बाजुरा : जिल्लाको बुढीनन्दा नगरपालिकाले कार्यपालिकाको १९ औँ बैठक धार्मिक तथ पर्यटकिय क्षेत्र बुढीनन्दाको मन्दिर परिसरमा बस्ने भएको छ । बैठ भाद्र १३ गते बुढीनन्दा माताको दर्शन गरीपछि बुढीनन्दा मन्दीरको परिसरमा बस्ने बुढीनन्दा नगरपालिकाका नगर प्रबक्ता जंगवीर रोकायाले बताएका छन् ।
नगरपालिकाले बुढीनन्दा क्षेत्रको प्रचारप्रार र पर्यटन प्रबद्धनका लागी उक्त बैठक राखिएको हो । धार्मिक आस्थाको धरोहर बडीमालिका संगै बुढीनन्दा पनि पर्ने भएपनि प्रचारप्रसारको अभावमा बुढीनन्दा ओझेलमा परेको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । नगर सरकाले उक्त क्षेत्रको प्रचारप्रसारमा कमि नगर्ने समेत उनको भनाई छ ।बुढीनन्दा क्षत्रको प्रचार प्रसार र होस् र सो क्षत्रको विकासका लागी के कसरी अगाी बढ्ने लगायतका बिषयमा छलफल गर्नका लागि त्यहाँ बैठकको आयोजना गरिएको पनि नगर प्रमुख बोहराले बताएका छन्
बुढीनन्दा नगरपालिकाबाट पूजा सामाग्री सहितको सरकारी टोली आइतबार बुढीनन्दा प्रस्थान गरेको थियो । जनै पूणिर्माको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन बुढीनन्दामा मुख्य पूजाआजा गरिने प्रचलन रहेको छ । बुढीनन्दामा पहिलोपटक जिल्लाबाट पुजा सामाग्री सहितको सरकारी टोलि गएको छ ।
यस अघि बडीमालिकामा मात्रै पुजा सामाग्री सहितको सरकारी टोली जाने गरेको भएपनि यसवर्ष बुढीनन्दा पनि सरकारी टोली गएको छ । नगर प्रमुख बोहहराको प्रस्तावमा जिल्ला स्थित सरोकारवाला निकायको बैठक बसि यस्तो निर्णय गरिएको थियो , बुढीनन्दालाई ओझेलमा राख्न नहुने प्रस्ताव सहित नगर प्रमुख बोहरा सदरमुकाम पुगेर सरोकारवाला निकाय संग समन्वय पछि सबैले सहमति जनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस