शुक्रबार, ०२ कार्तिक २०८१

बडीमालिका पुगेर राष्ट्रपति पौडेलले भने- 'धर्तीको स्वर्ग'मा पुगेजस्तो लाग्यो !

बाजुरा पुगेर गरे, नाटेश्वरी मन्दिरको उद्घाटन

बाजुरा : राष्ट्रपति रामचन्द्र पौडेलले बडीमालिका पुगेर स्वर्ग पुगेको बताएको छ । बाजुरा बासीलाई स्वर्ग भूमिका बासीको संज्ञा दिएका पौडेलले जीवनका पहिलो पटक स्वर्ग पुगेको आभाष भएको प्रतिक्रिया दिएका हुन् ।

बडीमालिका मन्दिरको दर्शन र नाटेश्वरी मन्दिरको शिलान्यासका लागि बाजुरा पुगेका पौडेलले धर्तीमा पनि स्वर्ग छ, भने त्यो बाजुरामा रहेको बताएका छन् । बाजुरा दुरीले विकट भएपनि प्राकृतिक सुन्दरता र संभावनाले भरिपूर्ण रहेको बताएका छन् । 

"म स्वर्गमा छु र तीर्थ स्थलमा आइपुगेको छु, यो पावन पवित्र भूमिमा पुगेर नेपाली जनताको सुख शान्ति र मुलुकको समृद्धिका लागि प्रार्थना गर्दछु, राष्ट्रपति पौडेलले भन्नु भयो ।" पौडेल राजनीतिक कामको शिलशिलामा यस अघि बाजुरा आएपनि बडीमालिका दर्शनका लागि पहिलो पटक पुगेका हुन् । 

त्रिवेणी नगरपालिकाको निमन्त्रणामा बाजुरा पुगेका पौडेलले लिखित मन्तव्य सहीत केही मौखिम संवोधन समेत गरेका थिए । त्रिवेणी नगरपालिका ७ स्थित नाटेश्वरी मन्दिरको उद्घाटन र होमकुण्डको पुजापाठ पछि औपचारिक कार्यक्रमलाई सवोधन गरेका हुन् । 

विहानै बडीमालिका मन्दिरको दर्शन गरेका छन् । प्रधानसेनापति सहीत परिवारका सदस्य र नेपाल सरकारका सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डे सहीतको सवारीका साथ पौडेल बाजुरा पुगेका हुन् । पौडेलले बाजुराको बडीमालिकालाई अलौकित र धर्तीको स्वर्गकै रुपमा रहेको बताएका छन् । 

धार्मीक र साँस्कृतिक रुपमा विविधताले भरिएको बाजुराली समाजलले एकताको शुत्रमा बाँध्ने र सामाजिक सद्भाव र आपसी सहकार्य अनि सामाजिक मेलमिलापमा भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । नेपाली सेनाको हेलिकप्टर सहीत बाजुरा पुगेका पौडेलले बाजुराको विकासमा राज्यको ध्यान जानु पर्ने धारणा राखेका छन् ।

बडीमालिका पछिल्लो समय निकै चर्चा र राज्यकै प्रमुख पर्यटकीय गन्तव्य बनेकोमा पौडेलले खुसी व्यक्त गरेका छन् । नेपाल एकीकरणको कार्य सफल पार्नमा समेत बडीमालिका देवीको आशिष लागेको विषयको चर्चा गरेका पौडेलले बाजुरा दुरी बाहेक अन्य कारणले पछाडि नरहेको बताएका छन् ।

नाटेश्वरी मन्दिरमा साढे ६ करोडको लागतमा नवनिर्मित भवन बनेको छ । राष्ट्रपतिको आगमनले बडीमालिका र नाटेश्वरी मन्दिरको महिमा बढेकोमा त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले खुसी व्यक्त गरेका छन् । पालिकाका तर्फबाट पौडेल सहीतको भ्रमण टोलीलाई मायाको चिनो प्रदान गरिएको थियो । 

No description available.उपप्रमुख कमला न्यौपानेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक रतन अयडीले गरेका हुन् । स्थानीय पञ्च कन्या सहीतको टोलीद्धारा होमकुण्डको पुजा, नाचगान र अन्य बाजा सहीतको झाँकीले टोलीलाई स्वागत गरेको थियो । 

स्थानीय तहका प्रमुख एवं प्रतिनिधी, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, राप्रपा सहीतका दलका नेताहरु पनि कार्यक्रमममा सहभागि थिए भने जिल्ला बाहिरबाट पनि राष्ट्रपतिको कार्यक्रममा सहभागि हुन ठूलो संख्यामा स्थानीय आएका थिए । 
No description available.

प्रतिक्रिया दिनुहोस