शुक्रबार, ०२ कार्तिक २०८१

यो वर्ष १६ लाख पर्यटक भित्राउने लक्ष्य छ : मन्त्री पाण्डे

पर्यटन उधोगमा परिणत गर्नका लागि मन्त्रालयको के कस्तो अल्पकालिन र दिर्घकालीन के छ भन्ने प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले नेपालको राष्ट्रिय पर्यटन रणनीति गुरुयोजना (२०१६–२५) को आधारमा पर्यटकीय गन्तव्यहरुको विकास विस्तार तथा पहिचान,पदमार्गहरुको निर्माण,पर्यटकीय उपहजहरुको बारेमा स्वदेश तथा विदेशमा पर्यटन प्रवद्र्धन कार्यक्रमहरु निरन्तर हुँदै आएको बताउनु भयो ।

बिहिबार ३१, साउन २०८१ ०३:५३

थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनिन् थाक्सिनकी छोरी ३७ वर्षीया पेतोङत्रान

गत वर्ष भएको थाइल्याण्डको चुनाव त मुभ फरवार्ड पार्टीले जितेको थियो । तर सेनाले नियुक्त गरेका सिनेटहरुले सबैभन्दा ठूलो दललाई सरकार बनाउन रोके । दोस्रो दल फेउ थाइले अरु दलहरुसँग गठबन्धन गरेर थबिसिनलाई प्रधानमन्त्री बनायो ।

शुक्रबार ३२, साउन २०८१ ०२:५२

आर्थिक विकाससँगै जनभावना र समाजका मुद्दामा ध्यान दिनु पर्छ : महासचिव पोखरेल

नेकपा एमाले सामाजिक सेवा विभागको दशौं बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै महासचिव पोखरेलले आर्थिक विकासबाट मात्र मानिस सन्तुष्ट हुनसकेन भन्ने कुराको दृष्टान्त बङ्गलादेशको घटना भएको बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– समाजमा के मुद्दाले असर गरिरहेको छ भन्ने बुझ्नुपर्ने रहेछ ।

शुक्रबार ३२, साउन २०८१ ०२:५७

विपीनको रिहाइ माग गर्दै अनेरास्ववियु बाजुराको हस्ताक्षर अभियान

अनेरास्ववियुको केन्द्रीय सर्कुलर अन्र्तगत बाजुरा सदरमुकाम मार्तडीमा पनि हस्ताक्षर अभियान थालिएको जिल्ला अध्यक्ष दीलबहादुर थापा भोटेले जानकारी दिएका छन् । सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान  संकाय अन्तर्गत स्नातक तह आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी विपिन जोशीको रिहाईको लागि कुटनैतिक पहल गर्न अनेरास्ववियु जिल्ला कमिटी बाजुराले बृहत हस्ताक्षर संकलन गरेको हो ।

शुक्रबार ३२, साउन २०८१ ०३:२२

'हितकी परानी' बाट प्रकाशले गराए छोरा आशिषलाई सांगीतीक यात्राको सुरुवाद

तीनै थापा फेरि चर्चाको शिखरमा छन् । अरुकै गीत गाउने थापाले सायद पहिलो पटक आफ्नै लय शब्द र संगीतमा गीत सार्वजनिक गरेका छन् । त्यो पनि आफ्नै सन्तानलाई साथमा राखेर । आफूसँगै एउटै गीतमा स्वर दिन लगाएर छोरा आशिष कुमार थापालाई पनि संगीतीक दुनियाँमा प्रवेश गराएका छन् ।

शुक्रबार ३२, साउन २०८१ १०:११

बाजुराका चन्दु कार्की, जो हरिद्वारबाट २९ दिनको पैदल हिँडेर पशुपतिनाथ पुगे

१ गते राती पुगेकाले जनैपूर्णिमाको अवसरमा हरिद्वारबाट बोकेर ल्याएको जल चढाएँ’ उनले भने । आफ्नो स्वास्थ्य अवस्था तन्द्रुस्त रहेको बताउने उनले अब एक महिना नेपालमै रहने बताएका छन् । ‘केही दिन आराम गरेपछि यतै पैदल यात्रा गर्ने योजना छ’ उनले भने ।

मङ्गलबार ०४, भदौ २०८१ ०३:३६

एमाले बाजुराको बैठक भदौ १३ गते मार्तडीमा बस्ने

गएको जेष्ठ ७ गते सम्पन्न जिल्ला अधिवेशनको नयाँ नेतृत्व चयन गरेको थियो । पहिलो बैठक अधिवेशन सकिएको पछिल्लो दिन बसेपनि त्यस यता पूर्ण बैठक बसेको छैन् । साउनमा बस्ने गरि तयारी गरेपनि पार्टी संगठनका काम, राजनीतिक समिकरण फेरबदलका कारण बैठक बस्न नसकेको हो ।

