शुक्रबार, ०४ असोज २०८१

गौमुलका प्रत्येक वडालाई आईएनएफद्धारा विपद् प्रतिकार्यका सामाग्री वितरण

बाजुरा : गौमुल गाउँपालिकामा आईएनएफ नेपालले विपद् प्रतिकार्यका सामान वितरण गरेको छ । विपद् प्रतिकार्यमा सहजताका लागि पालिकाका ६ वटै वडालाई सामाग्री वितरण गरिएको हो । 

आईएनएफ नेपाल बाजुरा शाखाद्धारा सञ्चालित दिगो जिवोकोपार्जनका लागि जलवायु परिवर्तन अनुकूलन परियोजना अन्र्तगत विपद् पुर्वतायरी तथा प्रतिकार्यका लागि वडालाई सामाग्री वितरण गरिएको सीसीए परियोजनाका सहायक परियोजना अधिकृत ईन्द्र रोकायाले बताएका छन् ।
आज गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया मार्फत वडाध्यक्षलाई सामाग्री हस्तान्त्रण गरिएको उनले बताए । प्रत्येक वडालाई ३÷३ वटा स्टीचर,२÷२ वटा त्रिपाल, ३÷३ वटा कम्बल र २० मिटर पीफम वितरण गरिएको हो ।

भविष्यमा आउन सक्ने विपद् जोखिमलाई न्युनीकरण गर्न, पूर्वतायरी, प्रतिकार्य र विपद्को बेला छिटो, छरितो प्रतिकार्य गर्न सहजता होस् भन्ने उद्देश्य सहीत प्रत्येक वडालाई सामाग्री वितरण गरिएको परियोजना अधिकृत रोकायाले बताएका छन् ।

विपद् जुनसुकै बेला पनि आउन सक्ने भएकाले सामाग्री उपलब्धले पीडितलाई छिटो र सहज रुपमा उद्धार गर्न सजिलो हुने वडाध्यक्षले बताएका छन् । यसअघि पनि आईएनएफ नेपालद्धारा विपद् प्रतिकार्यका सामाग्री हस्तान्त्रणले सहजता भएको र अब भईपरि आउने विपद्मा थप वडालाई सहजता हुने वडाध्यक्षको भनाइ छ ।

स्थानीय सरकारलाई विपद् पूर्वतयारीका लागि सामाग्री दिएकोमा आईएनएफ नेपाललाई गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले धन्यवाद दिएका छन् । सामाग्री हस्तान्त्रण कार्यक्रममा रोकायाले पालिकालाई संस्थाहरुले विभिन्न माध्यमबाट सहयोग गरिरहेको बताउँदै आगामीक दिनमा पनि यस्ता कार्यहरु निरन्तरता हुने विश्वस व्यक्त गरेको थिए ।

विपद् पूर्वतयारीका सामाग्री वडा न‌‍‍‍. ५ का वडाध्यक्ष कलक बहादुर सिंह, वडा नं.१ का वडाध्यक्ष देबेन्द्र बहादुर रोकाया, वडा नं.२ वडाध्यक्ष देवबहादुर रोकाया र वडा नं.३ का वडाध्यक्ष गोरख बहादुर बोहराले आ–आफ्नो वडाका सामाग्री बुझेका थिए । अन्य २ वटा वडालाई भने बुधबार वितरण गरिसकेको छ ।

बाजुरा जिल्लाको ४ वटा स्थानीय तह लागु आईएनएफ नेपालले अपाङ्गता, लैङ्गिकता, जिविकोपार्जन, विपद्  र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आईरहेको छ । आईएनएफ नेपाल अन्र्तगतका विभिन्न परियोजना जिल्लाको बडीमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिका र  हिमाली गाउँपालिकामा लागु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस