मङ्गलबार, २३ पुष २०८१

त्रि–चन्द्र क्याम्पस कमिटी अनेरास्ववियुको अध्यक्षमा बाजुराका राजेन्द्र रावत

पहिलो पटक सुदूरपश्चिम प्रदेश बाजुराबाट प्रतिनिधित्व गर्दै रावतको नेतृत्वमा ९ सदस्यीय कमिटी गठन गरिएको हो । जसमा अध्यक्ष राजेन्द्र रावत, उपाध्यक्ष प्रमित बिष्ट, सचिव मनिषा चापागाई रहेका छन् ।

सोमबार १५, पुष २०८१ ०३:३३

एमालेको कारवाहीपछि रावलले पार्टी खोल्ने संकेत गरेपछि अलमलमा अछाम

उसोत रावल आफैले पुस १७ गते (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन मार्फत भावी योजना प्रस्तुत गर्ने घोषणा गरिसकेका छन् । रावलले गरेको पत्रकार सम्मेलन र नयाँ पार्टी खोल्ने संकेतपछि निकट भनिएकाहरु अलमल र अन्योलमा देखिएका छन् । त्यसको पहिलो असर रावलकै गृह जिल्ला अछाम र अछामका एमाले कार्यकर्तामा बढी परेको देखिन्छ ।

मङ्गलबार १६, पुष २०८१ ०५:२६

बाजुराका नेताहरुले भने–मेलमिलाप र दलिय एकता अहिलेको आवश्यकता हो !

देशमा लोकतन्त्रको रक्षा, विकासको प्रत्याभूति र सुशासनका लागि पनि सबैबीचको एकता र मेलमिलाप जरुरी हुने नेताहरुको दाबी छ । काँग्रेस र एमाले बीचको सत्ता समिकरण पनि त्यसैको उपज भएको र देशलाई राजनीतिक स्थायीत्व, विकास र सुशासन दिन मद्दत पुग्ने विश्वास नेताहरुको छ ।

मङ्गलबार १६, पुष २०८१ ०५:४४

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा बाजुराका छत्र कटुवाल नियुक्त

७ वटै प्रदेशमा विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यालय स्थापना गर्ने तयारीमा रहेको सरकारले स्वदेशी उत्पादनको ६० प्रतिशत अनिवार्य निर्यात गर्ने लक्ष्य सहीत प्राविधिकरण कार्यालय खोल्न सुरु गरेको हो । यस अघि केन्द्रीय कार्यालय त्रिपुरेश्वर काठमाठौं, भैरहवा र बारामा मात्रै सहायक क्षेत्रीय कार्यालय सञ्चालनमा छन् ।

बुधबार १७, पुष २०८१ ०२:३४

रावलले ओलीप्रति प्रश्नैप्रश्न सोधेर सकाए पत्रकार सम्मेलन

“तपाईंको झुटा कुराको सहारामा लत बसेछजस्तो छ,” रावलले ओलीप्रति आक्रोश पोख्दै भने, “म ९०४ मतसहित सदस्यमा विजयी भएको थिएँ । मलाई सपथ लिन लगाउनुभएको होइन र ? तपाईंलाई बा भन्नेहरुबाट सपथ लिएन भनेर प्रचार गराइएको होइन र ?”

बुधबार १७, पुष २०८१ ०२:४०

प्रेस चौतारी नेपालको महाधिवेशन फागनु २३ देखि २५ गतेसम्म विराटनगरमा हुने

प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन फागुन २३, २४ र २५ गते विराटनगरमा हुने भएको छ । माघ २५ गतेभित्र जिल्ला अधिवेशन, फागुन ७ गतेभित्र गर्ने गरी प्रदेश अधिवेशनको मिति तोकिएको हो ।

बुधबार १७, पुष २०८१ ०६:४४

सुपका १२ विद्यालयले एउटै फोटो पेश गरेर रकम असुली गरेपछि...

सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले यस्तो विषय बाहिर ल्याएको हो। प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री सन्तोष कुमारी शर्मा थापा संयोजक रहेको बेरुजु अध्ययन उपसमितिले विद्यालयहरुको ट्रस निर्माणको विषयमा अध्ययन गरेको थियो। २०८१ भदौ २५ गते गठन गरिएको उक्त समितिले सोही दिनबाट जिम्मेवारी पाएको थियो।

बिहिबार १८, पुष २०८१ ०९:०८

बाजुराका २० सहीत सुदूरपश्चिममा एक सय ६६ वटा सडक निर्माण गर्न गुरुयोजना तयार

बैतडीमा ७१२ किलोमिटर बराबरका २६, बझाङमा ६४८ किलोमिटरका १९, डोटीमा ६१७ किलोमिटरका १५, कैलाली ५५६ किलोमिटरका २३, बाजुरामा ४८९ किलोमिटरका २०, डडेल्धुरामा ४७९ किलोमिटरका १३, दार्चुलामा ४४२ किलोमिटरका १७ र कञ्चनपुरमा २७९ किलोमिटरका १४ योजना परेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । बाजुराका सबै वडा, पालिका र टोल समेट्ने गरि नै गुरु योजना तयार गर्न लागिएको प्रदेशसभा सदस्य जुना दानीले बताएकी छन् ।

बिहिबार १८, पुष २०८१ ०९:१५

बझाङमा जिप दुर्घटना, चालकसहित ३ जनाको मृत्यु, १ घाइते

सेती सु १ ज ८४३ नम्बरको जीप तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घटनास्थलमै चालक ३३ वर्षीय सम्शेर मल्ल र अन्य दुई जनाको ज्यान गएको छ। अन्य मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।

बिहिबार १८, पुष २०८१ १०:२८

खप्तड छेडेदह गाउँपालिकामा साढेतीन महिनापछि प्रशासकीय अधिकृत तोकिए, रावतले पाए जिम्मेवारी

पालिकाले बरिष्ठ कर्मचारीको रुपमा कार्यरत नन्दबहादुर रावतलाई  प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउने गरि मन्त्रालयमा पठाएको थियो । रावत पालिकाकै स्वास्थ्य शाखा प्रमुख भएर काम गर्दै आएका थिए । मन्त्रालयले शुक्रवार गाउँपालिकालाई पत्र पठाएको छ ।

शुक्रबार १९, पुष २०८१ ०२:२६

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा राना, भण्डारी र चन्द सदस्यमा नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा योजना आयोगमा उपाध्यक्ष सहीत तीन जना नियुक्त भएका छन् । प्रदेश सरकारका मुख्य मन्त्री कलबहादुर शाहले सुदूर पश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा जीवन राना सहीत तीन जनालाई नियुक्त गरेका हुन् ।

शुक्रबार १९, पुष २०८१ ०३:३३

धामी र अधिकारीसँगै बाजुराकी सीता बनिन् ‘शी लिड्स आइकन’को विजेता

तीनै जना विजेतालाई प्रधानमन्त्री केपीशर्मा ओलीद्धारा सम्मान एवं प्रशंसापत्र प्रदान गरिएको हो । आइकन घोषित हुने उपाध्यक्षद्धय थापा र धामी नेकपा एमाले र अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । विजेता तीन जना मध्येकी सीता थापा तीनै व्यक्ति हुन्, जस्ले ५ वर्ष भारतको दिल्लीमा भाँडा माँझेर राजनीति सुरु गरेकी थिइन् ।

शुक्रबार १९, पुष २०८१ ०६:२१

एमाले प्रदेश सचिव चन्द भन्छन्–इमान्दार र निष्ठावान नेता कार्यकर्ता रावलका पछाडि जाँदैनन् !

एमालेको कारवाहीबाट सदस्यता समेत गुमाएका पार्टीका पूर्व उपाध्यक्ष भीम रावल तर्फ संकेत गर्दै चन्दले पार्टी खोल्ने र दर्ताहुने क्रम भइरहने एमाले प्रतिको माया, मोह र संलग्नता बढ्दै गएको धारणा राखेका छन् ।

शुक्रबार १९, पुष २०८१ ०७:०८

भीम रावलको स्वागतमा नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता विमानस्थल पुगेपछि

केही दिन अघि एमालेबाट कारवाहीमा परेका रावललाई स्वागत गर्न एकीकृत समाजवादीका नेता वसिम आलाम नेतृत्वको समूह विमानस्थल पुगेको हो । आलाम एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् ।

शनिबार २०, पुष २०८१ ०२:३१

नेकपा बाजुराले गृहमन्त्रीलाई भन्यो–‘कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय राख्नु पर्यो’

गृहमन्त्रीमार्फत सरकारलाई बुझाइएको लिखित पत्रमा बाजुरा जिल्ल्ला प्रदेश निर्वाचन क्षेत्र “क” सदरमुकाम मार्तडीबाट अति नै दुर्गम क्षेत्रका रुपमा रहेको, कुल जनसंख्याको ४०% जनता उक्त क्षेत्रमा बसोबास गरिरहेको, सदरमुकाम मार्तडीबाट प्रशासनिक तथा अन्य सेवामूलक सुविधा लिनको निम्ति रु ५ हजार देखि १० हजारसम्म खर्च गरेर २\३ दिनको समय जुटाउनु पर्ने त्यस क्षेत्रका नागरिकहरुको बाध्यता रहेकोले उक्त क्षेत्रमा प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ ।

शनिबार २०, पुष २०८१ ०५:५५

क्लाइम्बिङ स्पोर्टस् एशोसिएसनका बागमती र काठमाडौं उपत्यका कमिटीमा नयाँ नेतृत्वको चयन

बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भएकी छन्। उपाध्यक्षमा रविन्द्र महर्जन र सुरज बस्नेत चुनिएका छन्। सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यमा दावा टासी शेर्पा, अनूप सुवेदी, चन्द्र कृष्ण चक्रधर र मनीष महर्जन निर्वाचित भएका छन्।

आइतबार २१, पुष २०८१ ११:१२

जगन्नाथमा न्यायीक क्षमता विकासका लागि अनुशिक्षण कार्यक्रम सञ्चालन

गाउँपालिकाको महिला तथा बालबालिकाको आयोजनामा कार्यक्रम पुस २० बाट सुरु गरिएको हो । वडा स्तरमै पुगेर अनुशिक्षण दिन लागिएको यो पहिलो पटक हो । उपाध्यक्ष मरुकला बिष्टको संयोजकत्वमा न्यायीक समिति सदस्य कर्णवीर नेपाली, लाल बहादुर बिष्ट, वडा कार्यलय जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रतिनिधि, वडाका मेलमिलाप कर्ता सहीत सहभागि छन् ।

आइतबार २१, पुष २०८१ ०४:१६

यस कारण सबैलाई 'ढोग' दिइँदैन

यसको प्रयोग परम्परादेखि नै सम्मान र श्रद्धा प्रकट गर्न गरिन्छ । यद्यपि हालैका केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरू र कलाकारहरूले यसलाई मजाकको रूपमा प्रस्तुत गरेका छन्। यसमा सुदूरपश्चिमको संस्कृतिप्रति देखाएको असंवेदनशीलता र अपमान देखिन्छ। यस लेखमा म यस प्रवृत्तिका विभिन्न पक्ष र यसले सुदूरपश्चिमका जनताको भावनामा कसरी असर गरेको छ भन्ने कुरा चर्चा गर्दै छु ।

आइतबार २१, पुष २०८१ ०४:५७

रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता

सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडिया प्रा।लि।का तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु ९जिबी० राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ ।

आइतबार २१, पुष २०८१ ०५:०१

धनगढी देशकै सबैभन्दा धेरै प्रदूषित शहर

विभागका अनुसार काठमाडौंको रत्नपार्क, ललितपुरकको खुमलटार, कैलालीको धनगढी र धनुषाको जनकपुरमा वायु प्रदूषणको तह उच्च छ । तीमध्ये धनगढी सबैभन्दा धेरै प्रदूषित हुनुका साथै वायु अति अस्वस्थकर बनेको छ ।

आइतबार २१, पुष २०८१ ०५:२३

सुदूरपश्चिममा ६ महिनाकै अवधीमा लागुऔषध सहीत ४३४ जना पक्राउ

खुला सीमा नाका र भारतीय बजारको प्रभाव प्रमुख कारण देखिएपनि युवाहरुमा बढ्दो तनाब, बेरोजगार समस्या र खराव संगतले भूमिका खेलेको छ । साउन यता ६ महिनाको अवधीमा मात्रै ४ सय ३४ जना युवाहरु लागुऔषधमा संलग्न भएकै कारण पक्राउ परेका छन् । भने यी मध्ये २ सय ९१ जनाले मुद्दा खेपीरहेका छन् ।

आइतबार २१, पुष २०८१ ०६:४८

गौमुलका ७ वटै स्वास्थ्य संस्थाबाट स्मार्ट हेल्थ सेवा सुचारु

दुरदराजका सेवाग्राहीहरुलाई गुणस्तरीय स्वास्थ्य पहुँचमा र स्वास्थ्य सुधारका लागि यो सेवा सुचारु गरिएको उपाध्यक्ष सीता थापाले बताएकी छन् । सेवालाई सहज रुपमा उपलब्ध गराउँन पालिकाका ७ वटै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र स्वयंमसेविकालाई टेलिहेल्थ अर्थात स्मार्ट हेल्थ ग्लोवल परियोजनाका बरिष्ठ प्रबन्धक दिपीका श्रेष्ठको टोलीले तालिम प्रदान गरेको थियो ।

आइतबार २१, पुष २०८१ ०६:५२

भीम रावलमाथिको कारबाहीमा पुनर्विचार गर्न बाजुराका शाह र कैलालीका रावलको आग्रह

आइतबार बैठकमा बोलेका २७ केन्द्रीय सदस्यमध्ये २ जनाले मात्र रावलमाथिको कारबाही पुनर्विचार गर्न नेतृत्वलाई आग्रह गरेका छन् । बैठकमा बोल्नेमध्ये केन्द्रीय सदस्य प्रकाश शाह र झपट रावलले कारबाहीले भीम रावललाई भन्दा पनि पार्टीलाई क्षति भएको बताए ।

आइतबार २१, पुष २०८१ १०:४०

विकासको लय सम्हाल्दै बुढीनन्दा : शिक्षा र स्वास्थ्यमा सुधार

सुरुको वर्ष नयाँ नेतृत्वले पनि त्यो आलोचना र आरोप खेप्नु पर्यो । केही हुदैन्, की भन्ने धेरैमा निराशा समेत देखियो । तर समयसँगै आलोचना र विरोधको श्रृखला कम हुदै गएको छ । कोल्टीमा विजुली नियमित जस्तै छ । त्यसैमा केन्द्रीय प्रशारण लाइन जडानको काम तिब्र पारिएको छ । त्योभन्दा अघि जगन्नाथबाट नै विद्युत ल्याएर थप सहज पार्ने योजनामा पालिका लागि परेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाहले बताएका छन् ।

सोमबार २२, पुष २०८१ ०३:४६