मङ्गलबार ०४, भदौ २०८१ ०३:४१

सुदूरपश्चिम सरकार : २५ लाखभन्दा कमका योजना नबनाउने र उपभोक्ता मार्फत काम गर्न नदिने

‘प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीआदिलाई बजेट विनियोजन तोकेर गरिने छैन,’ मुख्यमन्त्री कमलबहादुर शाहद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिने छैन ।’

मङ्गलबार ०४, भदौ २०८१ ०४:०२

बाजुरामा करेन्ट लागेर २ जनाको घाईते, एकको अवस्था गम्भीर

घाइते हुनेमा बडीमालिका ६ कोर्धका वर्ष २९ का रुपक बडुवाल र बडीमालिका ४ रिलाका २८ वर्षका राजेन्द्र नाथ रहेका छन् । घाइते मध्ये बडुवाको अवस्था गम्भीर रहेको बताइएको छ । बडुवाललाई थप उपचारका लागि जिल्ला अस्पताल बाजुराले रिफर गरिरहेको छ । भने नाथको अस्पतालमै उपचार भइरहेको छ ।

बुधबार ०५, भदौ २०८१ ११:०४

खप्तड छेडेदह ६ नाइनाको बस्ती नै पहिरोको जोखिममा, ६० बढी परिवार विस्थापितको खतरा

पहिरोका कारण नाइनाका २५ परिवार पूर्णरुपमा विस्थापितमा छन् । भने ६० बढी परिवार उठिबासको चिन्तामा छन् ।  सुरुको वर्ष सामान्यरुपमा पहिरो लाग्यो, पछि विस्तार बस्ती नजिकैबाट पहिरो बग्न थालेको पहिरो प्रभावित जोगी विष्टले बताएका छन् । पहिरो घरको आँगनसम्मै पुगिसकेको छ ।

बुधबार ०५, भदौ २०८१ ०६:०७

अड्किएको फाइलको २४ घण्टा भित्र छिनोफानो गर्न मन्त्री पाण्डेको निर्देशन

बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक  छलफल कार्यक्रममा उक्त निर्देशन दिनुभएको हो । मन्त्री पाण्डेले भन्नुभयो, “मन्त्रालयमा कुन फायल कहाँ अड्किएको छ त्यसको २४ घण्टा भित्र छिनोफोनो गर्नुहोला ।”

बुधबार ०५, भदौ २०८१ ०६:१७

डोटीमा मोटरसाईकल दुर्घटनामा परी २ जना बाजुराका सहीत ३ जना घाइते

बाजुराबाट धनगढी जाने क्रममा दिपायल सिलगढी नगरपालिका ६ स्थित थाप्लामा मोटरसाइकल एक आपसमा ठोक्कीएका थिए । सुवासको छाती, घुडाँ र पेटमा चोट लागेको छ । भने मायाको पेट र खुट्टामा चोट लागेको छ । विकास खत्रीको पेट, छाती र खुट्टामा चोट लागेको छ ।

बिहिबार ०६, भदौ २०८१ ०२:२७

आठौं धर्म–धम्म सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

मन्त्री पाण्डे शुक्रबारबाट भारतको गुजरतामा हुने तीन दिने आठां धर्म–धम्ब सम्मेलनमा सहभागी हुन त्य तर्फ प्रस्थान गर्नु भएको हो।
भारत फाउन्डेसनको पहल एवम् गुजरात विश्वविद्यालय, अमदाबादसँगको सहकार्यमा  ुन लागेको धर्म–धम्म सम्मेलनमा हिन्दू र बौद्ध सभ्यताहरूबीच निकट रहेका विचारहरुमाथि विमर्श हुने जनाइएको छ । सो सम्मेलनमा भूटान, श्रीलङ्का र नेपाल लगायतका देशका मन्त्रीहरुको सहभागिता रहने छ ।

बिहिबार ०६, भदौ २०८१ ०६:०५

विद्युतिकरण कार्यमा सतर्कता अपनाउन उपभोक्तालाई बाजुरा प्रशासनको आग्रह

जिल्लामा पछिल्लो समय दिनप्रतिदिन करेन्ट लाग्नेक्रम बढीरहेको छ । स्वयम नागरिक नै सचेत नभएसम्म जोखिम बढीरहने भएकोले कुनैपनि व्यक्तिबाट लापरवाही नगर्न भनिएको छ । दुर्घटना बढ्दै गएको भन्दै सचेत हुन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जारी गरेको अपिल पत्रमा उल्लेख छ ।

बिहिबार ०६, भदौ २०८१ ०७:१४

प्रकाश चन्दले पाए कराँतेमा अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता

कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री प्रकाश चन्दले एसियन कराँते महासङ्घबाट रेफ्रीको मान्यता प्राप्त गरेका छन् ।

बिहिबार ०६, भदौ २०८१ ०९:५३

बुढीगंगा बन्यो संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाजुराकै पहिलो, हिमाली र बुढीनन्दा सबैभन्दा कमजोर

पालिकाको कार्यप्रगति नजिताको मूल्याकंन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने गर्दछ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष २०७९/८० को नजिता सार्वजनिक गरेको हो । सार्वजनिक गरेको स्वमूल्याङ्कन नतिजा प्रदिवेदन अनुसार बुढीगंगा नगरपालिकाले ८४ .५० ल्याएको छ ।

शुक्रबार ०७, भदौ २०८१ ०८:५५

महिना दिन भित्र उपभोक्ता अदालत गठन गर्ने उद्योग मन्त्री भण्डारीको घोषणा

उहाँले अनुगमनलाई प्रभावकारी बनाउने गरी उपभोक्ता अदालत गठन हुने जिकिर गर्नुभयो । सरकारले अत्यावश्यक वस्तु अभाव हुन नदिने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । दुई दिनभित्र भारतको मन्त्रिपरिषद्मा नेपालको विशेष चामलको कोटामा लाग्ने २० प्रतिशतको ड्युटीलाई घटाउने प्रस्ताव लैजाने पनि उहाँको भनाई थियो ।

आइतबार ०९, भदौ २०८१ ०१:५१

गौराले राष्ट्रिय एकता र सामाजिक सद्भावना बढाउने छ : प्रदेश प्रमुख मियाँ

आइतबार बिरुँडा धुँदै नाउलामा गौराको विधिवत् रुपमा पूजा गरिएको छ । यसलाई नाउलाकी गौरा भन्ने प्रचलन रहेको छ । अमुक्ताभरण सप्तमीको दिन गौरालाई गौरा घरमा भित्र्याउने गरिन्छ । त्यो दिन व्रतालु महिलाहरूले साँझ गौरा घरमा गौराको पूजा गर्ने चलन रहिआएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा गौराको रौनक अझ बढी हुने गर्छ ।

आइतबार ०९, भदौ २०८१ ०२:२७

देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

सोमबार १०, भदौ २०८१ ०९:५३

सुदूरपश्चिममा गौरा पर्वको रौनक

दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन् ।

सोमबार १०, भदौ २०८१ ०९:५६

नेपाल एयरलाइन्सकाे अवस्था चुनाैतीपूर्ण छ : मन्त्री पाण्डे

मन्त्री पाण्डेले  भन्नू भयाे, नेपाल एयरलाइन्स खस्किएकाे छ।अत्यन्तै कमजोर भएको छ।त्यसलाई सुरक्षित बनाउन सकेका छैनाैं। नागरिक उड्डयन क्षेत्र सुरक्षित बनाउन चुनाैती छ। यस क्षेत्रलाई सुधार गर्न सकेमा पर्यटन क्षेत्रकाे विकासका टेवा पुग्ने छ।

सोमबार १०, भदौ २०८१ ०४:४९

सुदूरपश्चिमको विकास र संवृद्धिको लागि प्रदेश प्रमुखसँग छलफल

एमाले नेता महरले सुदूरपश्चिम प्रदेशमा पर्याप्त सम्भावना हुँदा हुँदै पनि पर्याप्त विकास हुन नसेको बताएका थिए । उनले सेती लोकमार्ग हुँदै उरै नाका खोल्न सक्दा सुदूरपश्चिम प्रदेशको मात्रै नभई राष्ट्रिय अर्थतन्त्रमा नै महत्त्वपूर्ण योगदान पुग्ने बताए। यो सडक मार्फत भारतको राजधानी नयाँ दिल्लीलाई चीनको तिब्बतसँग छोटो दुरीमा जोड्न सक्ने महरको भनाइ थियो ।

सोमबार १०, भदौ २०८१ ०८:१२

'रित्ती जाने बैँसको के गरूँ म घमण्ड...!'

भीम बीसीको शब्द र संगीतमा गायिका मेलिना मैनाली र गायक टेक बीसीले स्वर भरेका हुन् । 'मारुनी डिजिटल रेकर्डिङ स्टुडियो'मा रेकर्ड भएको यो गीतको म्युजिक एरेञ्ज विश्व अधिकारीले गरेका हुन् भने भिडियोको निर्देशन माधव शर्माले गरेका छन् ।

सोमबार १०, भदौ २०८१ ०८:३५

एकीकृत समाजवादीको सचिवमा बाजुराका नरेश शाहीको उम्मेदवारी

सचिव पदका उम्मेदवार शाही बाजुराका स्थायी बासिन्दा हुन् । उनले क्रियाशील र इमानदार नेताको छवी बनाएका छन् । पार्टी कार्यकर्ताबीच पनि लोकप्रीय छन् भने देश भरि युवाको नेटवर्क पनि राम्रो रहेको छ । शाहीले पार्टी निर्माण, सक्रियता र पार्टी भविष्यका लागि आफ्नो उम्मेदवारीमा मतदाताले समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् ।

मङ्गलबार ११, भदौ २०८१ ११:३७