बाजुरा : नेपाली कम्युनिस्ट पार्टी ृनेकपो बाजुराले आज हुने पार्टि एकता सन्देश सभा मार्तडीमा सबै कुरा तैयारी भएको छ । पार्टी एकता, संगठन सुदृढीकरण तथा जनतामा एकताको सन्देश प्रवाह गर्ने उद्देश्य सहित सोमबार एकता सन्देश सभाको आयोजना प्रचार बिभाग उप समिति संयोजक अनील साहीले बताएका छन् । बाजुरामा आयोजनामा हुन लागेको नेपाली कम्युष्टि पार्टिको उक्त सभामा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्लाका सीर्श नेताहरूको सहभागि हुने भएका छन् ।
पार्टीभित्रको एकता मजबुत बनाउने, संगठनात्मक गतिविधि तीव्र पार्ने र समसामयिक राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गरिने भएको छ । उहाँका अनुसार उक्त सन्देश एकता सभा सदरमुकाम मार्तडीको खुल्ला मञ्चमा संचालन गरिएको बताउनुभएको छ ।
जिल्लाका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहने उहाँले जानकारी दिनुभयो । नेपाली कम्यूष्टि पार्टिका नेता भिम रावल सहितका नेताहरुले बिषेश सम्बोधन गर्ने भएको छन् । त्यस्तै नेपाली कम्यूष्टि पार्टिका नेता प्रकाश शाह,भानुभक्त जोशी,खगराज भट्ट,गणेश विक,नरेश शाही,कर्णबहादुर विकको सहभागिता रहने उहाँले बताउनुभयो । नेताहरुलाई बाजागाजले स्वागत सहित तैयारी तिव्र पारिएको उहाँले बताउनुभएको छ । पाटि एकता सन्देश सभामा नेता तथा कार्यकर्ताहरु सदरमुकाम मार्तडी केन्द्रित भएका छन् ।
प्रतिक्रिया दिनुहोस