आइतबार, ०७ पुष २०८१

बुढीगंगा  नगरपालिका द्धारा बजार अनुगमन

बाँकी रहेको बजारमा भोलि (सोमवार) अनुगमन गर्ने तयारी

बाजुरा  : बुढीगंगा नगरपालिकाले बजार अनुगमन गरेको छ । नगर उपप्रमुख माया कुमारी खड्का कुवँरको संयोजगत्वमा रहेको अनुगमन समितिले आइतवार बजार अनुगमन गरेको हो ।

बुढीगंगा नगरपालिका अन्तरगत रहेका वडा न . १० को डाब बजार, वडा न  .८ को रिठा बजार बेतालमाण्डौँ बजार र  वडा न ६ को बाम्का बजार सडक साइडमा रहेका सम्पुर्ण पसलहरुमा अनुगमन गरिएको बुढीगंगा नगरपालिकाका उपप्रमुख कुँवरले बताएकी छन् । सर्वसाधरणको जनगुनासो पछि उपप्रमुख सहितको सरोकारवाला निकायको टोलीले अनुगमन गरेको बताइएको छ । अनुगमनका क्रममा भेटिएका म्याद नाघेका,खाद्यान्न तथा अखाद्य बस्तु नियन्त्रणमा लिई नस्ट गरिएको छ ।   

साथै राज्यको मापदण्ड अनुसार दर्ता नगरि सञ्चालनमा रहेका पसललाई एकसाता भित्र नगरपालिकामा दर्ता गर्न समेत निर्देशन दिइएको छ ।व्यापारिहरुलाई मनोमानि ढंगले सर्वसाधरणलाई मार हुने गरी  बिक्री वितरण नर्गर र  बदमासी नगर्न उपप्रमुख मायाँ खड्का कँवरले सुझाव दिएकी छन् । पटक पटक नगरपालिकाले बजार अनुगमन गर्दै आएको छ ।

व्यापाीहरुले ठगिन नपारोस्, अखाद्य बस्तुका कारण सर्वसाधरणको स्वास्थ्यमा असर नहोस् भन्ने उदेश्यले व्यापारीहरु र उपभोक्तालाई सचेत गराउन बजार अनुगमन गर्दै आइरहेको नगर उपप्रमुख माया खड्का कँवरले बताएकी छन् । पहलो चरणको बजार अनुगमन आज गरिएको र बाँकी रहेको बजारमा भोलि (सोमवार) अनुगमन गर्ने  तयारीमा रहेको पनि उनले बताइन् ।     

प्रतिक्रिया दिनुहोस