शनिबार, १२ साउन २०८१

राष्ट्रपति रनिङ शिल्डले रंगिन बन्यो कोल्टी

पहिलो दिनमै पालिकाका मनछुने प्रस्तुती

बाजुरा : बाजुरा जिल्ला स्तरीय चौधौं राष्ट्रपति रनिङ शिल्डले कोल्टी बजार क्षेत्रको रौनक बढेको छ । जिल्लाका नौ वटै स्थानीय तहबाट हजार बढीको संख्यामा खेलाडी र हजारौंको संख्यामा खेल प्रेमी सहभागि छन् । दर्शकहरुको पनि बाक्लो उपस्थिति देखिन्छ । कोल्टीमा हेर्दा ठूलो मेला पर्वको रमझम देखिन्छ ।

नौ वटै पालिकाबाटै सबै खेल विधाका हजार बढीको संख्यामा खेलाडी र एक सय बढीको संख्यामा खेल प्रशिक्षक र रेफ्रिहरु सहभागि भएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष राकेश थापाले बताएका छन् । कोल्टीमा पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड आयोजना गरिएको हो ।

राष्ट्रपति रनिङ शिल्डको प्रतिनिधी सभा सदस्य बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेका हुन् । सबैपालिकाको सहभागिता रहेको र अघिल्लो वर्षको तुलनामा मार्सलआर्ट, सितारियो कराते, बक्सीङ तर्फका खेलहरु थपिएका छन् । नौ वटौ पालिकाका प्रमुख उपप्रमुखहरु पनि रनिङ शिल्ड उद्घाटन समारोहमा सहभागि थिए ।

खेलकुद समिति अध्यक्ष राकेश थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य बद्रीप्रसाद पाण्डे सभागि थिए । पाण्डेले दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, उपप्रमुख लाछु सार्की, नौ वटै पालिकाका प्रमुख उपप्रमुख, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल सहीत अतिथी थिए ।

पत्रकार महेश कार्कीले सञ्चालन गरेको कार्यक्रममा पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, सबै जनप्रतिनिधीका तर्फबाट बुढीनन्दा नगरपालिकाका प्रमुख जनक कुमार बोहरा, समन्वय समिति प्रमुख तुलसीराम रोकाया सहीतले शुभकामना मन्तव्य दिएका थिए ।

उद्घाटन समारोह दिन नौ वटै पालिकाले आफ्नो मार्चपास र साँस्कृतिक प्रस्तुती दिएका थिए । आफ्नो पालिकाको अलग पहिचान हुने गरि लोगो र नाम सहीतका जर्सीमा सजिएका खेलाडीहरुको मार्चपासपछि पालिका स्तरीय प्रस्तुती समेत दिएका थिए ।

बुढीनन्दा नगरपालिका, बडीमालिका नगरपालिका र स्वामिकात्र्तिक खापर गाउँपालिकाले साँस्कृतिक प्रस्तुती गरेको थियो । भने गौमुल गाउँपालिकाले आफ्नो पालिकाको नाम र लोगो झल्किने डेमो र खेलाडीलेबाइक समेत छातीमा चढाएर दर्शक खेलाडीलाई चकित पारेका थिए ।

क्रियटर जोन ऐकेडेमीका एनसीसीका विद्यार्थीले पनि डेमो प्रस्तुत गरेका थिए । हिमाली, जगन्नाथ, बुढीगंगा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकाले भने पहिलो दिन मार्चपास बाहेक अन्यकुनै प्रस्तुती देखाएनन् । राष्ट्रिय प्रशिक्षक हिमाल खड्का र खेलाडी शुशिल धामीले खेलाडीका तर्फबाट सपथ खाएका थिए । उहाँहरुकै टिमबाट ओलम्पीक झण्डा सहीत परिक्रमा गरेका थिए ।

बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले स्वागत मन्तव्य दिएका थिए । पहिलो दिन औपचारिक कार्यक्रम मात्रै समापन गरिएपनि खेलहरु भोलिबाट मात्रै सञ्चालन गरिने भएको छ ।

प्राय मार्तडीमै आयोजना हुने खेलहरु कोल्टीमा पहिलो पटक आयोजना गरिएको हो । यस अघिल्लो वर्षको आयोजना खप्तड छेडेदह गाउँपालिकाको दशरथ मावि खेल मैदानमा आयोजना गरिएको थियो ।

खेल क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग र सहकार्य जरुरी हुने सुझाव दिएका छन् । कार्यक्रममा प्रतिनिधी सभा सदस्य बद्री प्रसाद पाण्डेले बाजुरा विकासमा एक भएको, खेल र भावनामा एक भएको सन्देश दिन मिल्ने गरि रनिङ शिल्डले सन्देश प्रवाह गर्नु पर्नेमा जोड दिएका छन् ।

रनिङ शिल्डको अवसर पारी कोल्टीको सुरक्षा व्यवस्था कडाइ पारिएको छ । मदिरा विक्री वितरण र सेवनमा रोक लगाएको छ । ८ बजेपछि होटल पसल बन्द गर्न र होहल्ला नगर्न कडा सुरक्षा कर्मी परिचालन गरिएको छ ।

कोल्टी बजार उत्सवमय बनेको देखिएको छ । जहाँ करोड बढीको व्यापार मात्रै हुने अनुमान गरिएको छ । रनिङ शिल्ड तीनदिनसम्म चल्ने अनुमान गरिएपनि समयमै खेल सम्पन्न हुन नसके केही दिन सार्न सकिने आयोजक खेलकुद विकास समितिले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस