शुक्रबार, ०२ कार्तिक २०८१

काँग्रेस नेता खातीलाई पत्नी शोक

बाजुरा : नेपाली काँग्रेस बाजुराका नेता रंगबहादुर आतीलाई पत्नी शोक परेको छ । नेपाली काँग्रेस प्रदेश सभा ख का सभापति समेत रहेका खातीकी पत्नीको ६४ वर्षको उमेरमा मृत्यु भएको छ । मृगौला रोगबाट ग्रसीत खातीको घरमै मृत्यु भएको हो । 

खाती २०७९ को स्थानीय तह निर्वाचनमा बुढीगंगा नगरपालिकाको नगर प्रमुखमा समेत निर्वाचन लडेका थिए । राजनीतिमा आउनु पहिला खाती भानुदय माविको प्राचार्य भएर लामो समय काम गरेका थिए । 

सोमबार मध्ये राति २ बजे धनगढीस्थित आफ्नै निवासमा मृत्यु भएको काँग्रेसका नेता निरोज शाहले जानकारी दिएका छन् ।
मृगौलाबाट पिडित खातीलाई सेती प्रादेशिक अस्पतालमा डाइलासिसको उपचार हुदै आएको थियो । 

मृतक खाती सरकारका पुर्व महान्याधिवक्ता तथा वरिष्ठ अधिवक्ता खम्मबहादुर खातीकी भाउजु  हुन् । मृतक खातीको धनगढीको गोदावरीमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस