आइतबार, ०७ पुष २०८१

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आजको बैठक दिउँसो ३ बजे बस्ने कार्यसूची रहेको छ ।

गत साउन १० गते देखि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गर्दै आएको छ। दलहरूबीच सहमति नजुटे पनि सचिवालयले भने हरेक दिन पुरानै कार्यसूची निकालेर बैठक बोलाउँदै आएको छ।

सरकार सीआईबीले छानबिन गरिरहेको भन्दै राज्यको संयन्त्रमा विश्वास गर्नुपर्ने तथा उच्चस्तरी छानबिन समिति गठन गर्न नसक्ने अडानमा छ।

तर, एमाले भने समिति नबनेसम्म सदन चलाउन नदिने भन्दै बैठक अवरुद्ध गर्दै आएको छ। साउन १० गतेपछि बोलाइएको संसद् बैठक कहिले कार्यसूचीमा प्रवेश नगरी त कहिले सूचना टाँसेर स्थगन भएको छ। हिजो पनि बोलाइएको बैठक आजका लागि सारिएको हो ।

 

प्रतिक्रिया दिनुहोस