शुक्रबार, ०२ कार्तिक २०८१

प्रहरी दिवस बाजुरामा पनि मनाइयो, १२ जना उत्कृष्ट कर्मचारीलाई सम्मान

बाजुरा : नेपाल प्रहरीको आज स्थापना दिवस, बाजुरामा पनि भव्य रुपमा मनाइएको छ । स्थापनाको ६९ औं दिवसको अवसरपारी उत्कृष्ट कर्मचारी सम्मान सहीत औपचारिक कार्यक्रम आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालयमै औपचारिक कार्यक्रमका साथ दिवस मनाएको प्रहरी नायव उपरिक्षक दीलिप कुमार गिरीले जानकारी दिएका छन् ।

कार्यालय प्रमुख समेत रहेका प्रहरी नायव उपरिक्षक गिरीकै अध्यक्षतामा आयोजित दिवसमा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय प्रमुख अतिथी रहनु भएको थियो । दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय बाजुराले काममा उत्कृष्टता हासिल गर्ने १२ जना कर्मचारीलाई सम्मान गरेको छ । 

जसमा प्रहरी सहायक निरीक्षक नेत्रविक्रम साउँद, कैलाश कुमार चन्द्र, प्रहरी बरिष्ठ हवल्दार मानबहादुर अधिकारी, गोरखबहादुर खड्का, प्रहरी हवल्दार बलबहादुर रावल, गणेश सिंह महरा, प्रहरी सहायक हवल्दार रामसिंह धामी सम्मानीत भएका छन् । 

यसैगरी प्रहरी जवान गणेशबहादुर विक, मिनबहादुर थापा, पारस पाध्याय, टेकबहादुर साउँद, प्रहरी कार्यालय सहयोगी गम्भीर रावललाई सम्मान गरिएको छ । कार्यसम्पादनमा उत्कृष्ट नम्बर ल्याउने १२ जनालाई नगद सहीत कार्यालय प्रमुख प्रहरी नाउव उपरिक्षक दीलिप गिरी र प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले सम्मान गरेका हुन् ।

दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालयले खेल प्रयिोगिता पनि आयोजना गरेको थियो । जसमा टिटी प्रतियोगितामा प्रहरी नायव उपरिक्षक दीलिप कुमार गिरी प्रथम र प्रहरी जवान गणेश दत्त जोशी द्धितीय भएका छन् । ब्याडमिन्टल तर्फपनि प्रहरी हवल्दार पुष्कर जोशी र डबल बहादुर अधिकारीको टिम प्रथम भएको छ । भने प्रहरी सहायक हवल्दार करनसिंह लोथ्याल र प्रहरी जवान विष्णु बहादुर खड्काको टिम द्धितीय भएका छन् ।

प्रहरी कर्मचारी बीचमै भलिबल प्रतियोगिता पनि आयोजना गरिएको थियो । जसमा गणेशसिंह महरा, योगेन्द्र सिंह धामी, भीमबहादुर धामी, विष्णुबहादुर खड्का, महेश विक, सागर रावल र धनश्यास साउँदको टिम प्रथम भएको छ । भने नेत्रविक्रम साउँद, नन्दराज भट्ट, इन्द्रबहादुर बाग, लक्ष्मण बहादुर भण्डारी, उमेश चदारा, पूर्णबहादुर ओखेडा, टेकबहादुर साउँदको टिम द्धितीय भएको छ । 

सबै विधाका प्रतियोगितामा जित हासिल गर्ने खेलाडीलाई कार्यालयका तर्फबाट पुरस्कार तथा सम्मान गरिएको छ । वीरगति प्राप्त गरेका पूर्व प्रहरी कर्मचारीका २ जना प्रहरीलाई पनि दिवसकै अवसरमा सम्मान गरिएको छ । प्रहरी सहायक निरीक्षक नेत्रविक्रम साउँदले सञ्चालन गरेको कार्यक्रममा पत्रकार प्रेम रौले, बडीमालिका ९ का अध्यक्ष सूर्यकिरण विक र प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले शुभकामना मन्तव्य राखेका थिए ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले पठाएको शुभकामना सन्देश प्रहरी नायव उपरिक्षक गिरीले बाचन गरेका थिए । बक्ताहरुले प्रहरीले देश र जनताको शान्ती सुरक्षा र जीउधनको संरक्षणमा अतुलनीय योगदान पुर्याएकोमा धन्यवाद दिएका छन् । प्रहरी दिवसकै अवसर पारी कार्यालयको कामकाजमा सहयोग पुर्याउने जेबी मिडियाका सञ्चालक झरेन्द्र ओलीलाई प्रशंसा पत्र प्रदान गरिएको छ । 

प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ । यो वर्ष प्रहरी दिवसमा ‘अपराध रोक्ने संकल्प, प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान’ भन्ने नारा राखिएको छ । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाध्यायले भौगोलिक विकटता,भौतिक पुर्वाधार अभावमा पनि नागरिकलाई दिएको सेवाप्रति प्रशंसा गरेका छन् । प्रहरीले नागरिकको सेवामा अनुशासित,मर्यादित भएर  काम गर्नुपर्ने सुझाव समेत दिएका छन् ।  

कार्यक्रममा बडिमालिका नगरपालिका ९ का वडा अध्यक्ष सुर्यकिरण विक, शसस्त्र प्रहरी नायव उपरिक्षक श्याम रावत सहायक प्रमख जिल्ला अधिकारी रुपक मण्डल, राष्ट्रिय अनुसन्धान अधिकृत रहेका थिए । कार्यक्रमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, उद्योग वाणिज्य सघ, पत्रकासहीत सहभागिता थिए ।
 

प्रतिक्रिया दिनुहोस