शनिबार, ०७ बैशाख २०८२

बडीमालिका नगरपालीकाले व्यक्तिगत घटना दर्ता सप्ताह मनाइने

बाजुरा :जिल्लाकाे  बडीमालिका नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह  बनाउने भएकाे छ । गुणस्तरी सेवा प्रवाहका लागि नयाँ वर्षको अवसर पारी वडाहरुमा घटना दर्ता सप्ताह आयोजना गर्ने भएको छ ।

नेपाल सरकार वाट प्रवाह हुने सेवा प्राप्तिका लागि घटना दर्ता सम्बन्धी जनचेता अभिवृद्धि गर्न प्रत्येक वर्ष बैशाख महिनाको पहिलो हप्ता व्यक्तिगत घटना दार्ता सप्ताह मनाउदै आईरहेकाले  सोही नीति अनुसार प्रत्येक वडामा घटना दर्ता सप्ताह मनाउने प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझीले बताउनु भएकाे छ। 

व्यक्तिगत घटना दर्ता, व्यक्ति र राज्यका लागि महत्वपूर्ण कार्य भएकोले सप्ताह आयोजना गर्न लागिएको उनले बताए । गृह मन्त्रालय अन्र्तगत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको समय ३५ दिनभित्र व्यक्तिगत घटना दर्ता अनिवार्य गराउनुपर्छ भन्ने सन्देश प्रवाह र नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्य सहीत पालिकाका ९ वटै वडामा सप्ताह सञ्चालन गर्ने बडीमालिका नगरपालिका नगर प्रमुख अमर खड्काले बताउनु  भएकाे छ । 

आफूलाई चाहेका बेला मात्र व्यक्तिगत घटना दर्ता गर्ने विद्यमान अवस्था रहेकाले सकारातम्क सन्देश प्रवाहसंगै छुट भएका सेवाग्राहीलाई लक्षित गरी बैशाख १ गतेदेखि घटना दर्ता सप्ताह सुरु गर्ने  बताए । 

नगरपालिकाले एक सूचना जारी गर्दै आ–आफ्नो वडामा घटना दर्ता सप्ताह मनाउन अह्रोट गरेको छ । व्यक्तिको जीवनमा घट्ने पाँच प्रकारका घटना जस्तै जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद, सम्बन्धी घटेका घटना ३५ दिनभित्र दर्ता गर्नेुपर्ने हुन्छ । तर नागरिकको चलन जहिले चाहिन्छ त्यही समयमा बनाउने छ । जसले गर्दा राज्य समयमै अभिलेख पाउँदैन्, दर्ता ढिला हुँदा व्यक्तिालाई पनि अनेक किसिमका समस्या देखा पर्ने गरेकाले ती विषय सचेत गराउन सप्ताह सञ्चालन गर्ने नबताए ।

घटना दर्ता सप्ताह बडीमालिका नगरपालिका वडा नं.५ मनामा बैशाख २ गते, वडा नं.४ रिलामा बैशाख ३ गते, वडा नं.६ कोर्ध बैशाख ४ गते, वडा नं.१ पिनालेख र वडा नं.२ भैनेरामा बैशाख ४ गते, वडा नं.३ रजाली, वडा नं.७ चुथी बैशाख ६ गते, वडा नं.८ मार्तडी वडा कार्यालय र वडा नंं.९ गैरीबजार बैशाख ७ गते सप्ताह सञ्चालन गरिने बताउनु भयाे  । 

प्रतिक्रिया दिनुहोस