शुक्रबार, ०२ कार्तिक २०८१

बडीमालिकामा समन्वय नै नगरी निर्माण कार्य थालिएको प्रती सिङ्गो जिल्ला बासिको घोर आपत्ति छ : नगर प्रमुख थापा

निर्माण कार्य नरोके कानुनी प्रक्रिया अगाडि बढ्ने उहाँको भनाई

मिन बहादुर खड्का  


बाजुरा : त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाले प्रशिद्ध धार्मिक स्थल बडीमालिकामा कर्णाली प्रदेश सरकारले मनोमानि तरिकाले भौतिक संरचना निर्माण गरेका प्रति जिल्ला बासिकै घोर आपत्ती रहेको बताएका छन् ।

कर्णाली प्रदेशले बाजुराको प्रशिद्ध धार्मिक स्थलमा भौतिक संरचना निर्माण गरेको बारे नगरपालिकालाई जानकारी छ कि छैन ? यसलाई रोक्नका लागी नगरपालिकाले के गरिहेको छ ? भन्ने बिषयमा सञ्चारकर्मीले गरेको कुराकानीमा उनले यस्तो बताएका हुन् । थापाले आफुहरुलाई यस बिषयमा जानकारी नै नभएको तर बिभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि मात्र जानकारी प्राप्त भएको बताउदै यस प्रति नगरपालिकाको  गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । 


बाजुराको भुमिमा आफ्नो कब्जामा लिने आन्तरिक षडयन्त्रमा संरचना निर्माण गरेका हुन सक्ने आफुहरुको ठहर रहेको बताउदै उहाँले यसलाई नगरपालिकाले प्रतिकार गर्ने बताए ।  आफुहरु संग कुनै समन्वय नै नगरी अर्काको भुमी माथि अतिक्रम गर्ने कुरा निन्दनीय कार्य रहेको बताउदै नगर प्रमुख थापाले कर्णाली प्रदेश सरकारको यो मनोमानी बाजुराले स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।

धार्मिक क्षत्रको विकासमा सहयोग गर्ने कुरा स्वभाविक मान्न सकिन्छ तर कुनै समन्वय नै नगरी आफ्नो हो भन्ने नियतले संरचना निर्माण गर्ने कुरा अपत्तिजन बिषय रहेको थापाले बताए ।  आफ्नो गृह नगरपालिका भित्रै पर्ने एक एतिहासिक महत्व बोकेको धार्मिक स्थल बडीमालिकामा बाह्य शक्तिको हस्तक्षेप हुन नदिने कुरामा आफु प्रतिबद्ध रहेको नगरप्रमुख थापाले बताएका छन् ।


“अहिले धर्मशाला निर्माण गरिएको भनिएको  क्षेत्र वडा नम्बर ५ मा पर्छ भने हेलिप्याड निर्माण गरिएको क्षेत्र वडा नम्बर ६ मा पर्छ, यो हाम्रो गौरव हो, हाम्रो पहिचान हो, बाजुरालाई बिश्वभर चिनाउने हाम्रो सम्पदा हो, त्यसकारण यसको संरक्षण सम्र्बद्धन र बिकासमा हामी सबैको दायित्व हो नगर प्रमुख थापाले भने ,”यसमा जिल्ला बासि सबैले सहयोग गर्नुपर्ने पनि नगरप्रमुख थापाले बताएका छन् । सर्वप्रथम उक्त क्षेत्रमा निर्माण कार्य थाल्नुको औचित्य बारे  कर्णाली प्रदेशमै पुगेर सम्बन्धित व्यक्ति र निकायबाट जानकारी लिने र छलफल गर्ने उहाँको भनाई छ ।  आफ्नो कब्जामा लिने उदेश्यले कर्णाली प्रदेश सरकारले उक्त क्षेत्रमा निर्माण कार्य थालेको हो भने कानुनी प्रक्रियामा अगाडि बढ्ने पनि उनले बताए  । 

जिल्ला समन्यय समिति बाजुराको बैठक बसेर वास्तविक कुरा पत्ता लगाएर आवश्यक पहल अगाडी बढाउने निर्णय भएको थियो । आज जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलिय बैठकमा  समेत यो बिषयमा छलफल उनले बताए  । आजको छलफलमा ९ वटै पालिकाका प्रमुख उपप्रमुखले यो बिषयमा गम्भिर भएको लाग्नुपर्ने बिषयमा सहमति जनाएको पनि उहाँको भनाई छ । छलफलमा निवर्तमान प्रतिनिधि सभाका सदस्य   लाल बहादुर थापा पनि सहभागि हुनु भएको थियो । 
 

एक साता अगाडी मात्रै  सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पर्ने बडीमालिका क्षेत्रमा कर्णाली प्रदेश सरकारले कब्जा जमाउने खोजेको खबर बाहिरिएको हो । उक्त बिषयलाई लिएर बाजुराका बिभिन्न राजनिति दल, सरोकारवाल व्यक्ति, लगायत सर्वसाधरणले समेत घोर आपत्ति जनाइरहेका छन् । यो तत्काल रोक्नुपर्ने माग पनि जनस्तरबाटै उठिरहेका छन् । यो निन्दनिय कार्य रोक्नका लागी जिल्ला स्थित सबै सरोकारवाल ानिकायहरु समेत सकरात्मक नै देखिएका छन् ।

कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले त्रिवेणी बडिमालिका पूर्वाधार विकास आयोजनामार्फत भौतिक संरचना निर्माण गर्न सुरु गर्न लागेको खबर बाहिरिएको हो । बडिमालिका क्षेत्रमा एक धर्मशाला, एक हेलिप्याड, शौचालय, एक प्रवेशद्धवार,   कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ८ मा भौतिक संरचना निर्माण थालिएको क्षेत्र कर्णाली प्रदेशको कालिकोट जिल्लामा पर्ने दाबी गर्दै निर्माण कार्य थालिएको हो । 


कर्णाली प्रदेश सरकारले धार्मीक स्थल बडिमालिकामा भौतिक संरचना निर्माणका लागि गत आर्थिक वर्षमा एक करोड ५० लाख विनियोजन गरेको थियो। बहुवर्षीय आयोजनाका लागि चालु आर्थिक वर्षमा पनि एक करोड ५० लाख विनियोजन गरि निर्माण कार्य समेत अगाढी बढाइएको बिषय बाजुरा बासि सबैको चाँसोको बिषय बनेको छ । 


यता जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ ।  बैठक सम्पन्न भैसकेको भएपनि बैठकले के के निर्णय गर्यो भन्ने कुराको  एकिन जानकारी प्राबिधिक कारण बस आजै दिन नमिल्ने जिल्ला प्रशासन कार्यालय बाजुरा निकट एक श्रोतले  बताएको छ । भोलि मात्रै बैठकको निर्णय सार्वजनिक गरिने श्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस