बाजुरा:नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार आदरणीय जनकराज गिरीज्यूले बुढीगंगा नगरपालिका वडा नं. १० तिमाडाबाट घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमको शुभारम्भ गर्नुभएको छ।
कार्यक्रमको सुरुवात ८० वर्षीय स्थानीय ज्येष्ठ नागरिक नरे दमाईज्यूको हातबाट टीका सहितको आशीर्वाद ग्रहण गर्दै गरिएको हो। ज्येष्ठ नागरिकको आशीर्वादसहित सुरु गरिएको घरदैलो अभियानलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।
घरदैलो क्रममा उम्मेदवार गिरीज्यूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, आवश्यकता तथा सुझावहरू सुन्नुभएको छ। उहाँले लोकतन्त्रको संरक्षण, विकास निर्माण, रोजगारी र जनताको जीवनस्तर उकास्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।
स्थानीयवासीहरूले विकास, सुशासन र समावेशी राजनीतिका लागि जनकराज गिरीज्यू उपयुक्त उम्मेदवार भएको धारणा व्यक्त गर्दै आगामी निर्वाचनमा सहयोग र समर्थन रहने विश्वास दिलाएका छन्।
नेपाली कांग्रेसले बाजुरामा संगठन सुदृढ गर्दै जनताको घरआँगनमै पुग्ने अभियानलाई तीव्र बनाएको जनाएको छ।
घरदैलाे अभियानमा नेपाली काँग्रेसका पुर्व सहमहामन्त्री बद्रि पाण्डे, पुर्व संविधान सभा सदस्य महा नेपाली, पुर्व सभापतिद्वय कविराज पण्डित, मान बहादुर रावल, नेता चक्र शाह, याेगेन्द्र रावल लगायतका नेता कार्यकर्ताकाे सहभागीता रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस