बाजुरा : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिती बाजुराले पत्रकार सम्मेलन मार्फत बैठकको निर्णयहरु सार्वजनिक गरेको छ । मंगलवार पार्टी कार्यालय पेरिसडांडामा बसेकोबैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको हो । पार्टी केन्द्रिय समिती बैठकको निर्णय बमोजिम यहि भाद्र १६ गते देखि जनता संग माओवादी विशेष अभियान संचालन गर्ने भएको छ ।
जनता संग माओवादी विशेष अभियान अन्तर्गत घरघरमा माओवादी जनजनमा माओवादी भन्ने मुल नारा सहित ३ महिने अभियान बाजुरामा पनि ससक्त रुपमा संचालन गर्ने निर्णय गरेको हो।साउन १७ देखि २१ गते सम्म बसेको माओवादी केन्द्र केन्द्रिय समिती बैठकको निर्णय बमोजिम देशैभर एकसाथ संचालन हुने जनता संग माओवादी अभियानलाई सफल पार्न लाग्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
माओवादी केन्द्रलाई जनता संग जोड्ने र कार्यकर्तामा उर्जा सहितको रक्तसञ्चार सिर्जना गर्न पार्टी नेता जिल्ला स्थित सबै जनताको घरदैलोमा जाने र प्रचण्ड सरकारले पछिल्लो समयमा शुसासन र समृद्धिका पक्षमा गरेका ऐतिहासिक एवम् लोकप्रिय कार्य जनतालाई सुसूचित गर्ने तथा संगठन निर्माणलाई रफ्तारमा अगाडि बढाउने उदेश्यले जनता संग माओवादी विशेष अभियान संचालन गर्न लागिएको बताइएको छ ।
पत्रकार सम्मेलनमा बैठकमा केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज देबकी मल्ल, जिल्ला समन्वय समितिका संयोजक देबिचन्द्र बुढा दिपकको अध्यक्षतामा केन्द्रिय सदस्य तिलक परियार ,लक्ष्मण खड्का सुदुरपश्चिम प्रदेश समितीका उपाध्यक्ष हुकुम साउंद,कोषाध्यक्ष कमल कुमारी शाह प्रदेश समितिका सदस्यहरू लगायत माओवादी नेताहरु र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
विभिन्न पालिका र जनसंगठन स्तरको रिपोर्टिङ,जनता संग माओवादी विशेष ३ महिने अभियानको अभियान सञ्चालन गर्ने भएको छ । पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज देबकी मल्लले दिएकी हुन् । समग्रमा पार्टीका कमिकमजोरीहरुलाई सुभार गरेक अगामी निमा पार्टी सदृद गर्ने र एकताबद्ध भएर अगाडी बढ्ने बताएकी छन् ।
जनताका मुद्धामा भन्दा सत्ता, पद र स्नार्थमा मात्रै माओवादी केन्द्र केन्द्रित भया् भने कुरामा कुनै सत्यता नभएको बताउदै उनले नेकपा माओवादी केन्द्र जहिले जनताका पक्षमा अग्रपक्तिमा रहेर योगदान दिदै आएको दावी गरेकी छन् । जनतालाई माओवादी सरकारे गरेका कमामहरु बारे जानकरी गराउने र संगठन निर्माण थर्ने उदेश्यले देशभर पार्टी सदृढिकरणको अभियान सञ्चालन गर्ने तयारीमा जुटेको पनि उनले बताइन् ।
भदौ १६ गते माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डद्वारा भर्चुअल माध्यम बाट देशभर एकै साथ उद्घाटन गरिने जनता संग माओवादी विशेष अभियान बाजुरामा पनि ९ वटै स्थानिय पालिकालाइ ५ कमाण्डमा बिभाजन गरि पार्टीका योजना तथा संगठन सुदृढीकरण घरघर दैलोदैलोमा गएर गरिने माओवादी केन्द्र बाजुराले जनाएको छ।
उसो त माओवादी केन्द्र बाजुराले जनतासंग माओबादी बिशेष अभियान सुरु गर्ने निर्णय गरेपनि बाजुरामा तेस्रो पार्टीका रुपमा रहेको माओवादी केन्द्रको बाहुलेता निकै कम छ । बाजुराका दुई प्रतिस्पर्धी दल नेकपा एमाले र नेपाली कांग्रेस संग प्रतिस्पर्धा गर्न निकै संर्घष गर्नुपर्ने देखिन्छ । नेताहरुले भने जस्तो सजिलै यो अभियानले बाजुरामा माओवादी केन्द्रको संगठन बलियो बनाउने कुरा फलामे चिउरा चपाउनु जस्तै हो अन्य दलमा आवद्ध नेताहरुले टिप्पणी गर्ने गरेका छन् ।
बाजुरामा कम बाहुल्यता भएको माओवादी पार्टी अन्य दलका नेताहरुले आफ्नो पार्टीहरु संग प्रतिस्पर्धा गर्न धेरै समय लाग्ने खुल्याम रुपमा बताउदै आएका छन् । एकातिर कमजोर भनिरहने र अर्कोतिर आवश्यक पर्दा स्वार्थ अनुकुल संगै लिएर हिड्ने अवसरबादी प्रवृत्ति दुई ठुला दल नेकपा एमाले र कांग्रसले देखाउदै आएका छन् । बिगतका घटनाक्रमहरु हेर्दा बाजुराका यि दुई ठुला दलले एक्लै प्रतिस्पर्धा गर्न नसक्ने भएपछी स्वार्थ अनुकुल प्रयोग गर्ने र अन्ततः धोका दिने गरेको माओवादी नेताहरुले बताउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस