आइतबार, ०७ पुष २०८१

बाजुराको हिमालीमा वर्षाका कारण दुई परिवार विस्थापित, बिद्यालय भवनमा समेत क्षती

दुई बिद्यालय भवन र ७ घर परिवार पहिरोको उच्च जोखिममा

बाजुरा : यहीँ भाद्र ५ गते देखि निरन्तर आएको अविरल वर्षाका कारण हिमाली गाउँपालिका वडा न . ३ गुम्बा गाउँमा दुई परिवार विस्थापित भएका छन् । वर्षातका कारण बिद्यालय भवन संगै खानेपानीका मुहानहरुमा समेत क्षती गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारी अनुसार हिमाली गाउँपालिका वडा न . ३ गुम्बागाउँका स्थानीय डोमा गुरुङको २ तले ४ कोठे खरले छाएको घर भत्किएर पुर्ण रुपमा क्षेती भएको छ । घर भत्किएपछि घरभित्र रहेका सामानहरु आफ्नतको छिमेकीको घरमा सारेको र उनको ४ जनाको परिवार रानिसैन पाटनमा पाल टाँगेर बस्दै आएका छन् ।

यस्तै अर्का स्थानीय ईन्द्र गुरुङको २ तले ४ कोठे टिनले छाएको घर पनि भत्किएको छ । घर भत्किएर पुर्ण रुपमा क्षती भएपछि उनको घरभित्रका सामान पनि छिमेकीको घरमा सारिएको र उनको ५ जनाको परिवार पनि पाल टाँगेर बस्दै आएका छन् । यस्तै नागार्चिङ खोला र कवाडी नदिले हिमालभक्ति आधारभुत बिध्यालयको १ तले ४ कोठे टिनले छाएको बिद्यालय भवन पनि उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी कबिन्द्र बोहराले घटनास्थलतर्फ खटिएको प्रहरीको भनाइलाई उदृद गर्दै बताएका छन् ।

उनका अनुसार अन्य स्थानीय जगत लामा ,छेवाङ लामा ,छिरिङ दोर्जे लामा , पेमा सञ्जिङ लामा ,तिलक सिह थापा ,जंग थापा र सोजङ थापाको घरहरु पहिरोको उच्च जोखिममा रहेको तर जोखिम मोलेर भएपनि सोही घरमा बस्दै आएको खबर प्राप्त भएको उनले सुदूर संसार डटकमलाई जानकारी दिए ।यो संगै नागार्चिङ खोला र कवाडी नदिले गुम्बा गाउँको सयुंक्त खानेपानीको मुहान ( ईन्टेक ) र सामुहिक आधुनिक पानिघट्ट स्थित रहेको नागार्चिङ खोलाले बगाएर पुर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यस्तै सोही गाउँमा रहेको ईसिडी बिद्याल्यको १ तले १ कोठे भवन भत्किएर पुर्ण रुपमा क्षती भएको बताइएको छ । सो ठाउँमा घटना घटेको बारे यहीँ भाद्र ९ गते बिहान १० स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पश्चात् १० गते प्रहरी सहायक निरीक्षक धन सिह धामीको कमाणड्मा ५ जनाको टोली खटिएको थियो । प्रहरी चौकी बिच्छ्याबाट प्रहरीलो टोली खटाइएको हो । प्रहरीको टोली घटना स्थल पुग्न मात्र स्थान १२ घण्टा लागेको बताइएको छ ।

यो वर्षको मनसुन सुरु भएपछि बाजुराका विभिन्न ठाउँमा बाढी पहिरोका कारण भौतिक एवम् मानवीय क्षती भएको छ । हिमली गाँउपालिकामा यो मनसुन सुरु भएपछि मात्रै १२ घर परिवार पुर्ण रुपमा विस्थापित भएका छन् । हरेक वर्ष बाढी पहिरोका कारण भौतिक रुपमा धनजनको मात्र नभैइ मानवीय क्षती समेत हुँदै आएको छ ।

जिल्लाका झन्डै ११६ गाउँ पहिरोको उच्च जोखिममा छन् । पहिरोको उच्च जोखिममा रहेका नागरिकहरु हरेक वर्षका वर्षातमा निदाउन नपाएर जागाराम बस्नुपर्ने बाध्यता छ । जोखिममा रहेका बस्तीहरुमा बस्ती बस्न उपयुक्त नहुने समेत भनिएको छ । यतिमात्र होईन बस्ती स्थानान्तरणको अर्को विकल्प नभएको भनिएको भएपनि सरोकारवाला निकायको यसमा ध्यान गएको पाइदैन ।

स्थानीय पालिकाहरुले समेत बिपत जन्य जोखिमबाट नागरिकलाई बचाउन कुनै ठोस योजना बनाएका छैनन् । हरेक वर्ष बाढी पहिरोका कारण विस्थापित परिवारहरु कोही छिमेकीको घरमा त कोही खुला आकाश मुनि पाल टाँगेर बस्न बाध्य भएपनि तीन वटै तहका सरकारहरु भने बेखबर छन् ।बस्ती स्थानान्तरण गरि सुरक्षीत ठाउँमा सारिनुपर्ने बाढी पहिरोबाट प्रभावित स्थानीयका सपना अधुरै छन् । हाल सम्म सुरसार छैन । सरोकारवाला व्यक्ति र निकायहरु नै बेखबर देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस