शनिबार, १२ साउन २०८१

जगन्नाथले राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने खेलाडीलाई पुरस्कृत गर्ने

बाजुरा : जगन्नाथ गाउँपालिकाले १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद सहित पुरस्कृत गर्ने भएको छ ।

हिजो पालिकामा बसेको गाउँकार्यपालिकाको बैठकले रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरिएको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् ।

यस वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड  बुढीनन्दा नगरपालिकाको जनप्रकाश माद्यमिक विद्यालयमा आजबाट संञ्चालन हुदैछ ।

प्रतियोगितामा पालिकाबाट सहभागी खेलाडी मध्येबाट एकल बिधा र सामुहिक खेलमा प्रथम, द्धितिय र तृतिय स्थान हाँसिल गर्ने खेलाडीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको जगन्नाथ गाउँपालिकाले जनाएको छ।
यसरी गर्नेछ पालिकाले खेलाडीलाई पुरस्कृत
एकल विधा तर्फ
स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई रु – ५,०००।
रजत पदक प्राप्त गर्ने खेलाडीहरुलाई रु – ३,०००।
काँश्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई रु – २,०००।

सामुहिक विधामा पदक प्राप्त गर्ने खेलाडीको हकमा
भलिवलमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई रु – ३०,०००।
भलिवलमा रजत पदक प्राप्त गर्ने खेलाडीहरुलाई रु – २०,०००।
भलिवलमा काँश्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई रु – १०,०००।

रिले तर्फ
स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई रु – १२,०००।
रजत पदक प्राप्त गर्ने खेलाडीहरुलाई रु – ८,०००।
काँश्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई रु – ४,०००।

प्रतिक्रिया दिनुहोस