शुक्रबार, ०२ कार्तिक २०८१

कांग्रेस पूर्व केन्द्रीय सदस्य नेता राजाराम कार्कीको निधन

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.राजाराम कार्कीको निधन भएको छ। कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्व प्रदेश सभा सदस्य कार्कीको ६६ वर्षको उमेरमा हिजो साँझ ५ बजे निधन भएको हो।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित कार्कीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको पारिवारिकश्रोतले बताएको छ ।स्वर्गीय कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन्।

स्वर्गीय कार्कीको पार्थिव शरीर आज बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस