शुक्रबार, ०६ बैशाख २०८२

पूर्व राजालाई देखाएर गरिएको अराजकता स्वीकार्य छैन, मृत्यु भइसकेको राजतन्त्र फिर्ता हुँदैन ; उपाध्यक्ष ज्ञवाली

कैलालीको धनगढीमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको विशेष सभालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले नेपालमा मृत्यु भइसकेको राजतन्त्र फिर्ता नहुने जिकिर गरेका छन्। उनले नेपालमा राजतन्त्र मृत्यु भएको भन्दै राजा फकाउँछौँ भन्नु र वीरेन्द्र शाहको वंश फकाउँछौँ भन्नु एउटै रहेको टिप्पणी गरे ।

शुक्रबार २९, चैत २०८१ ०७:५९

उद्योग मन्त्री भण्डारी भन्छन्( मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादन आवश्यक )

सरकारले औद्योगिक पूर्वाधार विकासमा विशेष जोड दिएकाले औद्योगिक क्षेत्रहरूको स्थापना र स्तरोन्नति, सडक र यातायातको विकासलगायत विषयलाई उच्च प्राथमिकता दिइएको उनको भनाइ थियो ।

शुक्रबार २९, चैत २०८१ ०८:०४

अनेरास्ववियु प्रदेश कमिटीले संगठनको आत्म समीक्षा गर्नु पर्छ !

सुदूरपश्चिम प्रदेशका तराईका दुई ठूला जिल्ला कैलाली र कञ्चनपुर जस्ता प्रमुख  क्याम्पसमा अनेरास्ववियुको अवस्था कमजोर हुँदै गएको छ । कुनै बेला गर्वको साथ भन्ने गरिन्थ्यो । “यो हाम्रो संगठन हो । यो बाघ संगठन हो । आज त्यही संगठनको नतिजा हेर्दा लाज लाग्ने स्थिति सिर्जना भएको छ । किन भने आजको विद्यार्थी राजनीतिमा सत्ता प्राप्तिको खेल भन्दा बढी विश्वास, सेवा र विचारको राजनीति आवश्यक छ ।

शुक्रबार २९, चैत २०८१ ०८:११

बाजुराको कफल्टामा एयरपोर्टको सम्भाव्यता अध्ययन सुरु

अध्ययनका लागि प्राधिकरणका ईन्जिनियर कविन्द्र बज्राचार्य लगायतको प्राविधिक टोली उक्त क्षेत्रमा पुगेर अध्ययन गरेको छ । टोलीले सम्भाव्यता अध्ययन गर्दा एयरपोर्ट निर्माणका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको छ । पहाडी क्षेत्रमा बनेका एयर प्रयोग विहिन छन् । 
तर बाजुरामा थपनिमार्णको संभाव्यता अध्ययनको विषय चुनौतिपूर्ण देखिन्छ । रपनि राज्यले निर्माण गति लिन सके एयरपोर्ट बन्न उपयुक्त रहेको नेपाल नागरिक उड्डेयन  प्राधिकरणका ईन्जिनियर कविन्द्र बज्राचार्यले बताएका छन् । एर्पोटका लागी करिब आठ सय मिटर उपयुक्त हुन्छ ,तर उक्त क्षेत्रको लम्बाई  त्यती नभए पनि उपयुक्त रहेको उनले बताए बाँकी गुगल म्यापबाट थाहा हुने भएकाले थप अध्ययन गरिने उनले बताए ।

शनिबार ३०, चैत २०८१ १०:४१

गठबन्धनमा शंका

गठबन्धनमा संशय उत्पन्न भइरहेकै बेला कांग्रेस सभापति देउवा स्वास्थ्य उपचारका लागि भन्दै वैशाख ७ देखि एक साताका लागि बैंकक जाँदै
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच मंगलबार संवाद, बुधबार दुईदलीय संयन्त्रको बैठक बस्दै

बुधबार ०४, बैशाख २०८२ ०७:४१

राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिताको उपाधि डोटीलाई

राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिता २०८१ को उपाधि डोटीले जितेको छ । टिम मालिकार्जुन दार्चुलालाई फाइनल खेलमा हराउँदै राष्ट्रिय युवा सङ्घ डोटीले उपाधी जितेको हो । लागू पदार्थ दुव्र्यसनी रोक्न सचेतना फैलाउने उद्देश्यले राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले भलिबल आयोजना गरेको हो ।

बुधबार ०४, बैशाख २०८२ ०९:२०

एसईईको उत्तरपुस्तिका परीक्षण गर्न गएनन् शिक्षक, नतिजा ढिलो हुने

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको थियो । तर शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुँदा नतिजा पनि ढिलो हुने भएको छ ।

बुधबार ०४, बैशाख २०८२ १०:१२

बालुवाटारमा गगन गयल, दिनभर पोखेका थिए असन्तुष्टी

बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेको तर्फबाट उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।

बुधबार ०४, बैशाख २०८२ ०९:२९

अछामका आगलागी पीडितलाई मन्त्री पालले भने- थप राहतका लागि पहल गर्नेछु !

त्यहाँ क्षतिग्रस्त संरचनाको निरीक्षण र प्रभावितहरूसँग भेटेका मन्त्री पालले पहिलो चरणमा प्रदेश सरकारले राहत स्वरूप ५० लाख दिने निर्णय गरिसकेको बताए । थप सहयाेग आवश्यक पर्ने अवस्था देखिएमा पहल गरेर व्यवस्थापन गर्ने बताए । मन्त्री पालसँगै एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशी समेत प्रभावित क्षेत्र पुगेका थिए ।

बुधबार ०४, बैशाख २०८२ ०९:३३