शनिबार, १२ साउन २०८१

प्रेस चौतारी नेपाल बाजुराले गरेको खुला निबन्ध प्रतियोगितामा कुमार प्रथम

बाजुरा : प्रेस चौतारी नेपाल बाजुराले सञ्चालन गरेको खुला निबन्ध प्रतियोगितामा कुमार प्रसाद उपाध्याय प्रथम भएका छन् । बाजुरा क्याम्पसमा अध्ययरत २० जना विद्यार्थी बीच भएको प्रतिस्पर्धामा उपाध्याय प्रथम भएका हुन् । 

बाजुराको बास्तविकता र आम बुझाइ शिर्षकमा प्रेस चौतारी नेपाल बाजुराले क्याम्पस स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा भरत बोहरा द्धितीय भएका छन् । भने मनिषा चेपाङ तृतीय स्थान ल्याउन सफल भएकी छन् । सान्त्वना स्थान सहीत रोशनी कुमारी बुढालाई सम्मान गरिएको छ ।

स्नातक तह अध्ययन गर्ने विद्यार्थीको नजरमा बाजुरा कस्तो देखिन्छ भन्ने जवाफ संकलन सहीत वौद्धिक क्षमता अभिव्यक्तिका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मदन विकले जानकारी दिएका छन् ।

कम्तीमा १ हजार देखि १५ सय शब्दको निबन्ध हुनु पर्ने र एक घण्टाको समय अवधीमा लेखन कार्य सक्नु पर्ने मापदण्ड तय गरिएको थियो । बाजुरा क्याम्पसका प्रमुख रुपबहादुर रौलेले संयोजनक गर्नु भएको प्रतिस्पर्धाको मूल्याङ्कन समिति संयोजकमा मालिका माविका शिक्षक दिमा सुब्बा रहनु भएको थियो ।

मूल्याङ्कन समितिमा प्रेस चौतारीका प्रदेश अध्यक्ष कृष्ण ओली, बाजुरा क्याम्पसका मदनराज जैशी सदस्य रहेका थिए । तीनै जनालाई झोला सहीत शैक्षिक सामाग्री, प्रमाण पत्र प्रदान गरिएको छ । 

प्रेस चौतारीले निबन्ध प्रतियोगिता आयोजना गरेर स्थापना दिवसलाई थप रचनात्मक र वौद्धिक बहसको थालनी गरेको बाजुरा क्याम्पस प्रमुख रुपबहादुर रौलेले बताएका छन् । प्रथम, द्धितीय र तृतीय तीनै जनाका निबन्ध अनलाइन र पत्रिका मार्फत प्रकाशन गरिने प्रेस चौतारी बाजुराले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस