शनिबार, १२ साउन २०८१

जेबीको आठौं वार्षिक उत्सवको अवसरमा खुला व्याटमिन्टन

जिल्ला मै सुविधासम्पन्न व्याटमिन्टन कोर्ड सञ्चालन

बाजुरा : जेवि मिडिया प्रालिको आठौं वार्षिकोत्सव सम्पन्न भएको छ । २०७२ साल माघ १० गते सदरमुकाम मार्तडीमा स्थापना भएको अवसरमा प्रालिले खुला डवल व्याडमिन्टन प्रतियोगिता आयोजना गरेर स्थापना मनाईएको हो ।

स्थापना दिवसको अवसरमा १० गतेबाट खुला डवल व्याटमिन्टन प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा १४ टिम सहभागि भएका थिए ।
खेल क्षेत्रमा युवाको आकर्षण बढाउन र खेल मार्फत नियमित रुपमा स्वास्थ्यलाई तन्दुरुस्त बनाउन प्रालिले आफ्नै कवर्डहलमा प्रतियोगिताको आयोजना गरेको थियो ।

४ दिनसम्म संचालन गरिएको खुला डवल व्याडमिन्टन प्रतियोगितामा प्रथम डम्वर दानी र हेम थापा भएका थिए । त्यस्तै द्धित्तिय रामबहादुर दानी र अशोक ओली भएका थिए ।

प्रतियोगितामा प्रथम भएका दानी र थापाको टिमलाई २० हजार बराबरको व्याडमिन्टन, कक, प्रमाणपत्र मेडलसहित ट्रफी प्रदान गरिएको थियो । भने द्धित्तिय भएका दानी र ओलीको टिमलाई १५ हजार बराबरको व्याडमिन्टन, कक, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

बाजुराको सदरमुकाम मार्तडीमा विगत ८ वर्ष देखि छपाई सम्वन्धिका सम्पूर्ण सेवा प्रदान गर्दै आएको जेवि मिडिया प्रालिले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा खेलकुदका गतिविधिहरु संचालन गर्दै आईरहेको छ ।

प्रालिले व्यवसाय मार्फत नाफा कमाउन मात्र नभई व्यवसायबाट आम्दानी भएको श्रोतको केही प्रतिशत लगानी समाजका लागि खर्चिने प्रालिका कार्यकारी निर्देशक झरेन्द्र ओलीले बताएका छन् ।

प्रतियोगिताको समापन कार्यक्रम प्रालिको आफ्नै नवनिर्मित कवर्डहलमा गरिएको थियो । प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको प्रमुख आतिथ्यतामा गरिएको समापन कार्यक्रमको संचालन अनेरास्ववियुका जिल्ला अध्यक्ष दिलबहादुर थापा भोटेले गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले प्रालिको व्यक्तिगत लगानीमा खेलाडीहरुका लागि कवर्डहल निर्माण भन्दै प्रशंसा गरेका थिए । उनले खेल क्षेत्रको विकासमा जेवि मिडियाको भुमिका प्रसंसायोग्य रहेको समेत बताएका थिए

 

 

प्रतिक्रिया दिनुहोस