आइतबार, ०७ पुष २०८१

नेपाली सेनालाई हराउँदै बडीमालिका इमर्जिङ कपको विजेता बन्यो बाजुरा क्रिकेट क्लब

बाजुरा : बडीमालिका बाजुरा इमर्जिङ कप २०८० को विजेता बन्यो बाजुरा क्रिकेट क्लब बनेको छ । नेपाली सेनालाई पराजित गर्दै आयोजक समेत रहेको बाजुरा क्रिकेट क्लब दोस्रो  बडीमालिका बाजुरा इमर्जिङ कपको उपाधीको विजेता बनेको हो ।

टस जितेर व्याटिङ्ग रोजेको आयोजक बाजुरा क्रिकेट क्लबले १५ ओभरको खेलमा १५५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाली सेना ८१ रनमा अलआउट भएपछि ७४ रनको फराकिलो अन्तरले आयोजक विजयी बनेको हो । 

आयोजक टिमका खेलाडीले बिस्फोटक व्याटिङ्ग गरेका थिए । विशाल रनको लक्ष्य पछ्याएको नेपाली सेनालाई ८१ रनमै समेट्न आयोजकका क्याप्टेन महेश बानीयाँले एक्लै ५२ रन बनाएका थिए । महेश बानीयाँ नै खेलको म्यान अफदि सिरिज घोषीत भएका छन् । 

विजेता बाजुरा क्रिकेट क्लबले उपाधीसँगै  ७० हजार नगद सहीत प्रमाण पत्र, ट्रफि र मेडल प्राप्त गरेका छन् । उपविजेता नेपाली सेनाले पनि नगद ३० हजार सहीत प्रमाण पत्र, ट्रफि र मेडल प्राप्त गरेका छन् । 

खेलमा बेष्ट बलर नेपाली सेनाको टिम बाट सहभागि खेलाडी प्रहरी निरीक्षक किशोर सिंह ऐर भएका छन् । भने वेष्ट ब्याट्स मेनका उपाधी रोहीत साँउदले हात पारेका छन् । विजेता खेलाडीहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य एवं निवर्तमान प्रतिनिधी सभा सदस्य लालबहादुर थापा, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, नेपाली सेनाका सेनानी धमेन्द्र बहादुर सिंहले सम्मान गरेका थिए । 

विजेता टिमको कप्तानी महेश बानीयाँले गरेका थिए । भने नेपाली सेनाको कप्तानी सेनानी धर्मेन्द्र बहादुर सिंह स्वयमले सम्हालेका थिए । खेलमा महेश रोकाया र लोकेन्द्र खड्काले रेफ्रिको भूमिका निर्वाह गरेका थिए । 

मालिका नमुना माविको खेल मैदानमा आयोजित प्रतियोगितामा ६ टिम सहभागि थिए । खेलमा नेपाली सेना सहीत बाजुरा भित्रकै क्लबहरुले भाग लिएका थिए । सहभागि सबै टिम र विजेता खेलाडीलाई नगर प्रमुख अमर खड्काले भविष्य बोकेको र नेपालीका लागि प्रचुर संभावनाको खेल क्रिकेटमा पालिका सरकारका तर्फबाट साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपालमा बढ्दो क्रिकेटको क्रेजलाई ध्यानमा राखेर बाजुरा क्रिकेट क्लबले गएको वर्षदेखि बडीमालिका इमर्जिङ कपको आयोजना गर्दै आएको क्लबका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिएका छन् । थापाकै अध्यक्षतामा सञ्चालन भएको समापन समारोहका एमाले केन्द्रीय सदस्य लालबहादुर थापा प्रमुख अतिथि थिए । भने नगर प्रमुख अमर खड्का विशिष्ठ अतिथि थिए । कार्यक्रम सञ्चालन एसराज खड्काले गरेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस