शुक्रबार, ०२ कार्तिक २०८१

व्यावसाय दर्ता र नवीकरण गर्न बुढिनन्दा नगरपालिकाको आग्रह

दर्ता नगरी सञ्चालन गरेका व्यावसाय बन्द गर्ने चेतावनी

बाजुरा : जिल्लाको बुढीनन्दा नगरपालिकाले व्यावसाय दर्ता गर्न नगर बासिलाई आग्रह गरेको छ । मंगलवार आज एक सुचना जारी गर्दै नगरपालिकाले यथासिघ्र दर्ता गराउनु आह्वान गरेको हो । सूचना जारी भएको ३५ दिन भित्र दर्ता गराइसक्न र नवीकरण गरिसक्न भनिएको छ ।

नेपालको संविधानको अनुसूची ८ स्थानीय सरकार सञ्चालन एन २०७४ को दफा ५८ तथा नगरपालिकाको व्यावसय कर व्यवस्थापन कार्यविधि २०७७ को दफा (३) को उपदफा (२) बमोजिम हाल नगरपालिकामा दर्ता नगरी सञ्चालनमा रहेका कुनै पनि प्रकारको उद्योग, व्यापार, पेशा वा अन्य यस्तै कुनै प्रकृतिको व्यावसायिक कारोबार गर्ने व्यक्ति, फर्म वा कम्पनीले नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा दर्ता गराउन अनुरोध गरिन्छ सुचनामा उल्लेख गरिएको छ ।

साथै नयाँ व्यावसाय दर्ता गराउन चाहानेहरुलाई पनि नगरपालिकाको कार्यालयमा आएर निवेदन दिन सूचना मार्फत अनुरोध गरिएको छ । यदि तोकिएको समय अबधिभित्र पनि व्यावसाय दर्ता तथा नवीकरण नगरेर पुनः व्यवसाय सञ्चालन गरेको पाइएमा नगरपालिकाको व्यावसाय कर व्यवस्थापन कार्यविधि २०७७ को दफा (१६) बमोजिम व्यावसायबाट कर अशुल गरिने र सोही कार्यविधिको दफा ( ३) को उपदफा (५) बमोजिम व्यावसाय बन्द गरिने चेतावनी पनि निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाह द्धारा अस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । व्यावसायिलाई बदमासी नगरी इमान्दारीता साथ नगरपालिकाको कार्यालयमा व्यवसाय दर्ता गराउनु पनि नगर कार्यपालिको कार्यालयले आग्रह गरेको छ ।

यो हो सूचना :

प्रतिक्रिया दिनुहोस