शनिबार, १२ साउन २०८१

विनोद विक स्मृति पत्रकारिता पुरस्कारबाट बाजुराका पत्रकार रावल र ऐडी सम्मानीत

बाजुरा : पत्रकार गगन ऐडी र विमला रावल विनोद विक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन् । प्रेस चौतारी नेपाल बाजुरा शाखाले स्थापना गरेको पुरस्कारबाट ऐडी र रावल सम्मानीत भएका हुन् । २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्मान गरिएको अध्यक्ष मदन विकले जानकारी दिएका छन् ।

प्रेस चौतारी नेपालका संस्थापन सदस्य एंव नेपाल पत्रकार महासंघ बाजुराका सहसचिव विनोद कुमार विकको कोविड संक्रमणका कारण मृत्यु भएको थियो । बडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष समेत रहेका विकको सम्झनामा तीन वर्षदेखि जिल्लाका क्रियाशिल २ जना पत्रकारलाई पुरस्कार दिने गरिएको छ ।

प्रतिव्यक्ति नगद ५ हजार ५ सय ५५ रुपैया नगद राशी रहने गरि सम्मान गरिएको सचिव रमित विकले जानकारी दिएका छन् । दुबै जनालाई नगद चेक सहीत सम्मान पत्रले कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले बाजुराका कार्यालय सचिव काशी विक, बडीमालिकाका नगर प्रमुख अमर खड्का, भीमकान्त पौडेल सहीतले गर्नु भएको हो ।

सम्मानीत हुने पत्रकार गगन अयडी नयाँ पत्रिका दैनिक र गगन वाणी अनलाइनसँग आवद्ध छन् । भने विमला रावल पनि विश्व खबरसँग आवद्ध छन् । रावल प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य र बाजुरा जिल्ला इन्चार्ज समेत हुन् ।
 

प्रतिक्रिया दिनुहोस