शुक्रबार, ०४ असोज २०८१

परिवार पाल्न सिपाही रोजेका सोनु कुमार बने नेपाली सेनाको सहायक सेनानी

जो आर्थिक नहुँदा कलेज छोडेर म्यादी बनेका थिए

बाजुरा : जन्मदिने बुबा बुद्धी बुढाले संसार छोड्दा जम्मा ४ वर्षका थिए, सोनु कुमार । शोनुपछि एक बहिनी छन् । उनीपनि बुबा बित्दा २ वर्ष कटेकी थिइनन् । दुबै दाजुबहिनीले बुबाको अनुहार समेत राम्ररी हेर्न र चिन्न पाएनन् । नाबालक अवस्था देखि नै आमाको संरक्षणमा हुर्किए ।

पेशाले सोनु कुमारका बुबा बुद्धी शिक्षक थिए । जेनतेन परिवार पाल्न कुनै समस्या थिएन् । जब बुद्धी बुढाले सोनुका दाइबहिनी र आमालाई छोडेर सदाका लागि विदा भए, त्यसपछि परिवारमा दुखका दिन सुरु भए । आमा एकल भएपछि छिमेकीले पनि साथ सहयोग गर्न छोडे ।

नाबालक छोरा छोरी हुर्काउनु, घर खेतको काम गर्नु कम्ता दुख र कष्ट भोग्नु परेन्, शोनु कुमारकी आमालाई । सहज केही कुरा थिए । बस्ने घर बाहेक अरु सबै जोहो गर्ने जिम्मा शोनुकी आमाकै काँधमा थियो । दाजुबहिनी बढ्दै गए, विद्यालय जानेउमेर पुग्यो, सोनुकी आमालाई थप समस्या थपियो ।

विद्यालय नपठाउँ भने भविष्य अन्धकार हुने डर, पठाउँ भने कापी किताबकै जोहो गर्न समस्या । अन्योल र तनाव मात्रै थियो, सोनुकुमारको परिवारमा । २०५४ सालमा जन्मीएका शोनुले कक्षा ८ सम्म जेनतेन गाउँकै कुर्पेकोट आधारभूत विद्यालयमा पढे ।

साँझ विहान नभनि आमाले काम गरेर कक्षा १० सम्मको शिक्षा गाउँ नजिकैको मालिका मावि गाँज्रामा पुरा गरे । कहिल्यै कापी, कहिल्यै किताबको समस्या हुने गथ्र्यो । समयमा खाना नपक्दा र आमालाई विहान साँझ काममा सघाउनु पर्दा पढ्न समय पनि मिलाउन मुस्किल हुन्थ्यो सोनु सम्झिन्छन् ।

एसएलसी उत्र्तिण पछि शोनुले धनगढी पढ्ने इच्छा गरे । धनगढीको एसपीए कलेजमा विज्ञान विषय लिएर कक्षा ११ मा भर्ना पनि भए । तर अध्ययन पुरा गर्न आर्थिक समस्याले दिए । बस्ने कोठा, कलेजको शुल्क बुझाउन उनलाई मुस्किल भयो । आमाले पनि सकिन्न भनेर हात झिकिन् ।

सोनु भर्ना भएको कलेज छोडेर घर फर्किए । खप्तड छेडेदह गाउँपालिका २ पीपलगाउँ तोलेनीमा जन्मीएका शोनुका लागि गाउँमा उच्च शिक्षा अध्ययन गर्ने अर्को विद्यालय थिएन् । छिमेकी वडामा काँडा भवानी मावि थियो । त्यसैमा भर्ना भए । विज्ञान विषय नभएपछि उनले अर्थशास्त्र विषय पढ्ने निधो गरे ।

कक्षामा सधैं प्रथम हुने शोनुलाई जसरी पनि विज्ञान विषय पढ्ने धोको थियो । बाजुराकै भानुदयमा विज्ञान संकाय पनि पढाइहुने थाह पाएपछि शोनु फेरि भानुदयमा भर्ना भए । घरबाटै खाने सामान ल्याएर पढ्न सहज हुने भएपछि उनलाई भानुदय माविमा पढ्न सजिलो भयो । पढाइमा अब्बल शोनुले काँडा भवानी माविबाट अर्थशास्त्र र भानुदय माविबाट विज्ञान विषय उत्र्तिण गरे ।

११ र १२ उत्र्तिण गरेपछि उच्च शिक्षा अध्ययनका लागि आर्थिक जोहो गर्न सकेनन् । जागिरको खोजिमा हिँडे । आमाले जेनतेन दुख गरेर पढाउने हिम्मत गरेपनि आमाका दुख सहन सकेनन्, आफैले जागिर खाने र परिवार पाल्ने निधोमा पुगे । २०७४ को स्थानीय तह निर्वाचन हुँदै थियो । उनी म्यादी प्रहरीमा भर्ना भए । निस्कीएर स्थानीय तहको समयमा म्याद प्रहरीको भूमिका निर्वाहपनि गरे ।

दुख कष्ट केहो, आर्थिक नहुँदा कति समस्या हुन्छ सबै कुरा, सोनुले भोगिसकेका थिए । मेहनत गरि पढ्ने र सरकारी सेवामा प्रवेश गर्ने धोको पालेका शोनुले म्यादी प्रहरीबाट बाहिरिएसँगै नेपाली सेनामा भर्ना खुलेको सूचना पाए । जे काम गरेर पनि परिवार पाल्नुपर्ने जिम्मेवार सोनुको काँधमा आइसकेको थियो ।

खेती किसानी गरेर मात्रै आमाले सब कुरा गर्ने अवस्था थिएन् । सरकारी जागिर गर्ने रहर गरेका शोनुले अन्तः नेपाली सेनाको सिपाही भएपनि जागिर खाने निधो गरे । परिवार पाल्नकै लागि भएपनि जागिर खानुको विकल्प थिएन्, २०७४ को माघमा नेपाली सेनामा भर्ति भएको सोनु सम्झिन्छन् ।

पढेको कुरा हत्तपत्त नबिर्सिने दिमाग थियो । लगानी गरिदिने पाए, राम्रो शिक्षा अध्ययन गर्ने क्षमता सोनुमा थियो । तर त्यो अवसर कतैबाटै मिलेन र अन्तिममा सिपाहीको जागिर खाएर भएपनि बहिनी पढाउने र आमालाई नियमित सहनु पर्ने कष्टबाट मुक्त गर्ने सोच बनाए । त्यो नेपाली सेनाको सिपाही पदको जागिरबाट पुरा गरे ।

पढाइ प्रतिको लगनशिलता र खेल प्रतिको लगाबले उनलाई सिपाही पदमै रोकिन मानेन् । जागिरसँगै आन्तरिक रुपमा अरु तयारी पनि गरिरहे । परिवार पाल्न सिपाही बनेका शोनुलाई त्यसैमा सीमित हुन मन लागेन् । उच्च शिक्षालाई निरन्तरता दिइरहे । र नेपाली सेनामा खोल्ने अधिकृत तहको सहायक सेनानी पदको तयारीपनि सँगसँगै अघि बढाए ।

नेपाली सेनाको श्रीसिंहनाथ कमाण्डो चितवनमा कार्यरत सोनुले हिजोमात्रै नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टीनेन्ट) पदमा नाम निकाल्न सफल भएका छन् । परीक्षा दिएको पहिलो पटक नाम निस्कीएको उनले बताए । २१० जनाको कोटा थियो । ६६ नम्बरमा नाम निस्कीएको छ, सोनुले सुनाए ।

सिपाही परिवार पाल्नका लागि रोजेको पद थियो । अब देशको सेवा गर्ने र आमाले दुख गरि हुर्काएको, पढाएको ऋण तिर्ने गरि सफलता मिलेको शोनुले खुसी हुदै भने । हलो जोत्नु पर्ने, साँझ विहान खेतवारीमा काम नगरि खान नमिल्ने अवस्थामा थियौं । टुहुरो हुँदा पनि आमाले गरेको दुखलाई सम्मान हुने काम गरेको महशुस भएको सोनुले बताए ।

भलिबल तर्फको क्षेत्रीय खेल खेलिसकेका सोनु कुमार बुढा हाल बुढीगंगा नगरपालिकाले आयोजना गरेको पालिका स्तरीय मेयरकपमा सहभागि छन् । गृह पालिका खप्तड छेडेदह गाउँपालिकाबाट टिममा सहभागि शोनुले प्राप्त गरेको सफलता युवाहरुका लागि सिक्न लायक पाठ हो ।

अभाव र समस्याले अवसर रोकिने कुरा हुन्न, संर्घष गर्ने मान्छे जहिले पनि जस्तो सुकै अवस्थामा सफल हुन सक्छन्, भन्ने प्रमाण नै सोनु कुमार बुढा हुन् । आर्थिक अभावले धनगढी छोडेका शोनुका लागि संघर्षले अब सम्मान र सम्पत्ती दुबै हुने गरि सफलता मिलेको छ ।

युवापीडीले शोनुको सफलताबाट पाठ सिक्नु पर्छ । महिलाले पनि सन्तानलाई दुख गरि पालनपोषण गर्न सक्ने र सफल बनाउन सक्ने क्षमता राख्छन् भन्ने प्रमाणित सोनुको सफलताबाट सन्देश दिन सकिन्छ । समस्या देखाउने तर सर्घष गर्दै नगर्ने युवाका लागि सोनुको सफलता सिकाइ पनि हो ।

प्रतिक्रिया दिनुहोस