शुक्रबार, ०२ कार्तिक २०८१

एमाले बाजुराको दशैंतिहार बिशेष सन्देश : गाउँ गाउँमा शान्ति, सहकार्य र सद्भाव बाँडौं

बाजुरा : नेकपा एमाले बाजुराले गाउँमा सहकार्य र सद्भाव बाँड्न घर फर्किएकाहरुलाई दशैंतिहार बिशेष सन्देश दिएको छ । दशैं तिहार बिशेष शुभकामना आदान प्रदान कार्यक्रम मार्फत एमाले बाजुराले गाउँमा शान्ति, सद्भाव र सहकार्यको वातावरण निर्माणका लागि सबैलाई शुभकामना दिएको छ । 

कार्यक्रम अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा सञ्चालन गरिएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य एंव जिल्ला इन्चार्ज लालबहादुर थापा प्रमुख अतिथी थिए । केन्द्रीय सदस्य थापाले बाजुरा प्रतिको सोच बदल्ने गरि काम व्यवाहार गर्न आग्रह गर्दै आपसी सहकार्य, सद्भाव र भाइचाराको वातावरण निर्माण गरि दशैं तिहार मनाउन आग्रह गरेका छन् । 

सामाजिक सञ्जाल हेर्दा देशमा केही नभए जस्तो, गाउँ रित्तिएको र सकिएको र खाली भइसकेको जस्तो हल्ला गरिएपनि समाज सभ्यता र संस्कारले सञ्चालन हुने भएकोले त्यो हार्दिकता देखाउन सबैलाई आग्रह गर्दै शुभकामना दिएका छन् । कार्यक्रम बडीमालिका नगरपालिकाको सभा हलमा आयोजना गरिएको हो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष लालबहादुर ओलीले सद्भाव र संस्कार विनाको समाज समाज जस्तो नहुने र निराशाले मात्रै समाजको स्वरुप बदल्न नसकिने भएकोले यसप्रति दलका नेता कार्यकर्ता, समाजसँग सम्बन्धीत क्षेत्रहरु, देश भविष्य युवापीँडी सबै जिम्मेवार र सचेत हुनु पर्ने धारणा राखेका छन् । 

ओलीले देशको राजनीतिक अस्थीरता, युवा पुस्तामा बढ्दो निराशा र सामाजिक सञ्जालको धरातलीय अध्ययन विनाको विरोधलाई चिर्न र विकास समृद्धिका लागि काँग्रेस एमाले बीचको सहकार्यलाई सहमति अनुसार नै कार्यान्वयन गर्नु पर्ने र त्यसको जिम्मेवारीका साथ एमाले काँग्रेसका कार्यकर्ता पनि दशैं तिहार बिशेष सन्देश बाँड्न लाग्नु पर्ने बताएका छन् । 

नेकपा एमालेका प्रदेश कमिटी सदस्य गगन रावलले दशैं तिहार सभ्यता, संस्कार र सद्भावका पर्व भएकोले त्यस अनुसार मनाउन र सामाजिक शािन्तका पक्षमा लाग्न आग्रह गरेका छन् । नेपाली काँग्रेसका नेता जनक थापाले बाजुरालाई हेर्ने नजरबाट मुक्त गर्न आवश्यक रहेको बताएका छन् । काँग्रेस एमालेकै कारण र दुई ठुला पार्टीकै नेताहरुका कारण समस्या उत्पन्न भएको भन्ने हल्ला चिर्नुको विकल्प नभएको बताएका छन् । 

नेकपा एकीकृत समाजवादीका जिल्ला सहसचिव दिर्घराज पाध्यायले सामाजिक सञ्जालमा देखिने दृश्य, विरोध र अराजकताले समाज समाज जस्तो नरहेकोले त्यसको सुधारमा लाग्नु पर्नेमा जोड दिएका छन् । समाज बनाउन सभ्यता, संस्कार र सद्भाव घर परिवारबाटै सिकाउनु पर्ने र त्यो सिकाइका लागि दशैं तिहारलाई अवसरका रुपमा लिन आग्रह गरेका छन् ।

एमाले पार्टी सचिव काशी विकले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष जनक कुमार बोहराले गरेका हुन् । कार्यक्रममा मार्तडीमा उपलब्ध एमाले नेता कार्यकर्ता र अन्य जनसंगठनका प्रतिनिधी सहभागि थिए । गाउँ गाउँमा पुगेर शुभकामना दिएका फर्किएको एमालेले मार्तडीमा जिल्ला स्तरीय कार्यक्रम आयोजना गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस