शुक्रबार, ०४ असोज २०८१

बाजुरामा द आरसी रेष्ट्रो एण्ट बार सञ्चालन

बाजुरा : बाजुरामा सुविधा सम्पन्न द आरसी रेष्ट्रो एण्ट बार सञ्चालनमा आएको छ । बढ्दो बजारिकरणको मागलाई संवोधन गर्न र व्यवसायमा युवा संलग्नता बढाउन द आरसी रेष्ट्रो एण्ट बार सञ्चालन गरिएको आर सी रोकायाले जानकारी दिएका छन् ।

बारको लक्ष्मी पुजाको दिन जुराएर उद्घाटन गरिएको छ । आर सी रोकाया सञ्चालक रहेको द आरसी रेष्ट्रो एण्ट बारले युवा पुस्ताका ग्राहकलाई ध्यानमा राखेर खाना र खाजाका परिकार बनाउने प्रमुख लक्ष्य राखेको छ । 

माग अनुसारको खाजा, खानाका परिकार बनाउने र सेवा दिनसक्ने रेष्टुरेन्टको कमी भइरहेको बेला द आरसी रेष्ट्रो एण्ट बार सञ्चालनमा ल्याएको दाबी आरसी रोकायाको छ । युवा पुस्तालाई पहिलो रोजाइमा राखेपनि हामीले सकेसम्म युवा देखि वृद्धको खानाको स्वाद र रोजाइलाई संवोधन गर्ने प्रयास गर्नेछौं, रोकायाले भन्नु भयो ।

बाजुरा सदरमुकाम मार्तडीमा सहज सेवा र अर्डर अनुसारको खाजा, खानाको परिकार पाउने होटलहरुको कमी छ । द आरसी रेष्ट्रो एण्ट बारले सहज र गुणस्तरीय सेवा दिन सके भविष्य राम्रो रहेको विश्वास युवा ग्राहकहरुको छ । द आरसी रेष्ट्रो एण्ट बार मार्तडीको मुख्य बजार मै सञ्चालन गरिएको हो । 

May be an image of 2 people, drink, dartboard and textनेपाली खान, चाइनिज र भारतीय सबै प्रकारका खाना, खाजा, नास्ता र मदिराका ब्राण्डहरु द आरसी रेष्ट्रो एण्ट बारमा उपलब्ध हुने बताइएको छ । बारको डेकुरेशन पनि युवा पुस्ताको आकर्षका लागि बनाइएको छ । 

सकेसम्म छापिएको मूल्यमै उपलब्ध गराउने र राम्रो गुणस्तरका साथ सस्तो खानेकुरा उपलब्ध गराउने लक्ष्य राखिएको सञ्चालक आरसी रोकायाले बताएका छन् । जिल्ला बाहिरबाटै तालिम प्राप्त अनुभवी कुक ल्याएर राख्ने तयारी गरिएको छ । 

No description available.बाजुरामै उत्पादन भएको खानेकुरालाई प्राथमिकता दिने र चिया पनि जडीबुटीकै खुवाउने बताइएको छ । पोलेको सेकुवा, मार्सी चामलको भात सहीत कोदोका परिकार, स्थानीय कुखुराको तड्का सहीत मासुखाना द आरसी रेष्ट्रो एण्ट बारका प्रमुख बिशेषतामा राखिएको छ ।

गोप्य खानपीन र नाचगान सहीतको रमाइलो गर्न मिल्ने गरि कोठाको व्यवस्थान गरिएको छ । युवा उद्यमी विकास र स्वदेशमै लगानी गर्ने सोच सहीत सञ्चालनमा आएको द आरसी रेष्ट्रो एण्ट बारको भविष्य राम्रो देखिएको छ ।

राष्ट्रिय युवा संघका सुदूरपश्चिम प्रदेश सहसचिव समेत रहेका आर सी रोकायाले पार्टी संगठनको युवा उद्यम विकास योजना अन्र्तगत नै व्यवसाय सुरु गरेको बताएका छन् । आफ्नै उत्पादन गर्ने, व्यवसायको विकास पनि स्वदेशमै गर्ने उदेश्य अनुसार नै व्यवसाय सुरु गरेको दाबी आरसी रोकायाको छ । 

No description available.बार विहान ६ बजेदेखि राती ११ बजेसम्म खुला रहने बताइएको छ । द आरसी रेष्ट्रो एण्ट बार सञ्चालन सँगै बाजुरामा पनि खाना र नास्ताका विविध परिकार पनि खान पाइने भएको छ । बाजुरामा पनि सुविधा सम्पन्न होटल रेष्टुरेन्ट सञ्चालनहुने क्रम बाक्लिदै गएको छ । 

No description available.No description available.

प्रतिक्रिया दिनुहोस