शनिबार, १२ साउन २०८१

केपी बा स्पोर्टस् क्लबले जित्यो बडीमालिका २ को वडा कपको उपाधी

बाजुरा : बडीमालिका नगरपालिका २ मा सञ्चालित वडा कप फुटबलको उपाधी केपी बा स्पोर्टस् क्लबले जितेको छ । आयोजक जुगाडा स्पोर्टस् युथ क्लबलाई ३ –२ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।

उपाधीसँगै केपी बा ले २० हजार नगद, प्रमाण पत्र र मेडल हात पारेको छ । आयोजक उपविजेता आयोजकले १० हजार नगद, प्रमाण पत्र र मेडल प्राप्त गरेका छन् । विजेता र उविजेतालाई वडा अध्यक्ष डम्मर महतले सम्मान सहीत पुरस्कार वितरण गरेका छन् ।

केपी बा स्पोर्टस् क्लबले पछिल्ला वर्षहरुमा जिल्ला भित्रका साना कपमा आफ्नो बचश्र्व कायम गर्दै आएको छ । आयोजकको टिममा सि डिभिजन क्लब रानीवनका खेलाडीहरु राखिएको थियो । भने केपी बा ले पनि २ जना खेलाडी रानीवनबाट सि खेलिसकेका खेलाडी राखेको थियो । 

प्रतियोगिताको उत्कृष्ट खेलाडी केपी बा स्पोर्टस् क्लबका जीवन रावल, उत्कृष्ट गोल किचर केपी बा कै डेनिश थापा र उदयमान खेलाडी आयोजक जुनियरका देवी महत भएका छन् । 

जुगाडा स्पोर्टस युथ क्लबले वडा कार्यालयको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । अघिल्लो वर्ष क्रिकेट आयोजना गरेको जुगाडा युथ क्लबले यो पटक फुटबल आयोजना गरेको छ । 

सेभन ए साइड प्रतियोगितामा बडीमालिका नगरपालिका भित्रका १६ टिम सहभागि थिए । नकआउट सिस्टममा खेलाईएको खेलमा सहभागि टिमले २ जना मात्रै पालिका बाहिरबाट राख्न पाउने व्यवस्था गरिएको थियो । 

क्लबका अध्यक्ष जीवन नेपालीको अध्यक्षतामा सञ्चालन भएको पुरस्कार वितरणको सञ्चालन सचिव प्रेम नेपालीले गरेका हुन् । सत्यवादी मावि भौनेराको खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको हो । खेल हेर्न सयैको संख्यामा स्थानीय उपस्थित रहेका थिए । 
 

प्रतिक्रिया दिनुहोस