शनिबार, ०७ बैशाख २०८२

उच्चस्तरीय संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने– हाम्रा बीचमा समस्या छैन

काठमाडों : गृहमन्त्री रमेश लेखकले सत्तारुढ दुई नेकपा एमाले र नेपाली कांग्रेसकाबीचमा कुनै समस्या नभएको प्रष्ट पारेका छन् ।बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग बोल्ने क्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

‘हाम्रा बीचमा कुनै समस्या छैन । सरकार र दुई दलमा समस्या भयो कि भन्ने जुन आइरहेको छ । यस्तो कुनै समस्या छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस