बाजुरा उद्योग वाणिज्य संघको सभा हलमा आयोजना गरिएको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । जसमा अध्यक्ष पंकज बुढा (पारस), उपाध्यक्ष देवेन्द्र कुमार शाही, तुलसा बुढा, सचिव विष्णु रोकाया, सहसचिव निराजन चदारा र जपेन्द्र शाही, कोषाध्यक्ष सञ्जु तिमिल्सेना सहीत ३१ जना सदस्य रहेका छन् ।
शुक्रबार २२, भदौ २०८१ १०:१३
बाजुुराका २७ वटा माध्यमिक विद्यालयबाट १ हजार ५ सय ५५ जना विद्यार्थी सहभागि हुन लागेका हुन् । उच्च माध्यमिक शिक्षा परिषद्ले २ वटा विषय लागेका विद्यार्थीले पुरक परीक्षा दिन पाउने प्रबन्ध गरेको छ ।
आइतबार २४, भदौ २०८१ ०७:५५
संघीय सरकारले २०८० असारमा ‘न्यूनतम सुविधा’ सहितको एक सय शय्याको अस्पताल सञ्चालन गर्ने नीतिगत निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले ५० शय्याको अस्थायी स्वीकृति मात्र दिएको छ । नीतिगत निर्णय नै गरिएको विषयमा समेत बेवास्ता गरिँदा यहाँका नागरिक सरकारप्रति रुष्ट बन्न पुगेका छन् ।
आइतबार २४, भदौ २०८१ ०७:५७
पार्टी अध्यक्ष लालबहादुर ओली र इन्चार्ज लालबहादुर थापाले उपलब्ध जनसंगठनका प्रमुखलाई बोलाएर छलफल गरेको जिल्ला कमिटी सदस्य हिराबहादुर रोकायाले जानकारी दिएका छन् । पार्टी कार्यालयमा जनसंगठनको काम कर्तव्य अधिकार बारे छलफल र हालसम्म गरेका गतिविधी बारे पनि छलफल गरिएको छ ।
आइतबार २४, भदौ २०८१ ११:१७
गएको साउन २९ गते उनीहरूले आइफोन दुई, सामसङ मोबाइल दुई, एप्पल कम्पनीको ल्यापटप एकथान र सुनको सिक्री लुटेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का विकास श्रेष्ठ, रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ का मनोज भुजेल र बाजुराको त्रिवेणी नगरपालिका–७ का डम्मलाल पाध्याय छन्। लुटपाटमा संलग्न एकजना अझै फरार छन्।
आइतबार २४, भदौ २०८१ ११:२१
नेपाली काँग्रेसबाट निर्वाचित जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुँवरले पार्टी सभापति शाहले पार्टी जिल्ला कोषको लाखौँ रकम हिनामिना गरेको, पार्टी कार्यालय निर्माणका लागी लालपुर्जा नभएको जग्गा खरिद गरी आर्थिक अपचलन गरेको लगायतका विषयमा छानबिनको माग गर्दै देउवा समक्ष निवेदन दिएका हुन् ।
सोमबार २५, भदौ २०८१ ०७:१८
पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखेपनि विवाद हल भएपछि मात्रै नामवली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुले भनेका थिए ।
सोमबार २५, भदौ २०८१ ०७:४२
महेन्द्रनगरको साधारण माविमा कक्षा १० मा अध्ययनरत रहेका निर्मल भदौ २२ गतेदेखि बेपत्ता भएको उनका दाई राकेश विकले जानकारी दिएका छन् । निर्मलको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा खबर गरिसकेको बताईएको छ ।
सोमबार २५, भदौ २०८१ ०७:५६
जसमा सुदूरपश्चिमबाट ३ जना, कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३ ,लुम्बिनी प्रदेशबाट ७ र कर्णाली प्रदेशबाट ४ जना महिला जनप्रतिनिधिहरु जनमतका लागी छनोट गरिएको छ । प्रतिस्पर्धाको लागि खुल्ला रूपमा महिला जनप्रतिनिधिलाई सहभागिताका लागि आव्हान गरिएको थियो ।
मङ्गलबार २६, भदौ २०८१ ०८:३१
बुद्धका अनुसार जहाजको पूर्ण सञ्चालन अवधि पार गरेर यसरी बिदाइ गरिएको नेपालमै पहिलोपटक हो। अझ एटिआर जहाजको इतिहासमै पहिलोपटक भएको कम्पनीको भनाइ छ। एटिआर सन् १९८१ मा स्थापना भएको फ्रेन्च(इटालियन जहाज निर्माता कम्पनी हो।
मङ्गलबार २६, भदौ २०८१ ०७:५४
३ गते बसेको संसदीय सुनुवाइ समितिले सिफारिस प्रधानन्यायाधीश राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको थियो । १० दिने म्याद सहीत उजुरी आह्वान गरिएकोमा बाजुरा जिल्ला प्रशासन कार्यालय मार्फत राउत विरुद्ध उजुरी परेको हो । छोराको वीभत्स र क्रुर हत्या गरिएको मुद्दामा समेत राजनीतिक आग्रह राखेर घटनामा जोडिएकाहरुलाई उन्मुक्ती दिने गरि आदेश जारी गरेको आरोप सहीत ऐडीले राउतलाई प्रधानन्यायाधीसमा अनुमोदन नगर्न उजुरी दिएका हुन् ।
बुधबार १०, असोज २०८१ ०३:३८
‘कम्तीमा सात प्रदेशले सातवटा ट्विनअटर डोमेस्टिक फ्लाइट गर्ने खालको एयर क्राफ्ट किन्न मोडालिटीबारे सोच्दैछौं,’ उनले भने, ‘विमान किन्न व्यक्तिसँग सेयर लिन सकियो। स्थानीय तहले लगानी गर्न सक्ने भए। प्रदेशले सकेको लगानी गर्ने भयो संघले पनि गर्ने भयो।’
बुधबार १०, असोज २०८१ १०:२८
प्रेस चौतारी नेपाल बाजुराले मार्तडीमा गरेको पत्रकार भेटघाटमा उहाँले जनताको चाहना र समयको माग अनुसार नै काँग्रेस एमाले बीच सहकार्य गरिएको जिकिर गरेका छन् । मुलक राजनीतिक र आर्थिक संकटमा परिरहेका बेला, दलहरु सत्ताकै खेलमा अल्झिनु देश र जनता दुबैका लागि दुर्भाग्य हुने निष्कर्ष सहीतको सहकार्य भएकाले आशंक नगर्न पनि आग्रह गरेका छन् ।
शनिबार १३, असोज २०८१ ११:०३
गएको जेष्ठमा सम्पन्न आठौं जिल्ला अधिवेशन पछिको बैठकले असोजमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । नेता, नेतृत्व, संगठनात्मक पार्टी संरचना, जनताको बहुदलिय जनवाद, पार्टी सञ्चालन शैक्षिक र सामाजिक सञ्जाल प्रयोग बारे नेताहरुलाई प्रशिक्षण दिन लागिएको हो ।
शनिबार १३, असोज २०८१ ०५:२०
नेपाली सेनाको हेलिकप्टर मार्फत राष्ट्रपति पौडेल यही असोज २१ गते बाजुरा आउने कार्य तालिका रहेको राष्ट्रपति कार्यालयका प्रेस संयोजक खिलराज कार्कीले जानकारी दिएका छन् । पालिकाले पनि राष्ट्रपति पौडेलको आगमनलाई भव्य बनाउने तयारी थालेको छ । नाटेश्वरीमा आवास गृह सहीत संघ र प्रदेश सरकारको लागतमा भव्य संरचना निर्माण गरिएको छ ।
शनिबार १३, असोज २०८१ ०५:२७
नेता कोहो ? नेतृत्व किन आवश्यक छ । नेतृत्वका गुणहरु, जनतासँगको बोली र व्यवाहार, सामाजिक सञ्जालको प्रयोग, पार्टी र समाजप्रतिको जिम्मेवारी र जवाफदेहीता बारे सबै प्रशिक्षित हुनु पर्नेमा ज्ञवालीको जोड छ । एमालेले अभियान नै देश व्यापी सञ्चालन गरेको छ ।
शनिबार १३, असोज २०८१ ०५:४२
मञ्चमा पुगेर भाषण गर्दा होस्, कि प्रशिक्षण दिँदा, उनले प्रयोग गर्ने भाषा शैली, बोल्ने तरिका र बोलीको मिठासले नेता कार्यकर्ता मात्रै होइन्, अरुपनि प्रभावित हुने गर्छन् । जति मिठो बोल्छन्, त्यति वौद्धिक र अध्ययनशिल पनि छन् । तीनै ज्ञवालीको प्रशिक्षण पछि बाजुरा एमालेका नेता कार्यकर्ता पनि मख्ख छन् ।
सोमबार १५, असोज २०८१ ०७:३८
स्वामिकार्तिक खापर गाउँपालिकामा उपनिर्वाचन हुने भएको छ । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको निधनपछि उपनिर्वाचन हुन लागेको हो । पार्टीको बैठकले उपनिर्वाचन केन्द्रीत भएर गतिविधी अघि बढाउने तयारी थाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजन रोकायाले जानकारी दिएका छन् ।
सोमबार १५, असोज २०८१ ०७:४९
प्रअ गोरख बहादुर थापाले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन प्रेम रावलले गरेका हुन् । दिवसमा बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, ३ नम्बर वडाका अध्यक्ष डबल रोकाया सहीत सहभागि थिए ।
सोमबार १५, असोज २०८१ ०८:२७
राउतविरुद्ध सैनिक ऐनको व्याख्याका सम्बन्धमा प्रश्न उठाइएको छ । नेपाली सेनाका अवकाश प्राप्त सेनानी प्रज्वल बस्नेतले अमेरिकाबाट उजुरी दिएका हुन् ।
मङ्गलबार १६, असोज २०८१ ११:४०
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०र५० हजार रूपैयाँ धरौटी मागेको हो । प्रसाईँले एक लाख रूपैयाँ धरौटी बुझाउनुपर्ने छ । साइबर सम्बन्धी दुईवटा कसुरमा एकसाथ थुनछेक भएको हो ।
मङ्गलबार १६, असोज २०८१ ०४:३५
एसबिए तालिम प्राप्त स्वास्थ्य कर्मी राख्ने, बर्थिग सेन्टरका लागि सोलार जडान गर्ने, व्यवस्थापन समितिको बैठक नियमित गर्ने, आमा समूहको बैठकमा स्वास्थ्य कर्मीको नियमित अनुगमन र सचेतना कक्षा सञ्चालन गर्ने, परिवार योजनाका साधन प्रयोग कर्ता बढाउने योजनामा राखिएको छ ।
बुधबार १७, असोज २०८१ ०५:२०
गएको वर्ष निर्माण कार्य सम्पन्न गरिएको भवन देशभरकै २६ औं स्थानमा उद्घाटन गरिएको पालिका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् । तत्कालिन नेकपा नेतृत्वको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरकै ७ सय ५३ वटा स्थानीय तहमा पालिका अस्पताल निर्माणको शिलान्यास गरेका थिए ।
शुक्रबार १९, असोज २०८१ ०७:४४
पीसविन, यूएनएफपीए र गौमुल गाउँपालिकाको सयुक्त सहकार्यमा सामाजिक परिक्षण गरिएको स्वास्थ्य चौकी इन्चार्ज प्रेमबहादुर विकले जानकारी दिएका छन् । सामाजिक परिक्षणमा सहभागि स्थानीयले स्वास्थ्य चौकीबाट प्रवाह हुने स्वास्थ्य सेवा सहज र विरामी मैत्री रहेको भन्दै सन्तुष्टी जनाएका हुन् ।
शुक्रबार १९, असोज २०८१ ०८:१५