शनिबार, १२ साउन २०८१

बाजुरामा खेलकुद प्रतिको बढ्दो आकर्षण

संरचना र लगानी विनै खेल क्षेत्रको विकासमा जबरजस्त सुरुवाद

बाजुरा : दशैं तिहारको अवधीमा मात्र बाजुरामा दुई दर्जन बढी खेलकुद प्रतियोगिता सञ्चालन गरिए । केही अझै भइरहेका छन् । केही हुने तयारीमा छन् । अढाइ लाखसम्मका सर्वाधिक धनराशी देखि वडा, टोल स्तरका खसीबोका कपहरुले स्थान पाइरहेको अवस्था छ । 

तिहार बिशेष महिला फुटबल प्रतियोगिताको विजेता बन्यो केपी बा स्पोर्टस् क्लब

अपवाद बाहेक बाजुरामा भलिबल प्रतियोगिता मात्रै हुने गरेका थिए । तर पछिल्लो समयमा सबैभन्दा बढी फुटबलले स्थान लिएको छ । क्रिकेट तर्फ युवाहरुको आकर्षण र बालबालिकाको क्रेज झन बढ्दो छ । भलिबल आयोजना विगतको तुलनामा केही मात्रामा कम हुन थालेका छन् ।

समग्रमा भन्दा बाजुरामा खेलकुदका गतिविधीले व्यापकता पाएको देखिन्छ । सुदूरपश्चिमकै पहाडी जिल्लामा हुने प्रतियोगिता मध्ये ठूलो धनराशीको फुटबल बाजुरामा आयोजना हुने गरेको छ । भने क्रिकेट प्रतियोगिताले पनि निरन्तरता पाउने गरेका छन् । कात्र्तिक महिना भित्र मात्रै बाजुरामा राष्ट्रिय स्तर खेलाडी सहभागि भएका २ वटा ठुला फुटबल, १ वटा क्रिकेट र १ वटा बुढीगंगा मेयर कप भलिबल आयोजना सम्पन्न गरिए ।

छेडेदह कप सञ्चालन हुन थालेको पाँच वर्ष बित्यो । २ लाख ३५ हजार पहिलो पुरस्कार राशी रहेको खेलमा राष्ट्रिय टिमका खेलाडी हरिश भट्ट, जियारत शेख सहीतले प्रतियोगितामा भाग लिइसकेका छन् । साइनिङ्ग स्कार कप पनि कोल्टीमा सम्पन्न भएको छ । 

फुटबल विधाका ७ वडा स्थानमा वडा कप, सम्पन्न भए । अर्को वर्ष ३ लाख बढी धनराशीको छेडेदह गोल्ड कपको घोषणा गरिएको छ । १ लाख ५० हजार बढीको मेयर कप भलिबल र ७० हजार धनराशीको बडीमालिका इमर्जिङ क्रिकेट प्रतियोगिता पनि यसै महिना सञ्चालन भएका छन् । 

७१ हजार धनराशीको पदम खत्री स्मृति खुला भलिबल यही ३० बाट सुरु हुने तयारी छ । आधा दर्जन बढी भलिबल खेलहरु पनि वडा स्तर र पालिका स्तरमा सञ्चालन गरिएका छन् । सीमित लगानी, विना प्रशिक्षण र नमिलेका खेलमैदानका बीच पनि खेल तर्फको बाजुराली आकार्षण लोभलाग्दो र भविष्य बोकेको विश्वास गर्छन्, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राकेश थापा ।

राष्ट्रपति रनिङ सिल्ड बाहेक अन्य प्रतियोगिता नहुने जिल्लामा यति धेरै खेलका गतिविधी हुन आफैमा नयाँ सुरुवाद र चमत्कारिक विकास भएको भन्नु हुन्छ, रानीवन स्पोर्टस् क्लबका संरक्षक एवं विद्यार्थी नेता नरेश रोकाया । रानीवन सि डिभिजन खेलेको सुदूरपश्चिमकै एक्लो क्लब हो ।

May be an image of 3 people and textबाजुरामा हाल ८ बढी स्पोर्टस क्लब नै दर्ता भएका छन् । कोल्टी क्षेत्रमा साइनिङ स्टार र मार्तडीमा रानीवन स्पोर्टस् क्लबले नै बाजुरामा फुटबल खेलको विकास गरेका हुन् । भने बाजुरा क्रिकेट क्लबले बाजुरामा क्रिकेट खेलको सुरुवाद गरेको हो । 

फुटबल खेलको विकासमा मदनभण्डारी फाउण्डेशन, जिपी फाउण्डेशन लगायतका संस्थाबाट सुरुवादी गरिएपछि छेडेदह स्पोर्टस् क्लबले त्यसको संस्थागत विकासमा योगदान पुर्याएको छ ।

खेल मैदान छैनन्, लगानी कतैबाट छैन् । भएको सानो संरचना र फुटबल र क्रिकेट प्रति विश्व समुदायमा बढेको आकर्षणले खेल क्षेत्रको विकासमा व्यापक सुधार भएको छ । सुदूरका पहाडी जिल्ला मध्ये बाजुरामा नै सबैभन्दा बढी खेलकुदका गतिविधी हुने गरेका छन् । 

फुटबल तर्फ बाजुराकै उत्पादन दुई दर्जन बढीले अहिले ए, बि र सी डिभिजन खेलमा आफ्नो स्थान बनाएका छन् । क्रिकेटमा पनि राष्ट्रिय टिममा पुग्ने हैसियत बाजुराका खेलाडीले बनाएको बाजुरा क्रिकेट क्लबका संस्थापक महेश बानीयाँको दाबी छ । भलिबल तर्फबाट युवा आकर्षण अझै घटिसकेको छैन् । 

आटीचौरमा ११ एसाइड र कोल्टीमा ९ ए साइटका लागि खेल मैदान छन् । ती बाहेक बुढीगंगा नगरपालिका, हिमाली गाउँपालिकाले मैदान निर्माणको सुरुवाद गरिएको छ । तर मापदण्ड पुरा हुने र खेल खेलाउन योग्य मैदान निर्माणमा कसैको ध्यान गएको देखिदैन् । खेल आयोजनाका बेला बिउझिनु बाहेक स्थानीय पालिकाले कुनै योजना बनाएका छैनन् । 

खेल मैदानका लागि पहल र प्रयास नै भएको छैन् । जनप्रतिनिधी जिम्मेवार नै देखिदैनन् । संघ र प्रदेश पुगेका माननीयले ध्यान दिएको अवस्था नै छैन् । विना लगानी र विना मैदानको प्रगतिले पनि डाह लाग्नु पर्ने हो, खेलाडीका लागि मैदान बनाइदिए मात्रै धेरै हुने थियो, रानीवन स्पोर्टस् क्लबका अध्यक्ष धनबहादुर रोकायाको भनाई छ ।

बाजुरामा २०७० साल पछि खेल प्रतियोगिता सञ्चालनको लहर चलेको हो । तत्कालिन संविधान सभा सदस्य कर्णबहादुर थापाले कोल्टी र ब्रह्मतोलामा खेल मैदान निर्माणका लागि बजेट विनियोजन गरेका छन् । त्यो समय सानो आकारको खेल मैदान पनि निर्माण भएको थियो । संविधान सभामा थापाले आफ्नो कार्यकाल पुरा पछि थप प्रगति र निर्माणका लागि कसैले पनि ध्यान दिएका छैनन् ।

May be an image of 6 people and textसदरमुकाम मार्तडीमा ७ ए साइड खेलका लागि मैदान छैन् । क्रिकेट खेल सञ्चालन गर्न झनै समस्या रहेको भन्छन्, बाजुरा क्रिकेट क्लबका अध्यक्ष शेरबहादुर थापा । खेल मैदानबारे ठोस योजना अघि नसारिदा निर्माण सुरु गरिएका पनि अन्योल अवस्थामा छन् ।

प्याराफिट सहीतको भव्य मैदान रहेको दशरथ मावि खेल मैदान आटीचौर बजेट अभावमा फेरिएको छैन् । छेडेदह गोल्ड कप घोषणासँगै निर्माणको काम अघि बढाउने आश्वास पालिका अध्यक्ष दिलबहादुर रावतले दिएका छन् । 

सोही सभामा प्रमुख अतिथि बनेका प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री नरेश बहादुर शाहीले प्रदेशकै नमुना खेल मैदानका रुपमा दशरथ मावि आटीचौरको खेल मैदानलाई अघि सार्नु पर्नेमा जोड दिएका छन् । 

सडक र खेत गरामा समेत बल गुडाउने, हिँड्ने बाटोमा समेत व्याट समातेर क्रिकेट खेल्ने बालबालिकाको भविष्यलाई हेरेर पनि खेल मैदानको विकासलाई ध्यान दिन सुझाव खेलाडीको छ । कोल्टीमा भव्य खेल क्रिकेट मैदान निर्माणको काम थालनी गर्ने योजना बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले सुनाएका छन् ।

सदरमुकाम मार्तडीमा पनि खेल मैदानका लागि जमिनको खोजि भइरहेको बडीमालिकाका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताउँदै आएका छन् । तर अघिल्ला जनप्रतिनिधीको जस्तै आश्वासन मात्रै बने खेलाडीका लागि थप निराशा छाउने अवस्था छ । 

वर्ष भरि कुनै न कुनै माध्यम र बाहनामा बाजुरामा खेलकुदका गतिविधी भइरहेका छन् । युवामा बढ्दो दुव्र्यशनी, विदेश पलायन र बेरोजगारीको निराशालाई आशमा बदल्न पनि खेल क्षेत्रको विकास जरुरी देखिएको छ । 

आर्थिक विकास र खेल पर्यटनलाई पनि बढावा दिन खेल गतिविधीले टेवा पुर्याउने गरेको छ । बाजुरामा खेल क्षेत्रको व्यापक विकास भइरहेकोमा खुसी लागेको अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य अनिल मल्लले बताएका छन् ।

आकर्षण बढ्यो, लगाव पनि युवाको बृद्धि हुदै गएको छ । तर राज्यबाट लगानी बढेको छैन् । संरचना विकासमा ध्यान गएको छैन् । खेल आयोजनाले मात्रै नहुने भएकोले आयोजनाको अर्थ रहने गरि खेलाडीको भविष्य सुनिश्चित हुने गरि योजना पालिका स्तरबाटै बनाउनु पर्नेमा युवाहरुको सुझाव छ । 

May be an image of 7 people and people smilingसीमित श्रोत साधान, लगानी कर्ता र विज्ञापन दिनेको कम प्राथमिकता हुँदा हुदैपनि दुर्गम क्षेत्रमा खेलकुद गतिविधीको रौनक नै हुन खेल क्षेत्रको विकासका लागि सकारात्मक सन्देश र खेल तर्फको आकर्षणका लागि कोशेढुंगा नै सावित हुने खेल क्षेत्रका जानकारहरुकै विश्लेषण छ ।

May be an image of 9 people, people playing American football, people playing football and text

प्रतिक्रिया दिनुहोस