शुक्रबार, ०२ कार्तिक २०८१

राष्ट्रपति पौडेलले कार्तिक १ गते बडीमालिकाको दर्शन र नाटेश्वरी मन्दिरको उद्घाटन गर्ने

बाजुरा : राष्ट्रपति रामचन्द्र पौडेल कार्तिक १ गते बाजुुरा आउने भएका छन् । त्रिवेणी नगरपालिका–७ मा रहेको नाटेश्वरी मन्दिरमा निर्माण गरिएको भवनको उद्घाटन गर्न राष्ट्रपति पौडेल बाजुरा आउन लागेका हुन् । राष्ट्रपति भएपछि पौडेल बाजुरा पहिलो पटक आउन लागेका हुन् ।

असोज २१ गते आउने भनिएको कार्यक्रम तयारी अपुगका कारण स्थगीत गरिएको थियो । बाजुरा आउने अवसर पारी सुदूरकै भूस्वर्गका रुपमा परिचित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको अवलोकन तथा दर्शन गर्ने कार्यक्रम पनि तय गरिएको छ । त्रिवेणी नगरपालिकाको निमन्त्रणामा राष्ट्रपति पौडेल बाजुरा आउन लागेका हुन् । 

बडीमालिकाको दर्शनसंगै पर्यटकीयका लागि निर्माण गरिएको नाटेश्वरी मन्दिरको समुद्घाटनका लागि बाजुरा आउने कार्यक्रम तय राष्ट्रपतिको कार्यालयले जनाएको छ । भ्रमण तालिका तय भइ उद्घाटनको सम्पूर्ण तयारी थालिएको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन् ।  

नेपाली सेनाको हेलिकप्टर मार्फत राष्ट्रपति पौडेल यही असोज २१ गते बाजुरा आउने कार्य तालिका रहेको राष्ट्रपति कार्यालयका प्रेस संयोजक खिलराज कार्कीले जानकारी दिएका छन् । पालिकाले पनि राष्ट्रपति पौडेलको आगमनलाई भव्य बनाउने तयारी थालेको छ । 

सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको बिशेष फोर्स खटाइएको छ । भने नेपाली सेनाका उच्च तहका अधिकृतहरु पनि बाजुरा केन्द्रीत बनेका छन् । नाटेश्वरीमा आवास गृह सहीत संघ र प्रदेश सरकारको लागतमा भव्य संरचना निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस