अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु क्रान्तिकारी सबैलाई पद बाँडेर स्ववियु गठन गरिएको थियो । जसमा अध्यक्ष अनेरास्ववियु र सचिव नेविसंघ सहीत सबै पदमा भागवण्डा गरिएको थियो । सद्भाव सहीतको राजनीतिक संस्कार देखाएर स्ववियु निर्वाचन सकाएलगत्तै गरिएको वनभोजले पनि राम्रो सन्देश दिने बाजुरा क्याम्पसका प्रमुख रुपक रौलेले बताएका छन् ।
बिहिबार ०४, बैशाख २०८२ ०८:१५
प्रहरीले तत्काल नै घोडाघोडी अस्पताल ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । पोष्टमार्टमका लागि शव सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको छ । प्रहरीले भेटेको सुसाइड नोट माथि भने अनुसन्धान गर्ने जनाएको छ ।
बिहिबार ०४, बैशाख २०८२ ०८:१९
शुक्रबार ०५, बैशाख २०८२ ०८:३४
नेपाल पत्रकार महासंघ बाजुराका तर्फबाट सहजिकरण गरिएको कार्यक्रमका सहभागिले वडा र पालिकाले सम्पादन गर्ने योजना प्रति आफूहरु सन्तुष्ट रहेको बताएका छन् । सहभागिहरुले टोल र बस्ती स्तरका समस्यालाई बिशेष ध्यान दिन आग्रह गर्दै खानेपानी, सिँचाई, शिक्षा र स्वास्थ्य सुधारमा जोड दिएका छन् ।
शुक्रबार ०५, बैशाख २०८२ ०८:००
२५ वर्षदेखि प्रदेशमा विज्ञान तथा प्रविधितर्फ कलेजले गरेको भूमिका बारे चर्चा गर्दै उनले यहाँबाट उत्पादन भएका दक्ष जनशक्ति मुलुककै संवृद्धि र विकासमा केन्द्रित हुनुपर्ने बताएका थिए । प्रदेश प्रमुख मियाँले प्रविधि र गुणस्तरीय शिक्षा तर्फ ध्यान दिन सबै शिक्षा तर्फका सरोकारवालालाई आग्रह गरे ।
शुक्रबार ०५, बैशाख २०८२ ०९:३५
शनिबार ०६, बैशाख २०८२ ११:१६
अर्थतन्त्रले निकास पाएको छ । उद्यम विकास र उत्पादन बढेको छ । अर्थतन्त्रका सूचक उकालो यात्रामा छन् । सबैतिर राम्रो हुदैन्, यत्तीले मात्रै छिटो अर्थतन्त्र सुधारको हुटहुटी पालेका जनतालाई थप सुधार गर्दै सरकार परिणाम देखाउने गरि लागि परेको बताए । उनले राजावादी नामको आन्दोलनलाई उल्टो बाटोको संज्ञा दिएका छन् ।
शनिबार ०६, बैशाख २०८२ ०६:२७
बाजुरा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको स्वागतमा सहभागि हुन पुगेका गिरीले विद्यार्थी र क्याम्पस प्रशासनसँग पनि छलफल गरेका थिए । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका नेता गिरीले बाजुरा क्याम्पसको भौतिक तथा शैक्षिक अवस्थाबारे जानकारी समेत लिएको स्ववियु अध्यक्ष लक्ष्मण रोकायाले जानकारी दिएका छन् ।
शनिबार ०६, बैशाख २०८२ ०७:५२
योजना परोस् की नपरोस्, पहल मेरो, मन्त्रालयमा म अगाडि भन्ने प्रतिस्पर्धा जस्तै देखिन्छ । जब बजेट भाषण हुन्छ, रातो किताब निस्कीन्छ, त्यहाँ अनुकुल र कमिसन अनि शहर केन्द्रीत पुहँचवाला योजनाले मात्रै ठाउँ पाएको देखिन्छ । पुगेका मध्ये पहुँच हुनेहरुले बजेट माग अनुसार नै पाउँछन्, पहुँच नपुग्ने र प्राय दुर्गम पहाडी जिल्लाहरुको माग कागजमा सीमित हुन्छ । मन्त्रीको आश्वासनमै सकिन्छ ।
शनिबार ०६, बैशाख २०८२ ११:०४
आइतबार ०७, बैशाख २०८२ ०७:०५
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्याउनोहरु प्रति सचेत हुँदै अघि बढ्न प्रमुुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ।
आइतबार ०७, बैशाख २०८२ ०७:४१
उनीसहितका केही नेताहरूले एमालेबाट निष्कासित डा. भीम रावलको अभियानलाई साथ दिने बताएका थिए । एमालेको जिम्मेवार पदमा रहेर पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै कुवरलाई कमिटी सदस्य तथा पार्टी सदस्यताबाट समेत निष्कासन गरिएको एमाले प्रदेश सचिव रणबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आइतबार ०७, बैशाख २०८२ १०:२५
उनले संघीयता कार्यान्वयन सँगै अधिकार र सेवा विकेन्द्रित भएको अवस्थामा नागरिकले पाउने सेवालाई थप प्रभावकारी बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण रहेको बताए । लामो इतिहास भएको नेपाल निजामति कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुको देशका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको पनि सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य रावलले बताए ।
आइतबार ०७, बैशाख २०८२ १०:३७
बाजुरा जस्तो दुर्गम क्षेत्रमा प्रेस युनियनले आफ्नै कार्यालय स्थापना गरि कार्यालय सूचारु गरेको प्रेस युनियन बाजुराका अध्यक्ष संगिता तिमिल्सेनाले बताएकी छन् । कार्यालय स्थापनाले गर्दा संस्थाको काम गर्न सरल,सजिलो हुने भएकाले कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । यसगर्दा संस्थागत रुपमा परिवर्तन आउने विश्वास उहाँले गर्नुभएको छ । प्रेस युनियन बाजुराले कार्यालय स्थापना सहित बार्षिक क्यालेन्डर समेत प्रकाशित गरेको छ ।
आइतबार ०७, बैशाख २०८२ १०:३९
तल्लो तहका नेताहरुले आफूअनुकुल गर्दा माथिल्लो तहका नेताहरुलाई विना कारण गुटबन्दीको आरोप सहनु पर्ने र सिकार हुनु पर्ने अवस्था बाजुरा सहीतका जिल्लामा बढेको देखिन्छ । जननेताको सम्मान र सम्झनामा स्थापना गरिएको संस्थालाई अपमान हुने गतिविधीले कमजोर पार्न खोजिनु दुखत विषय हो ।
सोमबार ०८, बैशाख २०८२ ०९:१०