बाजुरा:जिल्लाको बडीमालिका नगरपालिका ९ मा पर्ने कफल्टा क्षेत्रमा एर्पोटको संभाव्यता अध्ययन गर्न प्राविधिक टोली पुगेको छ । तत्कालिन बडीमालिकाका नगर प्रमुख पदम बडुवाल नेतृत्वको टिमले कफल्टामा एयरपोर्ट बनाउने प्रस्ताव सहित निर्णय गरेको थियो ।
तत्कालिन प्रदेश सरकारमा सहभागि पूर्व मन्त्री प्रकाश शाहले बजेटमै संवोधन गरेर अध्ययनको काम अघि बढाउने गरि निर्णय गरिएको थियो । तर कार्यान्वयन भएको थिएन् । यो पटकबाजुराबाट संस्कृती पर्यटन तथा नागरिक उड्यनको जिम्मा बद्रीप्रसाद पाण्डेले पाएपछि फेरि अध्ययनको कामसुरु गरिएको हो ।
अध्ययनका लागि प्राधिकरणका ईन्जिनियर कविन्द्र बज्राचार्य लगायतको प्राविधिक टोली उक्त क्षेत्रमा पुगेर अध्ययन गरेको छ । टोलीले सम्भाव्यता अध्ययन गर्दा एयरपोर्ट निर्माणका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको छ । पहाडी क्षेत्रमा बनेका एयर प्रयोग विहिन छन् ।
तर बाजुरामा थपनिमार्णको संभाव्यता अध्ययनको विषय चुनौतिपूर्ण देखिन्छ । रपनि राज्यले निर्माण गति लिन सके एयरपोर्ट बन्न उपयुक्त रहेको नेपाल नागरिक उड्डेयन प्राधिकरणका ईन्जिनियर कविन्द्र बज्राचार्यले बताएका छन् । एर्पोटका लागी करिब आठ सय मिटर उपयुक्त हुन्छ ,तर उक्त क्षेत्रको लम्बाई त्यती नभए पनि उपयुक्त रहेको उनले बताए बाँकी गुगल म्यापबाट थाहा हुने भएकाले थप अध्ययन गरिने उनले बताए ।
स्थलगत सम्भाव्यता अध्ययन गर्दैगर्दा कवल्टामा एर्पोट बन्न सक्ने सम्भावना रहेको छ, यहाँको भौगोलिक क्षेत्रको प्राविधिक चेकजाँच गर्दा यहाँको लम्बाई करिब ६ सय मिटर रहेको छ भने करिब यरर्पोटका लागी यसको लम्बाई,चौडाई पुग्न सक्ने अनुमान देखिएको छ ।
सदुरपश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाहीले स्थलगत सभ्भाव्यता अध्ययनमा पुग्नु नै यसको औपचारिक रुपमा सर्वेक्षण भएको बताए । बाजुरा जिल्लाको तल्लो क्षेत्रका नागरिकहरुका लागि कवल्टामा यरर्पोटको अति आवश्यकता भएकोले यसको पहलमा लाग्ने उहाँले बताएका छन् । कवल्टामा यरर्पोट बनाउ सकियो भने बाजुरामा पर्यटन लगाएत बिरामी लाई पनि सहज देखीने भएकाले कवल्टामा यरर्पोटका पवसेक पर्ने देखिएको छ । सदरमुकाम मार्तडीबाट बडीमालिका,खप्तड,बुढिनन्दा लगायतका धार्मिक तथा पर्यटकिय क्षेत्रमा जानका लागी दुरि छोटो पर्ने भएका कारण समेत बडीमालिकाको कवल्टामा यरर्पोट अतिआवश्यक रहेको माननिय शाहीको भनाई रहेको छ ।
बाजुरा जिल्ला भौगौलिक विकटता र यहाँका नागरिकको माग अनुसार कवल्टामा यरर्पोट बने यहाँबाट धनगढी,काठमाडौं,नेपालगन्ज सम्म हवाई यात्रा गर्न सजिलो हुने माननीयको भनाई रहेको छ ।
बडीमालिका मन्दिर नजिक र यहाँ सदरमुकाम मार्तडीबाट दुई घण्टामा बडीमालिका मन्दिर जान सकिने भएका कारण कवल्टामा यरर्पोट बन्न अतिआवश्यक रहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् । यसले गर्दा आन्तरिक तथा बाह्र पर्यटकहरुलाई बढवा दिन सकिने प्रमुख जिल्ला अधिकारी पाध्याको भनाई छ । अथाह धार्मिक तथा पर्यटकिय गन्तव्य बोकेको बाजुरा जिल्लालाई बडीमालिका धार्मिक तथा पर्यटकिय हवाई मार्ग बनाउन सकिने उहाँको भनाई रहेको छ ।
बडीमालिका नगरपालिका ९ मा अवस्थीत कपल्टामा यरर्पोट भए बाजुराको क्षेत्र नं २ का नागरिकलाई सजिलो हुने नेपाली काँग्रेस बाजुराका उपसभापती पदम बडुवालले बताउनु भएको छ । उहाँ बडीमालिका नगरपालिको नगरप्रमुख हुँदै गर्दा आफुले कवल्टा यरर्पोटलाई निती तथा कार्यक्रम राखेको बताए । यस क्षेत्रको पहलकदमीका लागी अहिले आफु पदमा नभए पनि संघ,प्रदेश सरकार संग समन्वय गरिरहेको बताए । यस ष्क्षेत्रका नागरिकहरुका लागी प्रमुख आवश्यता पर्ने भएकाले । जिल्ला अस्पताल बाजुरा र सदरमुका मार्तडी समेत कवल्टा क्षेत्र संगै जोडिएको हुँदा यहाँ यरर्पोटको अतिआवश्यक रहेको उहाँको भनाई रहेकबो छ । संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेको समन्वयमा कवल्टा क्षेत्रमा एयरपोर्टका लागि सम्भाव्यता अध्ययन प्राविधिक टोली कवल्टा क्षेत्रमा पठाईएको छ ।
कवल्टा क्षेत्रमा एर्पोटका लागी सम्भाव्यता अध्ययन गर्न शुक्रबार सुदुरप्रश्चिम प्रदेश सभा सदस्य तथा माननिय पदमबहादुर शाही,प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या,काँग्रेस बाजुराका उपसभापती पदम बडुवाल,बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम माझी र नेपाल नागरिक उड्डेयन प्राविधकरणका ईन्जिनियर कविन्द्र बज्राचार्य लगायतको टोली उक्त क्षेत्रमा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस