बाजुरा सदरमुकाम मार्तडीबाट कुनै गाउँपुग्न तीनदिनको पैदल हिँड्न पर्छ । ती बस्तीमा समेत विजुली पुर्याउने योजना बनाएर पालिकाको विकासमा कादुरीले धेरै सहयोग गरेको र त्यही सहयोगबाट स्थानीयका बर्षौदेखिका सपना पुरा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । दुर्गम गाउँहरु विजुलीले झिलिमिली भएपछि पालिका सरकार देखि स्थानीय सबै खुसी भएका छन् ।
सोमबार ०९, बैशाख २०८२ ०३:०६
एमाले पूर्व पार्टी उपाध्यक्ष रावल यतिबेला मातृभूमि जागरण अभियानमा सक्रिय छन् । पौष १७ गते काठमाडौंमा पत्रकार सम्मेलन गरि रावलले जागरण अभियान घोषणा गरेका थिए । नेकपा एमाले केन्द्रीय कमिटी बैठकले रावललाई पौष १० गते पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । लगत्तै रावलले आफ्नै अगुवाईमा मातृभूमि जागरण अभियान गरेका थिए । केही हप्तादेखि त्यो अभियानपनि सुस्ताएको देखिन्छ ।
सोमबार ०९, बैशाख २०८२ ०३:१८
तीन दशकदेखि अन्तराष्ट्रिय रेफ्री र प्रशिक्षक भएर बिताएका नरेन्द्र ओलीले आफ्नो जीवनकालकै राम्रो सफलता हासिल गरेको प्रतिक्रिया दिएका छन् । धनगढीमा क्षेत्रीय छनोटको अेल खेलेर सहभागि भएका थिए । उनीहरुले पनि पदक विहिन फर्किनु नपरेको र पहिलो अवसरमै राम्रो नजिता ल्याएकोमा खुसी व्यक्त गरेका छन् ।
सोमबार ०९, बैशाख २०८२ १०:००
पालिकाले सम्पादन गर्ने कामको समीक्षा र आगामी योजना बारे जानकारी लिने गरी कार्यक्रम आयोजना गर्ने गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् । १० वटै वडामा कार्यक्रम गर्ने, जनताका धारणा बुझ्ने, सुझाव लिने र पालिकाको योजना सुनाउने गरिएको छ ।
सोमबार ०९, बैशाख २०८२ १०:२४
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सरकारले चैत ७ गते सूचना प्रकाशित गरी सामाजिक सञ्जाललाई सूचीकरणका लागि सम्पर्कमा आउन भनेको थियो । वैशाख ७ गतेसम्ममा फेसबुकसहितका सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी मेटा कम्पनीका प्रतिनिधि मात्रै सरकारको सम्पर्कमा आएका छन् ।
मङ्गलबार १०, बैशाख २०८२ ०६:१९
विद्युतमन्त्री खट्टरले मङ्गलबार दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०र१३३र३३ केभी तुम्लिङटार सबस्टेसन, २२०र३३ केभी बानेश्वर सबस्टेसन र २२०र१३३र३३ केभी बसन्तपुर सबस्टेसनको संयक्त रूपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
मङ्गलबार १०, बैशाख २०८२ ०७:०८
बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाही, कार्यप्रगति र अगामी आर्थिक वर्षको बजेट सम्बन्धमा मन्त्रालयको तयारीका विषयमा छलफल हुनेछ । बैठकमा खानेपानी मन्त्री प्रदीप यादवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
मङ्गलबार १०, बैशाख २०८२ ०७:४१
१० सदस्यीय छानवीन समिति गठन गरियो र हप्तादिन भित्र प्रतिवेदन सार्वजनिक गर्ने सहमित दुईपक्षबीच भयो । तालाबन्दीको अगुवाई मेघराज शाही सहीतले गरेका थिए । अध्यक्ष भरतबहादुर रोकायासहीत केही कर्मचारीमाथि भ्रष्टाचार गरेको, योजना आफूअनुकुल मिलाएर कमिसन लिने गरेको र निर्माणको काम समेत मिलाउन खोजिएको जस्ता लिखित आरोप लगाएका थिए ।
मङ्गलबार १०, बैशाख २०८२ ०८:४६
सडकको बीच-बीचमा स्थानीयले गहुँ राखेका कारण समस्या सिर्जना भएका कारण प्रहरीले नियन्त्रण गरेको भएपछि उल्टै स्थानीय आक्रोशित हुने गरेको बुझिएको छ । परम्परागत रुपमा बाजुराका कतिपय ठाउँमा भाँडखलो वा खलोको रुपमा प्रयोग गरेर गहुँ, जौं लगायत अन्नबाली चुट्ने परम्परा रहेको थियो ।
मङ्गलबार १०, बैशाख २०८२ १०:३८
नेकपा एमाले पार्टी प्रदेश कमिटी सदस्य गगन रावल नेतृत्वमा गएको टोलीले योजनामा निर्माण कम्पनीले बेइमानी र ढिलासुस्ती गरिरहेको जानकारी गराएका छन् । मार्तडी कोल्टी सडकमा पर्ने बाउलीको पुल, मार्तडी थामलेक घटमुना सडकमा पर्ने पुल र सडक बाटो निर्माणको अवस्था, जिल्लाका अन्य एक दर्जन बढी ग्रामिण सडक निर्माणको कामले कुनै गति नलिएको आरोप एमालेको छ ।
मङ्गलबार १०, बैशाख २०८२ ०३:१६
विरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेको हो । २५ बढी उपचारार्थ विरामीलाई फलफूल वितरण गरेर दिवस मनाएको नेकपा एमाले बाजुराले बताएको छ । स्थापना दिवसको अवसरमा गरिएको फलफूल वितरण विरामीका लागि उर्जा र शुभेच्छा हुने बाजुरा अस्पतालका प्रमुख डाक्टर चन्द्र शेखर यादवले विश्वास व्यक्त गरेका छन् ।
मङ्गलबार १०, बैशाख २०८२ ०३:२४
प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।
मङ्गलबार १०, बैशाख २०८२ ०८:११
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्रीले परीक्षा सार्न सकिने अवस्था रहेको खण्डमा सार्न अनुरोध गरेका थिए।
मङ्गलबार १०, बैशाख २०८२ ०९:४५
पण्डित र बाेहराले आफ्नो जन्मदिनको अवसरमा आज विहान जिल्ला अस्पताल बाजुराकाे परिसरमा वृक्षरोपण गरेका हुन्। जिल्ला अस्पताललाई‘ग्रीन गार्डेन’हस्पिटलकाे रुपमा बदल्न पछिल्लो समय बृक्षराेपण कार्य भईरहेकाे छ ।
बुधबार ११, बैशाख २०८२ १०:०३
गाउँका गल्लीहरू सुनसान छन्। खेतबारी बाँझो छन्। चाडपर्वमा रमाइलो गर्नेदेखि लिएर साना काम गर्नेसम्मको उमेर समूह,युवाहरू आज गाउँमा छैनन्। सबैजना विदेशिएका छन्। कोही मलेसिया, कोही कतार, कोही कोरिया कोही गाउँ छोडेर सहर छिरेका छन् । न त यो विदेश चाहेर हो, न सपना पूरा गर्न हो; यो बाध्यता हो। देशमा रोजगारको अभावको बाध्यता भएको छ विदेशिनु पर्ने कुनै रहर छैन युवा पुस्ता मा त्यो घरपरिवार खुसी को लागि विदेसिए का छन ।
बुधबार ११, बैशाख २०८२ १०:२९
नेपालमा अहिले सामाजिक सञ्जाल, सूचना प्रविधि, र स्वतन्त्र सोचको युग चलिरहेको छ। नयाँ पुस्ता अब केवल नेताहरूको भाषणमा विश्वास राख्दैन; उनीहरू तथ्य खोज्छन्, प्रश्न गर्छन्, र जवाफ माग्छन्। तर जब राजनीति जवाफदेही बन्न सक्दैन, तब ती युवा राजनीतिबाट टाढा हुँदै जान्छन्।
बुधबार ११, बैशाख २०८२ १०:३३
निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते सोमबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएपछि पन्तलाई मन्त्रीको जिम्मेवारी दिइएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्री ओलीले हटाउनुभएको छ ।
बुधबार ११, बैशाख २०८२ ०७:१७
सरकारमा कुनै त्यस्तो समस्या छैन, गभर्नर सिफारिसका लागि गठन भएको सर्च कमिटीको एक सदस्यले राजीनामा गर्नुभएको छ । फेरि त्यसलाई पूर्णता दिएर अघि बढ्नुपर्ने हुन्छ । आउँदो मन्त्रिपरिषद् बैठकमा छलफल गरेर त्यसलाई पूर्णता दिन्छौँ”, सञ्चारकर्मीको जिज्ञाशामा उहाँले भन्नुभयो । गृहमन्त्रीले सुदृढ शान्ति सुरक्षा, सक्षम गृह प्रशासन र साधनस्रोत सम्पन्न सुरक्षा निकाय सदैव आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो ।
बुधबार ११, बैशाख २०८२ ०७:२२
व्यवस्था विरोधीहरुले गरिरहेको प्रदर्शनको माहोलन नसेलाउँदै सत्तारुढ दल नेकपा एमालेले पनि देशभरबाट एक लाख युवालाई राजधानीको भृकुटीमण्डपमा उतारेर वैशाख ११ गते अर्थात बिहीबार लोकतन्त्र दिवसको अवसरमा ‘युवा सम्मेलन’ गर्दैछ ।
बुधबार ११, बैशाख २०८२ ०७:४६
विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवद्र्धन गर्नु हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ । शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको छ ।
बिहिबार १२, बैशाख २०८२ ०७:३१