काठमाडौं : सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधान्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ ।
संसीय सुनुवाइ समितिले आह्वान गरेको निर्धारित १० दिनभित्र ६ वटा उजुरी परेको हो । प्राप्त उजुरी समिति सदस्यहरूलाई वितरण गरिएको छ ।
राउतविरुद्ध सैनिक ऐनको व्याख्याका सम्बन्धमा प्रश्न उठाइएको छ । नेपाली सेनाका अवकाश प्राप्त सेनानी प्रज्वल बस्नेतले अमेरिकाबाट उजुरी दिएका हुन् ।
राउतले गरेको सैनिक ऐनको व्याख्याका सम्बन्धमा प्रश्न उठाइएको छ । राउतले गरेको व्याख्याबारे सांसदहरूसँग विस्तृत छानबिन र प्रश्नोत्तर माग गरिएको छ ।
श्रीमतीसँग विवादित र झगडिया रहेको टिप्पणी गर्दै अर्को उजुरी परेको छ ।
कतिपय न्यायाधीशमाथि छानबिन गर्नुपर्ने दाबी गर्दै छानबिन कि हुँदैन भन्ने अर्को प्रश्न गरिएको छ ।
नेपाली सेनाविरुद्धको मुद्दामा सदैव स्थगित गर्ने गरेको आरोप लगाएर अर्को उजुरी परेको छ ।
चितवनकी शुभलक्ष्मी थपलियाले राजमार्गमा परेका कारण आफ्नो ११ आना जग्गा गुमेको र बाँकी रहेको ३ आना जग्गाबारे अदालतले गरेको फैसलाले उठिबास लगाएको आरोप लगाउँदै उजुरी दिएकी छन् ।
उजुरीकर्ताले अदालत सुधारको उपायबारे धारणा समेत माग गरेका छन् ।
न्यायपालिकामा भैरहेका भ्रष्टाचारजन्य कार्यहरू समाधान हुन्छन् र जनताले सहज र प्रभावकारी न्याय सेवा पाउँछन् भन्ने ग्यारेण्टी के छ रु भनेर सोधिएको छ ।
बाजुराका गगन ऐडीले न्यायाधीश राउतसँग प्रमाण मूल्यांकन गर्ने क्षमता नै नभएको आरोप लगाउँदै उजुरी दिएका छन् ।
न्यायाधीश प्रकाशमान सिंह राउत सम्मिलित इजलासबाट छोरा चेतनदास ऐडीको हत्यामा संलग्न भएकाहरूलाई साधारण तारेखमा छाडिएको उल्लेख गर्दै यस्तो उजुरी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस