शुक्रबार, ०२ कार्तिक २०८१

वडाध्यक्ष रावतलाई पीतृ शोक, खप्तड छेडेदह गाउँपालिकाद्धारा दुःख व्यक्त

बाजुरा : खप्तड छेडेदह गाउँपालिका–७ का वडाअध्यक्ष खगेन्द्रबहादुर रावतलाई पितृ शोक परेको छ । रावतका बुबा गोरे रावत ८० वर्षको उमेरमा आफ्नै घरमा शनिबार निधन भएको हो । शनिबार  वृद्धभत्ता लिन वडामा गएका बेला रावतका बुबा कुर्सीमा बसीरहेको अवस्थामा मृत्यु भएको आफन्तले बताएका छन् । 

वडाध्यक्ष रावतका बुवाको निधनप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ । वडा कार्यालयका तर्फबाट पनि कार्यबाहाक अध्यक्ष रणबहादुर ओलीले शोक वक्तव्य जारी गर्दै दुख व्यक्त गरेको छ । यस्तै सोही गाउँपालिकाका कार्यपालिका सदस्य तथा वडा नम्बर ३ पुडाबाउलाका पूर्ण मिजारका बुवा रनि मिजारको  निधनप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ । 

मिजारका बुवा रनि मिजारको ८६ वर्षको उमेरमा निधन भएको हो । वडाध्यक्ष रावत र कार्यपालिका सदस्य मिजारका बुबाको निधनप्रति गाउँपालिकाले गहिरो समवेदना प्रकट गरेको छ ।

May be an image of 1 person and text

प्रतिक्रिया दिनुहोस