शनिबार, ०७ बैशाख २०८२

पूर्व राजालाई देखाएर गरिएको अराजकता स्वीकार्य छैन, मृत्यु भइसकेको राजतन्त्र फिर्ता हुँदैन ; उपाध्यक्ष ज्ञवाली

धनगढी:नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले मसान पुगिसकेको राजतन्त्र फिर्ता हुने सपना नदेख्न आग्रह गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा अराजकता मच्चाउन खोजेको आरोप उनको आरोप छ। 
कैलालीको धनगढीमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको विशेष सभालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले नेपालमा मृत्यु भइसकेको राजतन्त्र फिर्ता नहुने जिकिर गरेका छन्। उनले नेपालमा राजतन्त्र मृत्यु भएको भन्दै राजा फकाउँछौँ भन्नु र वीरेन्द्र शाहको वंश फकाउँछौँ भन्नु एउटै रहेको टिप्पणी गरे ।
‘राजाको कालमा कति बाटा पिच थिए रु अहिले कति छन्रु राजाको पालामा के के अधिकार पाउनुभएको थियो, अहिले के छन्, यी कुरा हेर्नुस्, त्यसैले राजा फर्काउनु भनेको पिच भएका बाटा पनि कच्ची नै बनाउनु सरह हो, पाएका अधिकार पनि सबै गुमाउनु सरह हो। यस्ता राजा भन्दै हिन्ने मण्डलेका पछाडि नलाग्नुहोला, हामीले अगाडी बढ्ने हो पछाडि हेर्ने होइन’ उनले भने ।
मरिसकेको इतिहासलाई फर्काउने भन्दा पनि समस्या भएको ठाउँमा समाधान खोज्नुपर्ने उनको भनाई थियो । अहिलेको प्रमुख समस्या राजनीतिक अस्थिरता र अराजकता भएको बताउँदै पोखरेलले त्यसैमाथि छलफल गरेर विजयी हासिल गर्नुपर्ने उल्लेख गरे । अहिले सामाजिक सञ्जालमा अराजकता फैलाउने काम भइरहेकाले इमानदारहरूले अगाडि आएर लोकतन्त्रको पक्षमा खबरदारी गर्नुपर्ने बताए । 
कार्यक्रममा बोल्दै पाटी सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पछिल्लो समय बढेको अराजकतालाई चिर्नु अहिलेको आवश्यकता रहेको बताए । 
बिभिन्न क्षेत्रबाट व्यवस्था माथि आक्रमण भइरहेको भन्दै त्यसका विरुद्ध आवाज उठाउनुपर्ने उनको भनाइ थियो । विकास र संवृद्धिको नेतृत्व नेकपा एमालेले गरिरहेको सचिव भट्टको भनाइ थियो । ‘एमाले माथि प्रहार हुनु भनेको देश र जनता माथि प्रहार हुनु हो ’ उनले भने ‘ यसको प्रतिरोध गर्न जरुरी छ ।’
कार्यक्रमलाई पाटी स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिटब्युरो सदस्य शान्ता चौधरी, नारदमुनी राना, निरु पाल, केन्द्रीय सदस्य एवं मन्त्री दामोदर भण्डारी लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस