शुक्रबार, ०४ असोज २०८१

बाजुराको पैमामा कार्तिक ३० देखि साँस्कृतिक कार्यक्रम सहित भलिवल प्रतियोगिता हुदै

बाजुरा : त्रिवेणी नगरपालिका ९ पैमामा खुला भलिबल प्रतियोगिता सँगै साँस्कृतिक कार्यक्रम हुने भएको छ । तिहार र छठ पर्वको अवसर पारी चौथो पटक पदम खत्री स्मृती खुला भलिबल तथा साँस्कृतिक कार्यक्रम हुन लागेको हो । प्रतिष्ठानका तर्फबाट खेल हरेक वर्ष आयोजना हुने गरेको छ । 

खेल क्षेत्रको विकास र कला सँस्कृतिको जगेर्ना गर्ने गरि कार्यक्रम आयोजना गर्ने गरिएको पदम खत्री स्मृती प्रतिष्ठानका संरक्षक राजेन्द्र खत्रीले बताएका छन् । पुर्खाको स्थापना गरिएको प्रतिष्ठानले सामाजिक रुपान्तरण र सभ्यताको संरक्षणका लागि योगदान पुर्याउन लक्ष्य सहीत कार्यक्रम आयोजना गरिदै आएको खत्रीको दाबी छ ।

कात्र्तिक ३० गते उद्घाटन हुने साँस्कृतिक कार्यक्रम र खुला भलिबल प्रतियोगिताको समापन मंसिर ३ गते गरिने आयोजकले बताएको छ । सुरुको दिन उद्घाटन कार्यक्रम, उद्घाटन खेल आयोजना गर्ने, दोस्रो दिन भलिबल, तेस्रो दिन खुला लाइभ देउडा र चौथौ दिन साँस्कृतिक कार्यक्रम सहीत समापन गरिने आयोजकले बताएको छ ।
प्रतिष्ठानको आयोजना र त्रिवेणी नगरपालिकासँगको सहकार्यमा हरेक वर्ष आयोजना हुदै आएको कार्यक्रममा एक दर्जन बढी भलिबल टिम सहभागि हुने अनुमान गरिएको छ । कार्यक्रमको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले उद्घाटन गर्ने आयोजकले बताएको छ ।

२७ गते भित्रै टिम दर्ता गराइसक्न सूचना जारी गरिएको छ । स्थानीय कला सँस्कृतिको जगेर्ना, खेल क्षेत्रको विकास र युवालाई खेल प्रति आकर्षण बढाउन कार्यक्रम आयोजना गरिएको हो ।  ५,१११। टिम दर्ता राखिएको प्रतियोगिताको विजेताले ७१,१११। र द्धितीय हुनेले ३५,१११। सहीत ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । एक जना उत्कृष्ट खेलाडीलाई ५,१११ रुपैयाले सम्मान गरिने छ । 

स्थानीय देखि राष्ट्रिय कलाकारको सहभागिता रहने कार्यक्रममा चर्चित लोक दोहारी गायक राजु ढकाल, गायीका का हेमान्ता भट्टराई, देउडा गायक दिनेश नेपाली सहीत सहभागि हुनेछन् । सोही अवसरमा शङ्कर मल्ल (ठकुरी) र टीका शाउद ( सानी) बीच लाइभ देउडा पनि आयोजना गरिने छ ।

प्रतिक्रिया दिनुहोस