शनिबार, ०७ बैशाख २०८२

बालुवाटारमा गगन गयल, दिनभर पोखेका थिए असन्तुष्टी

काठमाडौं :  बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसको उच्चस्तरीय संयन्त्रको बैठक सुरू भएको हो। दुवै दलको कार्यदलस्तरको बैठक सकिएपछि संयन्त्रको बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेको तर्फबाट उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।

पछिल्लो समय सरकारको निरन्तर आलोचना गरिरहेका संयन्त्रका सदस्य समेत रहेका कांग्रेस महामन्त्री गगन थापा भने बैठकमा सहभागी छैनन् । उनी कांग्रेस बारा क्षेत्र नं ३ को क्षेत्रीय सम्मेलन उद्घाटनका लागि बुधबार सिमरा पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस