शुक्रबार, ०४ असोज २०८१

सामाजिक अभियान्ता शाही द्वारा बाजुराका ६५ जना बिद्यार्थीलाई सहयोग

धनगढी ः सामाजिक अभियान्ता तथा युवा नेत्री नेपाली काङ्ग्रेस कि महाधिवेशन प्रतिनिधि  रीता शाहीले जिल्लाको एक विद्यालयमा न्यानो लुगा,स्कुल ब्याग, टोपि ,मजा र पन्जा सहयोग गरेकी छन् । बाजुरा जिल्लाको बुढिगंगाा नगरपालिका वडा नम्बर ३ बहालीकोट आधारभूत बिद्यालयका ६५ जना बिद्यार्थीहरुलाइ सहयोग गरेको अभियान्ता शाहीले वताईन् ।

जाडोको समयमा टोपि ,मजा र पन्जाले केही सहज गर्ने अभियान्ता शाहीको भनाई छ । चिसो मौसममा यि विपन्न तथा जेहेन्दार बिद्यार्थीलाइ यो सहयोगले ठुलो राहत पुगेको बिद्यालय परिवारको भनाई छ । अभियान्ता शाही पेशाले एउटा नर्स पनि हुन् । भुकम्प प्रभावित क्षेत्रमा सुनौला हजार दिनका आमा गर्भवती र सुत्केरीलाइ उनिहरुलाइ मानसिक असर न परोस भनि स्वास्थ्य परामर्श समेत दिएकी छन् । स्वास्थ्य चेकजाँच, सुई लागाउने कुरा पोषण जस्ता कुरामा परामर्श दिईरहेकी छन् । सामाजिक अभियान्ता शाही विगत लामो समय देखि देशका विभिन्न ठाउँमा सेवा गर्दै आइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस