शुक्रबार, ०४ असोज २०८१

२६ औं स्थापना दिवसको तयारीमा जुट्यो चौतारी, सुप प्रदेश कमिटी प्रदेशले धामी र बोहरालाई पुरस्कृत गर्ने

विनोद स्मृति पत्रकारिता पुरस्कारबाट बाजुराका विमला रावल र गगन अयडी सम्मानीत हुने

बाजुरा : प्रेस चौतारी नेपालले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा आफ्नो स्थापना दिवस मनाउने भएको छ । नौ वटै जिल्लामा २६ औं स्थापना दिवस भव्य रुपमा मनाउन लागेको प्रदेश अध्यक्ष कृष्ण ओलीले जानकारी दिएका छन् । 

प्रेस चौतारीको स्थापना २०५५ साल माघ २२ गतेका दिन भएको हो । माघ २२ लाई प्रेस चौतारी नेपालले स्थापना दिवसको अवसरमा मनाउँदै आएको छ । स्थापना दिवसलाई सम्मान र गौरवका साथ मनाउने उत्साह सहीतको तयारीमा लागेको अध्यक्ष ओलीले जानकारी दिएका छन् ।

प्रदेशले स्थापना गरेको कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कार सुरेश धामी र कल्पना बोहरालाई जानकारी दिने निर्णय गरेको छ । प्रदेश इन्चार्ज लोग्शरी कुँवर नेतृत्वमा राजेन्द्र धामी, दिलबहादुर छन्त्याल, राजेन्द्र नाथ र बसन्तप्रताब सिंह सदस्य रहेको टिमको छनोटमा धामी र बोहरालाई छनोट गरिएको हो ।

कंचनपुरका पत्रकार सुरेश धामी अढाई दशक देखि पत्रकारितामा सक्रिय छन् । भने अछामकी पत्रकार कल्पना बोहरा दशक यता रेडियो पत्रकारितामा आवद्ध छन् । ११ हजार १ सय ११ नगद सहीत दुबै जनालाई पुरस्कार इतिहास स्मारिका विमोचन समारोहमा वितरण गरिने छ । 

यसैगरी बाजुरा शाखाले बाजुराको बास्तविकता र आम बुझाइ विषय बाजुरा क्याम्पस स्तरीय खुला निबन्ध प्रतियोगिता र चियापान कार्यक्रम आयोजना गर्ने अध्यक्ष मदन विकले जानकारी दिएका छन् । शाखाले हरेक वर्ष दिँदै आएको विनोद विक स्मृति पत्रकारिता पुरस्कार पत्रकार विमला रावल र गगन अयडीलाई दिने निर्णय गरेको छ ।

कैलाली शाखाले मैत्रीपूर्ण फुटसल तथा चियपान कार्यक्रम, बझाग शाखाले पार्टी र प्रेस चौतारीबीचको अन्तर सम्बन्ध विषयक अन्तरसंवाद कार्यक्रम गर्ने निर्णय गरेको छ । यसैगरी कंचनपुर शाखालेसुशासनका लागि सञ्चार विषयक अन्र्तक्रिया, चियापान कार्यक्रम र महाकाली बाल अञ्चल अनाथालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम राखेको छ । 

डडेल्धुरा शाखाले शुभकामना आदान प्रदान तथा चियापान, दार्चुला शाखाले महेन्द्र नमुना माविका अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण कार्यक्रम, डोटी शाखाले जिल्ला अस्पतालमा फलफूल वितरण र बैतडी शाखाले १३ बर्षदेखि जिब्रोको उपचार गराउन समस्या भएका नन्दा भुललाई ५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

३० बर्सदेखि ओडारमा बस्दै आएका नर बहादुर चन्दलाई कपडा र खाद्यान्न सहयोग, बैतडी स्थित कपडा बैंकलाई प्रेस चौतारीको अभिलेख रहनेगरि सलहरु वितरण र भुकम्पमा घर भत्किदा खुट्टामा गम्भिर चोट लागेर उपचार गराउन नसकेका रघुबिर साउँदलाई  ५ हजार उपचार सहयोग गर्ने निर्णय गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस