौडेल र ममता गुरुङ्गले स्वर दिएका छन् । अमेरिका निवासी मेघले नेपालमा आएर गीतको रेकर्ड र छायाकंन गरेका हुन् । चर्चित संगीतकार ज्ञानेन्द्र गिरीको संगीत रहेको गीतको एरेन्जर सञ्जीव बराइलीले गरेका छन् । भने नरेश बिसीसीले मिक्सीङ्ग गरेका हुन् ।

शुक्रबार १८, असोज २०८१ ०८:४०

चितामा आमा जलिरहिन्, चिता हेर्दै रोइरहे लक्ष्मण र युवराज

मलामीमा सन्नाटा छायो। दाजुभाइको त्यो अबोधपना र प्रेम देखेर मलामीका आँखा रसाए। ढुंगाचाल्नाकी सरिता जैसीले अस्पताल नपुग्दै बाटोमै बच्चा जन्माइन्। साल आएन। अनि, ज्यान गयो। चार छोराछोरी टुहुरा भए। सबैभन्दा जेठी छोरी मनिषा हुन्। दुई छोरा छन्। ९ वर्षका युवराज र ७ वर्षका लक्ष्मण। दाजुभाइले आमा सरिताको चितामा दागबत्ती दिएका थिए।

शनिबार १९, असोज २०८१ ०१:४१

बडीमालिका पुगेर प्रदीपले भने– आहा, ‘भर्खरै खानीबाट बाहिर निकालिएको हीरा जस्तो’

मार्तडीबाट पैदल यात्रा सहीत त्रिवेणी पाटन हुदँै बडीमालिका दर्शन गरेका ज्ञवालीले बडीमालिका जस्तो सुन्दर र संभावना बोकेको पर्यटकीय गन्तव्य अर्को कमै मात्र भेटिने बताएका छन् । ज्ञवालीले भने–‘सबै जिल्ला र संसारका धेरै देश घुमेको छु, धेरै त्यहाँका गन्तव्य हेरेको छु, तर बडीमालिका बिशेष लाग्यो, त्यो पनि दुई कारणले एउटा यस्ता विशाल अनि सुन्दर पाटन कमै भेटिन्छन्, अर्को यो स्तरको मान्छेमा धार्मिक आस्था र विश्वास पनि कमै शक्तिपीठमा हुन्छ ।’

आइतबार २०, असोज २०८१ १२:५०

दशैं तिहारको शुभकामना दिन एमाले नेताहरु गाउँमा

जनतासँग जोडिने, जनताका समस्या र सवाल बारे जानकारी लिने र उनीहरुको सुझाव सल्लाह लिने गरि नेताहरु कार्यक्रम जुराएर गाउँ केन्द्रीत बनिरहेको एमाले बाजुराका सचिव काशी विकले बताएका छन् । बुढीनन्दा नगरपालिका र जगन्नाथ  गाउँपालिकामा पार्टी केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीकै नेतृत्वमा नेताहरु शुभकामना सहीतका कार्यक्रममा भाग लिन पुगेका छन् ।

आइतबार २०, असोज २०८१ ०६:३३

वडाध्यक्ष रावतलाई पीतृ शोक, खप्तड छेडेदह गाउँपालिकाद्धारा दुःख व्यक्त

वडाध्यक्ष रावतका बुवाको निधनप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ । वडा कार्यालयका तर्फबाट पनि कार्यबहाक अध्यक्ष रणबहादुर ओलीले शोक वक्तव्य जारी गर्दै दुख व्यक्त गरेको छ । यस्तै सोही गाउँपालिकाका कार्यपालिका सदस्य तथा वडा नम्बर ३ पुडाबाउलाका पूर्ण मिजारका बुवा रनि मिजारको  निधनप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ ।

आइतबार २०, असोज २०८१ ०६:४४

एमाले कैलाली अध्यक्ष ढुङ्गानाले व्यहोरे मनसराको सम्पूर्ण उपचार खर्च

भिरबाट लडेर खुट्टामा गम्भीर चोट लागेको अवस्थामा  उनले आर्थिक अभावका कारण घरमै घरेलु उपचार गराइरहेकी थिइन् । दुई दिन पछि एमाले अध्यक्ष ढुङ्गानाले आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेको थाहा पाएपछि नवजीवन अस्पतालमा बोलाएर उपचार गराएका हुन् ।

आइतबार २०, असोज २०८१ ०९:५४

काँग्रेस नेता खातीलाई पत्नी शोक

मृतक खाती सरकारका पुर्व महान्याधिवक्ता तथा वरिष्ठ अधिवक्ता खम्मबहादुर खातीकी भाउजु  हुन् । मृतक खातीको धनगढीको गोदावरीमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सोमबार २१, असोज २०८१ १२:१४

खप्तड छेडेदहमा आफ्नै बहुमत कार्यपालिका विरुद्ध आन्दोलनमा काँग्रेस कार्यकर्ता

यता कार्यपालिकामा काँग्रेसबाटै जितेका जनप्रतिनिधीको एकल बहुमत छ । उसोत काँग्रेसले विरोध थालेपछि आफू अनुकुल शिर्षकमा रकम विनियोजन नभएको आक्रोशमा आन्दोलन गरिएको आरोप लाग्न थालेको छ । बजेट पारित भएको तीन महिना पछि काँग्रेसले विरोध गरेको हो ।

सोमबार २१, असोज २०८१ ०४:१५

सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने

त्यस्तै, उमेर पुगेका व्यक्तिहरूबीच जबर्जस्ती करणीको १ नं विपरीत नभइ सहमतिमा भएको करणीलाई जबर्जस्ती करणी नमानिने भनेर सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई प्रस्तुत मुद्दाको उल्लिखित तथ्यहरूले अनुमोदन गरेको इजलासको ठहर छ ।

मङ्गलबार २२, असोज २०८१ ०९:०२

एमाले बाजुराको दशैंतिहार बिशेष सन्देश : गाउँ गाउँमा शान्ति, सहकार्य र सद्भाव बाँडौं

ओलीले देशको राजनीतिक अस्थीरता, युवा पुस्तामा बढ्दो निराशा र सामाजिक सञ्जालको धरातलीय अध्ययन विनाको विरोधलाई चिर्न र विकास समृद्धिका लागि काँग्रेस एमाले बीचको सहकार्यलाई सहमति अनुसार नै कार्यान्वयन गर्नु पर्ने र त्यसको जिम्मेवारीका साथ एमाले काँग्रेसका कार्यकर्ता पनि दशैं तिहार बिशेष सन्देश बाँड्न लाग्नु पर्ने बताएका छन् ।

मङ्गलबार २२, असोज २०८१ ०७:१४

प्रहरी दिवस बाजुरामा पनि मनाइयो, १२ जना उत्कृष्ट कर्मचारीलाई सम्मान

कार्यालय प्रमुख समेत रहेका प्रहरी नायव उपरिक्षक गिरीकै अध्यक्षतामा आयोजित दिवसमा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय प्रमुख अतिथी रहनु भएको थियो । दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय बाजुराले काममा उत्कृष्टता हासिल गर्ने १२ जना कर्मचारीलाई सम्मान गरेको छ ।

बुधबार ३०, असोज २०८१ ०१:३४

राष्ट्रपति पौडेलले कार्तिक १ गते बडीमालिकाको दर्शन र नाटेश्वरी मन्दिरको उद्घाटन गर्ने

बाजुरा आउने अवसर पारी सुदूरकै भूस्वर्गका रुपमा परिचित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको अवलोकन तथा दर्शन गर्ने कार्यक्रम पनि तय गरिएको छ । त्रिवेणी नगरपालिकाको निमन्त्रणामा राष्ट्रपति पौडेल बाजुरा आउन लागेका हुन् ।

बुधबार ३०, असोज २०८१ ०१:४६

उपनिर्वाचनमा बाजुराको स्वामीकार्तिक सहीत ३ पालिका उपप्रमुखमा महिला अनिवार्य

कीर्तिपुर नगरपालिका, काठमाडौं, ग्रामनाथ गाउँपालिका मोरङ, महाबु गाउँपालिका, दैलेखको प्रमुख पदमा उपचुनाव हुनेछ । तीनै पालिकामा उपप्रमुख महिला छन् । त्यसैले ती वटै पालिकामा दलहरुले महिला वा पुरुष उम्मेदवार बनाउन सक्छन् ।

बिहिबार ०१, कार्तिक २०८१ ०९:४७

बडीमालिका पुगेर राष्ट्रपति पौडेलले भने- 'धर्तीको स्वर्ग'मा पुगेजस्तो लाग्यो !

"म स्वर्गमा छु र तीर्थ स्थलमा आइपुगेको छु, यो पावन पवित्र भूमिमा पुगेर नेपाली जनताको सुख शान्ति र मुलुकको समृद्धिका लागि प्रार्थना गर्दछु, राष्ट्रपति पौडेलले भन्नु भयो ।" पौडेल राजनीतिक कामको शिलशिलामा यस अघि बाजुरा आएपनि बडीमालिका दर्शनका लागि पहिलो पटक पुगेका हुन् ।

बिहिबार ०१, कार्तिक २०८१ १०:१७

बाजुराको विकट बिच्छ्याकी डाक्टर मल्ल अस्ताइन्

बाजुरा नजिकै हुम्लामा दिदीको घरमा गएको बेला एकाएक बिरामी भएकी र हिमाली गाउँपालिकाको समन्वयमा कोल्टी आधारभुत अस्पतालमा पुर्याउनै लाग्दा मृत्यु भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताएका छन ।

बिहिबार ०१, कार्तिक २०८१ १०:३१